४ मंसिर २०८१ मंगलबार
image/svg+xml

आम्दानीको स्रोत बन्दै च्याउखेती

धादिङको धुनीबेसी नगरपालिका–९ सिम्लेफाँटका दिपेश लामाले च्याउखेतीबाट मासिक ३० हजार कमाउँछन् । गाउँमा काम नपाएपछि भौंतारिएका उनले पाँच रोपनी जग्गा भाडामा लिएर च्याउखेती सुरु गरेका थिए । विदेश जाने तरखरमा रहेका उनले साथीको सल्लाहमा च्याउखेती गरेका हुन् । अहिले उनी गाउँमै उदारणीय बनेका छन् ।

नीति अभावले अलैंची खेती जटिल

नेपालमा वार्षिक साढे चार अर्ब रुपैयाँ भित्र्याइरहेको नगदेबाली अलैंचीसम्बन्धी बेग्लै नीति बन्न नसक्दा किसान र व्यवसायीले झन्झट बेहोर्नुपरिरहेको छ । अन्तर्राष्ट्रिय ब्रान्ड कार्यान्वयन र तेस्रो मुलुक निर्यातसम्बन्धी सम्झौता अभावले अलैंची उत्पादनदेखि बिक्रीसम्मै समस्या झेल्नुपरिरहेको किसान र व्यवसायी बताउँछन् ।

उखुखेतीतर्फ आकर्षित हुँदै किसान

कञ्चनपुरको दक्षिणी क्षेत्रमा उखुखेती फस्टाउँदै गएको छ।  जिल्लाको दक्षिणी क्षेत्रका किसान उखुखेतीतर्फ आकर्षित हुँदै गएका छन् । दोब्बर आम्दानी लिन सकिने भएपछि किसान उखुखेतीतर्फ आकर्षित हुन थालेका हुन्।

भारतीय पक्षले गण्डक नहरमा पानी नछाड्दा गहुँखेती प्रभावित

भारतीय पक्षले समयमा गण्डक नहरमा पानी नछाड्दा मध्यतराईका पर्सा, बारा र रौतहट जिल्लाको ७६ हजार ५०० हेक्टर क्षेत्रफलमा लगाइने गहुँखेती प्रभावित भएको छ ।

दलाई लामाले भ्रमको खेती गरे

धर्मोदय सभाले भारतमा निर्वासन जीवन बिताइरहेका धर्मगुरु दलाई लामालाई भ्रम र झुटको खेती नगर्न आग्रह गरेको छ।

परिवार चलाउन खेती, देश बनाउँन राजनीति

राजनीतिलाई धेरैले ‘खेतीपाती’ बनाएका छन् ।टोखाका कृष्णप्रसाद अधिकारी भने राजनीतिलाई उद्यमशिलतासंग जोडेर अगाडि बढ्दै छन् । जिल्लाका अगुवा कृषक समेत रहेका अधिकारीले खेतीपाती र राजनितीलाई संगै अगाडी बढाएका छन् ।

राउटे तरकारी खेतीतर्फ आकर्षित

पछिल्लो समय राउटे समुदाय तरकारी खेतीतर्फ आकर्षित भएका छन् । सरकारले राउटेका लागि घरबासको व्यवस्था गरी पुनःस्थापना गरेसँगै उनीहरु आफ्ना परम्परालाई छोडी विभिन्न व्यवसायमा लागेका छन् । राउटे समुदाय जंगलको बास, ओढार र खानेकुरामा भ्याकुर, गिठा, तरुल र वन्यजन्तुको शिकार गर्न छोडी खेतीपाती र तरकारी खेतमा लागेका हुन् ।

हुरी र वर्षाले पौने दुई करोडकाे केराखेती नष्ट

केही दिनअघि आएको हावाहुरी र वर्षाका कारण रुपन्देहीमा लाखौंको केराखेती नष्ट भएको छ । हावाहुरीसँगै आएको वर्षाले जिल्लाका विभिन्न स्थानमा किसानले लगाएको केराखेती ढलेर सोत्तर बनेको हो।

'स्वाभिमान' बिक्रीको खेती

नेपालका प्रधानमन्त्री भारत गएपछि देश बेचेर आउँछन् भन्ने जबर्जस्त भावनाको विकास गराइएको छ। कथित राष्ट्रवादका नाममा बढे बढाइएको यो भावनाले नेपाली मनमस्तिष्कमा सजिलै घर गर्ने गरेको छ।

घाँस खेती गरेर सर्वाेत्कृष्ट

नगदे र खाद्यबाली खेती गरेर उल्लेख्य आम्दानी गरिरहेका किसान पशुका लागि आवश्यक घाँस खेती गरेर पनि व्यावसायिक बन्दैछन् । उन्नत जातको घाँस खेती गरेर किसानले अन्य बालीको तुलनामा बढी आम्दानी लिन थालेका हुन् ।

सूर्यमुखी खेतीमा आकर्षित हुँदै कृषक

वगनाशकाली गाउँपालिका–१, चिर्तुङ्गधारा ठूलाचौरका किसानले वैकल्पिक खेतीका रुपमा सूर्यमुखी फूलको खेती गर्न थालेका छन् । उनीहरूले १० रोपनी जग्गामा सूर्यमुखी फूललाई तेल उत्पादनकालागि वैकल्पिक बालीका रुपमा प्रयोग गरेका हुन् ।

तरकारी खेतीबाटै मनग्य आम्दानी

देशका युवाहरू वैदेशिक रोजगारीका लागि विदेशिने क्रम बढीरहेको बेलामा रौतहटका करिव दर्जन गाउँका किसानहरूले बेमौसमी तरकारी खेतीमार्फत विदैशिक रोजगारीबाट प्राप्त हुने भन्दा धेरै आम्दानी गरी उदाहरणीय बनेका छन् ।

तरकारी खेतीमा गाउँमै छ सम्भावना

समयको मागलाई चिनेर सामूहिक प्रतिबद्धताका साथ तरकारी खेती गर्न सके गाउँमै राम्रो सम्भावना रहेको तथ्य मदनपोखराका किसानले प्रस्तुत गरेका छन् । तानसेन–९ मदनपोखरा गाउँका किसानले व्यावसायिक रूपमा लगाएको तरकारीबाट मनग्य आम्दानी लिँदै आएका छन् ।

खेतीपातीबाट मासिक लाख कमाइ

यहाँका एक किसानले तरकारी खेती र पशुपालनबाट मासिक एक लाख रुपैयाँ कमाउने गरेका छन् । पर्वत, नाङलिवाङ–९, फर्सेका राजन सापकोटा तरकारी र दूध बेचेर आम्दानी गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्