७ आश्विन २०८१ सोमबार
image/svg+xml

कृष्णनगर भन्सारमा ९३ प्रतिशत मात्र राजस्व संकलन

गत आवका लागि भन्सारलाई ५ अर्व ८१ करोड ४८ लाख ८१ हजार रुपैँया लक्ष्य तोकिएको थियो। गत आर्थिक वर्ष २०७७÷०७८ मा लक्ष्य भन्दा ७ प्रतिशत बढी ५ अर्व २७ करोड ५ लाख ५६ हजार रुपैँया राजस्व संकलन भएको थियो।

सरकारी नीतिकै कारण चुलियो आयात

सरकारले वनजंगलबाट उत्पादन हुने काठजन्य सामग्रीमा कडाइ गर्दा फर्निचर तथा काठको आयात ह्वातै बढेको छ।

पेट्रोलियम पदार्थको आयातमै बाहिरियो तीन खर्ब २० अर्ब

बढ्दो मूल्य वृद्धि र खपतका कारण एक वर्षको अवधिमा पेट्रोलियम पदार्थको आयातमा मात्रै ठूलो परिमाणमा नेपाली मुद्रा बाहिरिएको छ। एक विवरणअनुसार एक वर्षको अवधिमा सवा तीन खर्ब रुपैयाँ बढी नेपाली बाहिरिएको छ।

विराटनगर भन्सार कार्यालयको राजस्व घट्यो

विराटनगर भन्सार कार्यालयको राजस्व घटेको छ। आर्थिक वर्ष २०७७/७८ को तुलनामा आव २०७८/७९ मा विराटनगर भन्सार कार्यालयको राजस्व संकलन ३९ करोड रूपैयाँले घटेको हो।

राजविराज भन्सारमा वर्षेनी लक्ष्यभन्दा कम राजस्व संकलन

राजविराज भन्सार कार्यालयले गत आर्थिक वर्ष लक्ष्यको ६१.०४ प्रतिशत राजस्व संकलन गरेको छ।

मेची भन्सारको १ करोड ८७ लाख असुली गर्न महालेखाको सुझाव

मेची भन्सार कार्यालयबाट विभिन्न सामानको आयातमा कम मूल्य र फरक शीर्षक देखाएर १ करोड ८७ लाख ८० हजार राजस्व छली भएको पाइएको छ।

सर्लाही भन्सारद्वारा ५३ करोड राजस्व संकलन

जिल्ला भन्सार कार्यालय सर्लाहीले आर्थिक वर्ष २०७८/७९ मा करिब ५२ करोड ८२ लाख राजस्व संकलन गरेको छ।

एघार महिनामा नेपालीले खाए १६ अर्बको फलफूल

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आवका ११ महिनामा १६ अर्ब रुपैयाँ बढीको कृषि तथा फलफूल आयात भएको पाइएको छ। मुलुकका दुई तिहाइभन्दा बढी जनता कृषिमा आश्रित रहेका र कूल गार्हस्थ्य उत्पादन (जिडिपी)मा कृषि क्षेत्रको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा समेत फलफूको आयातमा अर्बौं रकम बाहिरिरहेको छ।

१९ खर्ब बढीको वस्तु आयात हुने

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको ११ महिनामा जेठ मसान्तसम्म १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँको वस्तु आयात भएको छ। यसरी हेर्दा मासिक सरदर १ खर्ब ६० अर्ब रुपैयाँको वस्तु आयात भएको देखिन्छ। असार मसान्तसम्म १९ खर्ब रुपैयाँ बढीको वस्तु आयात हुने भएको छ।

राष्ट्र बैंकको कदमले पनि घटाउन सकेन आयात

चालु आवको नौ महिनामा १४ खर्ब ४४ अर्ब रूपैयाँको वस्तु आयात भएको छ। मुलुकको व्यापार घाटा १३ खर्ब ६० अर्ब रूपैयाँ पुगेको छ। गत आवको १२ महिनामा व्यापार घाटा १३ खर्ब ९९ अर्ब रूपैयाँ थियो। चालु आवको नौ महिना गत वर्षको हाराहारीमा पुगेको छ। अहिले मासिक करिब डेढ खर्ब रूपैयाँको वस्तु आयात भैरहेको छ।

नौ महिनामा २८ अर्ब ५४ करोड बढीको सुन आयात

चालु आर्थिक वर्षको नौ महिनामा सुन आयातका लागि मुलुकबाट २८ अर्ब ५४ करोडभन्दा बढी नेपाली रुपैयाँ बाहिरिएको छ।

१ सय २० किलो गाँजा र ९ लाख बराबरको अवैध सामान बरामद

नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत विराटनगर महानगरपालिका–१८ बाट लागुऔषध गाँजा, अदुवा र अवैध सामान प्रहरीले बरामद गरेको छ।

चामल तथा दाल आयातमा कडाइ गर्न व्यवसायीको माग

चामल आयातभन्दा नेपालमा धान उत्पादन कम भएको समयमा धान आयात गर्दा कामदारले कामलाई निरन्तरता दिन पाउने, चामल मिलबाट उत्पादित भुसले अन्य इन्धनको काम गर्ने, करोडौँ लगानीमा सञ्चालित उद्योगले निरन्तरता पाउने सङ्घको बुझाइ छ।

अर्थतन्त्र गम्भीर संकटतिर

मुलुकको अर्थतन्त्र अहिले धेरै समस्यामा गइसकेको छ। आयात चुलिएका बेला रेमिटेन्स घटेको र पर्यटनलगायतका सेवा क्षेत्रबाट पनि विदेशी मुद्रा आर्जन नहुँदा मुलुकमा रहेको विदेशी विनिमय सञ्चिति क्रमशः घटिरहेको छ। अहिले श्रीलंकाको मुख्य समस्या पनि विदेशी मुद्रा नहुनु हो। यस्तोमा प्रधानमन्त्रीले निर्देशन दिएर मात्र पुग्ने अवस्था छैन। मुलुकमा चुलिँदो आयात घटाउने ठोस निर्णय गर्नुपर्ने आवश्यक भइसकेको छ। र, यसमा प्रधानमन्त्री देउवाको हस्तक्षेप हुनुपर्ने देखिन्छ।

नयाँ भन्सार एजेन्ट रोक्न पुरानाको चलखेल

भन्सार विभागले ६६० जना भन्सार एजेन्टका लागि दर्खास्त आह्वान गरेको थियो। त्यसका लागि करिब ९ हजारले आवेदन दिएका थिए। विगतमा विभाग र तालुक मन्त्रालयका अधिकारीलाई प्रभावमा पारेर परीक्षा रोक्न सफल भएका एजेन्ट अहिले भने अप्रासंगिक मुद्दा लिएर अदालत गई परीक्षा रोक्न सफल भएको सरकारी अधिकारीहरू बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्