१० मंसिर २०८१ सोमबार
image/svg+xml

पूर्वाग्रही ढंगले अख्तियारले पत्र काट्योः प्रेम सञ्जेल

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कार्यालयमा हुने भ्रष्टाचार र दलालीविरुद्ध कडा रुपमा प्रस्तुत भएर चर्चामा आएका उपसचिव प्रेम सञ्जेललाई  पत्र काटेको छ। कार्यालयमा उपस्थित नभएरै खाना, खाजा र प्रोत्साहन भत्ता लिएको उजुरी आएको भन्दै अख्तियारले उनलाई ३ दिनभित्र आयोगको सम्पत्ति अनुसन्धान तथा मूल्यांकन महाशाखामा उपस्थित हुन मंगलवार पत्र काटेको हो।

जासुसी गरेको भन्दै रुसद्वारा एक नर्वेली नागरिकलाई जेल

रुसी नौसेनाको पन्डुबीमाथि जासुसी गरेको अभियोगमा रुसले एक नर्वेली नागरिकलाई जेल सजाय तोकेको छ।  ६३ वर्षीय नर्वेली नागरिक फ्रोड बर्गलाई जासुसी गरेको अभियोगमा मस्कोस्थित एक अदालतले जेल सजाय तोकेको हो।

सुपरहिरो फिल्ममा एन्जेलिना जोली

हलिउड अभिनेत्री एन्जेलिना जोलीले द मार्भल सिनेमाटिक युनिभर्सले निर्माण गर्न लागेको सुपरहिरो फिल्म ‘द इटर्नल्स’मा अभिनयको इच्छा व्यक्त गरेकी छन्। यदि जोलीको इच्छा पुरा भयो भने यो फिल्म जोलीले अभिनय गरेको पहिलो सुपरहिरो फिल्म हुनेछ।

हत्या अभियोगमा दुई किशोर जेल चलान

बालिकालाई सामुहिक बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका उदयपुरको रौतामाई गाउँपालिका ३ लाफागाउँका २ किशोरलाई जेल चलान गरिएको छ।

बहुबिवाह गर्ने जाेडी कारागार चलान

जिल्ला अदालतले बहुविवाहको अभियोगमा एक जोडीलाई जेल चलान गर्न आदेश दिएको छ। अदालतले रामप्रसाद राई गाउँपालिका–२ घोद्लेखानीका २३ वर्षीय लालबहादुर दर्जी र हतुवागढी गाउँपालिका–२ रानीबास लुङ्गी घर भएका १९ वर्षीय निर्मला दर्जीलाई जनही एक वर्ष ६ महीना कैद, रु १५ हजार जरिवानासँगै पीडितलाई रु ३० हजार क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला निमित्त स्रेस्तेदार नवीन कोइरालाले जानकारी दिए।

छोरी बलात्कार गर्ने बाबुलाई ३७ वर्ष जेल

आफ्नै छोरी बलात्कार गर्ने ओखलढुंगाका एक पुरुषलाई जिल्ला अदालतले ३७ वर्ष ६ महिना जेल सजाय तोकेको छ।

नागरिकताको विवरण ढाँटे ७ वर्ष जेल

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले नागरिकताको विवरण ढाँटेमा विदेशी नागरिकलाई ७ वर्षसम्मको जेल सजाय दिने सहमति गरेको छ। समितिको बिहीबार बसेको बैठकले सजायको विषयमा सहमति जुटाएको हो।

भ्रष्टाचार छ भनेर प्रधानमन्त्रीलाई भन्नुपर्छ ?

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव प्रेमप्रसाद सञ्जेललाई सरुवा गर्ने सचिवको निर्णय कार्यान्वयन नगर्न नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ।

सुनसहित पक्राउ परेका वडाध्यक्ष जेल चलान

सुनसहित पक्राउ परेका लहान नगरपालिका–१९ का वडाध्यक्ष हकिम मियाँसहित ६ जना जेल चलान भएका छन्। एक किलो सात सय ५७ ग्राम सुनसहित पक्राउ परेका उनीहरूलाई शुक्रबार पुर्पक्षका लागि सिरहा कारागारमा राखिएको हो।

प्रधानमन्त्रीको प्रेम दर्शन

फागुन महिना प्रधानमन्त्री केपी ओलीका लागि विशेष महिना हो। यही महिनामा उनी जन्मिए (फागुन १०) र यही महिनामै उनले जीवनको महत्वपूर्ण अर्धाङ्गिनी राधिका शाक्यसँग (फागुन २२) लगनगाँठो कँसे। यही महिनामै भ्यालेन्टाइन डे (प्रणय दिवस) पनि पर्छ। प्रधानमन्त्री निवासमा छिर्नेबित्तिकै ठट्यौली वातावरण बनाउन हामीले सोध्यौँ, ‘प्रधानमन्त्रीज्यू, यस पटकको प्रेम दिवसमा केही विशेष पो छ कि ? प्रेमका बारेमा यहाँको के छ धारणा ?’

दुई सय ६ नेपाली मलेसियाली जेलमा

रोजगारीका लागि मलेसिया आएका केही नेपाली अवैध बसाइ र व्यवहारजन्य समस्याका कारण जेल पुग्ने गरेको पाइएको छ। क्वालालम्पुरस्थित नेपाली दूतावासले विभिन्न जेल पुगी संकलन गरेको पछिल्लो तथ्यांकअनुसार मलेसियाका जेलमा दुई सय ६ नेपाली छन्। तीमध्ये धेरैजसो अवैध रूपमा बसेका र व्यवहारजन्य समस्याका कारण जेल पुगेका हुन्।

अख्तियारद्वारा ७५ हजार घुससहित जेलर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७५ हजार रुपैयाँ घुससहित एक जेलरलाई नियन्त्रणमा लिएको छ। कार्यालयकै चौकीदारसँग घुस लिएको अभियोगमा अख्तियारको हेटौंडा कार्यालयबाट खटिएको टोलीले शुक्रवार मकवानपुरको भीमफेदी कारागार कार्यालयका जेलर शाखा अधिकृत मदन अधिकारीलाई उनको निवासबाट नियन्त्रणमा लिएको हो।

बलात्कार अभियोगमा वडाध्यक्ष जेल चलान

बलात्कारको अभियोगमा तनहुँको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष झकबहादुर कुमाल पुर्पक्षका लागि जेल चलान भएका छन्।

चिनियाँ कम्पनीमाथि सुरक्षा निगरानी बढाउन जर्मन चान्सलरको आग्रह

जर्मन चान्लसर एन्जेला मर्केलले व्यक्तिका गोपनीय एवं निजी विवरण चिनियाँ कम्पनीमार्फत चीन सरकारलाई उपलब्ध हुन नदिनेतर्फ विशेष निगरानी अपनाउनुपर्ने बताएकी छन्।

जनप्रतिनिधि भन्छन्ः काम गर्दा अख्तियारले जेल हाल्छ भने हालोस

रोल्पाका जनप्रतिनिधिले काम गर्न खोज्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुःख दिएको गुनासो गरेका छन्। ‘जनताको काम गर्नका लागि चुनाव जितेर आएका हौं। जनताको पक्षमा राम्रो काम गर्दागर्दै नियम र प्रक्रिया मिलेन भनेर अख्तियारले जेल हाल्छ भने जान तयार छुँ’, संसदको शिक्षा तथा स्वास्थ्य समितिद्वारा आयोजित कार्यक्रममा गंगादेव गाउँपालिकाका प्रमुख वीरबहादुर खत्रीले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्