१२ असार २०८१ बुधबार
image/svg+xml

खोलाले बगाएर युवतीको मृत्यु

खोला तर्ने क्रममा बगाउँदा एक युवतीको मृत्यु भएको छ । नौमूले गाउँपालिका ५ की २५ वर्षीया पविसरा शाहीको अपराह्न ३ बजेतिर खोला तर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिए ।

आत्महत्या गरेकी युवतीमा कोरोना पुष्टि

झुण्डिएर आत्महत्या गरेकी सुर्खेतस्थित एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सिम्ता गाउँपालिका–८, की २५ वर्षीय युवतीमा कोरोना पुष्टि भएको हो । उनी असार १ गते घर नजिकै झुण्डिएर आत्महत्या गरेकी थिइन् ।

कुवेतबाट आएकी एक युवतीमा कोरोना पोजेटिभ

पाँचथरमा एक जनामा कोरोना पोजेटिभ देखिएको छ । हालै कुवेतबाट आएकी एक जना २५ वर्षिया युवतीमा कोरोना पोजेटिभ देखिएको हो । पाँचथर बहुमुखि क्याम्पसको क्वारेन्टिनमा राखिएकी फिदिमकी युवतीमा कोरोना पोजेटिभ देखिएको हो ।

क्वारेन्टाइनमै अविवाहित युवतीले जन्माइन् मृत शिशु

छिमेकी जिल्ला उदयपुरबाट आएर ओखलढुंगाको रामपुरमा क्वारेन्टाइनमा बसेकी एक अविवाहित युवतीले मृत शिशु जन्माएकी छन्। मोलुङ गाउँपालिकाकै १६ वर्षिया अविवाहित युवतीले क्वारेन्टाइनमै मृत शिशुु जन्माएकी हुन्।

क्वारेन्टाइनमा बसेकी युवतीले जन्माइन् मृत शिशु

उदयपुरबाट आएर ओखलढुङ्गाको रामपुरमा क्वारेन्टाइनमा बसेकी एक अविवाहित युवतीले मृत शिशुलाई जन्म दिएकी छन्।

‘समाजले कोरोना संक्रमित बनाइदियो’

फ्रान्सबाट आएकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीसंगै जहाजमा आएका अन्य यात्रुहरुको खोजतलास सुरु भयो। यी मध्ये कतारबाट आएकी दाङकी बबई गाउँपालिका वडा नम्बर २ की लक्ष्मी ओली पनि ति युवतीसंगै एउटै जहाजमा आएको सार्वजनिक भयो। उनको नामै सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय उनको पहिचानमा लाग्यो। गत १२ गते उनलाई प्रहरी घरमै पुगेर आइसोलेसनमा बस्न आग्रह गर्‍यो।

जनकपुरधाममा युवतीको शव फेला

जनकपुरधाममा आज एक युवतीको शव फेला परेको छ। जनकपुरधामस्थित गोरधोइ पोखरीमा २५ वर्षीया रोशनी खातुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

मिस नेपाल युरोप हुने

युरोपन्न देशमा बसोबास गर्ने नेपाली युवतीहरूलाई समावेश गरेर पहिलो पटक मिस नेपाल युरोप नामक प्रतियोगिको आयोजना हुने भएको छ।

युवायुवतीलाई मदिरा बेचबिखन र सेवन गर्न रोक

जुम्लाको पातारासी गाउँपालिकाले युवायुवतीलाई मादक पदार्थ बेचबिखन र सेवन गर्न रोक लगाएको छ। २५ वर्षदेखि तलको उमेर समूहका युवायुवतीलाई मदिरा बेचबिखन तथा सेवनमा प्रतिबन्ध लगाएको हो।

१७ वर्षीया युवती चार दिनदेखि सम्पर्कविहीन

गुल्मीमा एक युवती चार दिनदेखि सम्पर्कविहीन भएकी छन्। जिल्लाको इस्मा गाउँपालिका–५ रजस्थल जाउनडाँडा बस्ने १७ वर्षीया पूजा अर्याल सम्पर्कविहीन भएकी हुन्। मङ्सिर १ गते आइतबार बिहान घरबाट हिँडेकी उनी सोही दिन साँझबाट नै सम्पर्कविहीन भएको परिवारले जनाएको छ।

उपचारको क्रममा युवतीको मृत्यु, मेडिकल कलेजमा तनाव

एपेन्डिक्सको अप्रेशनको क्रममा एक युवतीको मृत्यु भएको छ। रेसुङ्गा नगरपालिका–८, की १७ वर्षीय लक्ष्मी रसायलीको मृत्यु भएको हो। लुम्बिनी मेडिकल कलेज, पाल्पामा शनिबार उपचारका लागि आएकी युवतीको भैरहवा मेडिकल कलेजमा सोमबार मृत्यु भएको बताईएको छ।

हत्या प्रकरणः युवतीसहित चार जनामाथि अनुसन्धान सुरु

चार दिनअघि होटलमा शङ्कास्पद अवस्थामा मृत भेटिएका कञ्चनपुरको भीमदत्तनगरपालिका–३ का २२ वर्षीय अजय चौधरी प्रकरणमा प्रहरीले गहन अनुसन्धान सुरु गरेको छ।

युवतीलाई पैसाको प्रलोभनमा पारेर ठमेलमा विदेशी नागरिकसँग यौनधन्दा गराउने पक्राउ

युवतीलाई आर्थिक प्रलोभनमा पारेर यौन धन्दा गराउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्