१३ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

मिस नेपाल युरोप हुने

काठमाडौं – युरोपन्न देशमा बसोबास गर्ने नेपाली युवतीहरूलाई समावेश गरेर पहिलो पटक मिस नेपाल युरोप नामक प्रतियोगिको आयोजना हुने भएको छ।

आगामी जनवरी २६ मा बेल्जिमयको लोवेनमा आयोजना हुने प्रतियोगितामा १२ जना प्रतियोगीहरूले प्रतिस्पर्धा गर्दैछन्। यसअघि आयोजकले आयोजना गरेको अडिसनबाट उनीहरू छनोट भएका थिए। कार्यक्रमको आयोजना ड्रिम्स नेपालले गर्दैछ। ड्रिम्स नेपालकी संस्थापक योगिता थापाका अनुसार मिस नेपाल युरोपकी विजेताले मिस नेपालको नयाँ संस्करणमा सहभागी हुने अवसर पाउनेछिन्।

प्रतियोगितामा बेल्जियमबाट मिला नेपाली, लुना श्रेष्ठ, सविना नेपाली र ज्योति भट्ट, संगीता थापा (आयरल्यान्ड), सुशिला बोहरा (अस्ट्रिया), निरुषा खत्री (फिनल्यान्ड), रोजमेरी भुटिया (स्वीट्जरल्यान्ड), श्रद्धा थापा (नर्वे), जर्मनीबाट आश्मा घिमिरे र सामु पराजुली र श्रीया भण्डारी (फ्रान्स) ले प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगितामा विजेता, फस्ट र सेकेन्ड रनर अप चयन हुनेछन्। पूर्व मिस नेपाल सुगारिका केसीले प्रतियोगिताको कोरियोग्राफी गरिरहेकी छन्।

द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारका अनुसार मिस नेपाल युरोपकी विजेताले मिस नेपालमा प्रवेश पाउनेछिन्। ‘मिस नेपालको मापदण्डअनुसार विजेता छनोट भए उनी अडिसनमा सहभागी हुनुपर्दैछ,’ उनले भने। मिस नेपालको नयाँ संस्करणको आवेदन केही साताभित्र खुला हुने जानकारी उनले गराए।

प्रकाशित: १ माघ २०७६ ०५:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App