coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

माछापुच्छ्रे परोपकार संस्थाले गर्‍याे विभिन्न प्रतिभालाई सम्मान

माछापुच्छ्रे परोपकार संस्था लाहाचोक, कास्कीले वैदेशिक रोजगार मञ्च लाहाचोकको समन्वयमा विभिन्न प्रतिभालाई सम्मान तथा प्रोत्साहन गरेको छ।

पर्यटकमाथि शुल्कको भार थोपर्दै गाउँपालिका

कास्कीको माछापुच्छ्रे गाउँपालिकाले पर्यटकसँग प्रवेश शुल्कका नाममा पर्यटन शुल्क उठाउने भएको छ। गाउँपालिकाले एक सूचना निकालेर चैत १ गतेदेखि पर्यटकसँग पर्यटन शुल्क उठाउने जनाएको हो। योसँगै अब पर्यटकले तेहेरो शुल्क तिर्नुपर्ने भएको छ।

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबलः रुपा गाँउपालिकाको विजयी शुरुवात

माछापुच्छ्रे गाँउपालिकालाई सोझो सेटमा पराजित गर्दै रुपा गाँउपालिकाले दोस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप अन्तर पालिकास्तरीय पुरुष भलिबल प्रतियोगितामा सुखद शुरुवात गरेको छ।

पुस अन्तिम साता अध्यक्ष कप भलिबल

कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी पुसको अन्तिम साता पालिकास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ।गाउँपालिकाले आगामी पुस २६ गतेदेखि २८ गते सम्म दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८० गर्ने निर्णय गरेको हो।

माछापुच्छ्रेको पदमार्ग व्यवस्थापन गर्न पर्यटन शुल्क

कास्कीको माछापुच्छ्रे गाउँपालिकाभित्रका पदमार्गमा जाने पर्यटकले शुल्क तिर्नुपर्ने भएको छ। माछापुच्छ्रे गाउँपालिकाले पदमार्गमा पूर्वाधार निर्माण र व्यवस्थापनका लागि पर्यटकसँग शुल्क लिने निर्णय गरेको हो। गाउँसभाको निर्णयअनुसार आन्तरिक र बाह्य पर्यटकका लागि छुट्टाछुट्टै शुल्क लिइने प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले जानकारी दिए।

ब्रतबन्धको निम्तो मान्न पुगेका जनप्रतिनिधिले जातीय विभेद गरेको आरोप

सहभोज गर्नबाट रोकेपछि उनले भनेका थिए, ‘मैले यहाँ खाए के हुन्छ र?’ तर तिनै भान्से सीताले यो त बाहुन भान्सा हो। यहाँ ब्राह्मण क्षेत्रीले मात्र खाने हो। यो भान्सामा हाम्रा बुबाआमाहरु हुनुहुन्छ। तिमीहरुले छोएको खानु हुँदैन’ भनेर जातीय विभेद गरेको नारायणको आरोप छ।

सेती नदीको दोहन रोक्न संरक्षण अभियान

अन्नपूर्ण हिमशृङ्खलाबाट उद्गम भई कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिकाको मध्यभाग भएर बग्ने सेती नदीको संरक्षणका लागि संरक्षण अभियान सुरु भएको छ।

माछापुच्छ्रे बैंकले ल्यायो एसएमएस प्रमाणीकरण प्रविधि

माछापुच्छ्रे बैंकले मोवाइल बैंकिङ एप एमबिएलएम स्मार्टलाई अझ बढी सुरक्षित र भरपर्दो बनाउने उद्देश्यका साथ नयाँ प्रविधि थप गरेको छ।

टेनिस सेमीफाईनल समीकरण, प्रदीप खड्का अन्तिम चारमा

१९ औं माछापुच्छ्रे बैंक राष्ट्रिय खुल्ला तथा भेट्रान्स टेनिसको सेमिफाईनल समीकरण पुरा भएको छ। नेपालका शीर्ष बरियताका खेलाडी प्रदीप खड्काको जितसँगै सेमिफाईनल समीकरण पुरा भएको हो।

सोमबारदेखि १९औं माछापुच्छ्रे बैंक ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता

पोखरा रंगशाला टेनिस एरिनामा आगामी सोमबारदेखि १९ औं संस्करणको माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु हुदैंछ। कास्की जिल्ला टेनिस संघको आयोजनामा हुने प्रतियोगितामा विभिन्न १२ वटा इभेण्ट्मा प्रतिस्पर्धा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो। प्रतियोगिता पुस ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने छ।

माछापुच्छे अलैँची जोनको अनुगमन

माछापुच्छ्रे मर्दी अलैँची ब्लक क्षेत्र सञ्चालक समितिका अध्यक्ष दीपक पौडेलले उत्पादित अलैँची ब्लकको समन्वयनमा विर्तामोड केन्द्रमा लगेर बिक्री गरिने बताए।

माछापुच्छ्रेको केन्द्र जोड्ने सडक अलपत्र

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको केन्द्र जोड्ने गरी निर्माणाधीन सडकमा लामो समयदेखि काम ठप्प छ।

माछापुच्छे् र अन्नपूर्णलाई साक्षी राखेर खेल्न पाउँदा दङ्ग खेलाडी

'खेलमा हारजीतभन्दा पहिला खेल्ने उत्साह महत्वपूर्ण हुन्छ, पोखराको मौसम र यहाँको सुन्दरताले जो कोही खेलाडीलाई ‘रिफ्रेस’ बनाइदिन्छ र बेग्लै ऊर्जा थपिदिन्छ।'

सुन्दर पोखराको अर्को आकर्षण: ल्वाङ गाउँको चियाबारी

पूर्वी पहाडको चियाबगानको झझल्को मेटाउने यही चियाबारीका कारण पछिल्लो समय यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन्। पोखरादेखि २० किलोमिटरको दूरीमा र समुद्र सतहदेखि एक हजार चार सय मिटरको उचाइमा रहेको ल्वाङ पुग्न यातायातको सहजताले पनि अहिले घुम्न जाने पर्यटकलाई सहज बनेको छ।

ताप्लेजुङमा ‘विद्यार्थीसँगै माछापुच्छ्रे बैंक’ अभियान

विद्यार्थीमार्फत अभिभावक र समुदायका सदस्यलाई वित्तीय प्रणालीका बारेमा अनुशिक्षित गराउने उद्देश्यले माछापुच्छ्रे बैंकको ताप्लेजुङ फुङलिङस्थित शाखाले पाथीभरा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्