१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

युवतीलाई पैसाको प्रलोभनमा पारेर ठमेलमा विदेशी नागरिकसँग यौनधन्दा गराउने पक्राउ

काठमाडौं– युवतीलाई आर्थिक प्रलोभनमा पारेर यौन धन्दा गराउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

उपत्यका बाहिरका जिल्लाबाट आएका युवतीलाई ठमेल र आसपासका क्षेत्रका होटलमा काम लगाइदिने भन्दै आर्थिक प्रलोभन तथा दबाबमा स्वदेशी तथा विदेशी नागरिकसँग शारीरिक सम्बन्ध राख्न लगाउने सर्लाहीका टंकबहादुर माझीलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गले शनिबार नियन्त्रणमा लिएको हो। 

ठमेलका होटलमा पुरुषहरुसँग जबरजस्ती यौन सम्पर्क राख्न लगाएर ट्याक्सीमा ३ जना युवतीलाई डेरातर्फ पुर्याउन गइरहेको बा१ ज १९७७ ट्याक्सीसहित चालक माझीलाई कामपा १ नागपोखरीबाट नियन्त्रणमा लिइएको प्रहरी परिसर काठमाडौंले जनाएको छ।  

ट्याक्सी खानतलासी गर्दा प्रहरीले ५ थान परिवार नियोजनको साधन र एक थान सामसुङ्ग कम्पनीको मोबाइल समेत बरामद गरेको थियो। 

पक्राउ परेका माझीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार ऐनअन्तर्गत जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको काठमाडौंका प्रहरी प्रवक्ता डिएसपी होविन्द्र बोगटीले बताए।

बोगटीका अनुसार युवतीलाई दबाब र प्रभावमा ठमेल क्षेत्रमा यौनधन्दा चलाई रकम असुली गरेको सूचनापछि दरबारमार्ग वृत्तले निगरानी बढाएको थियो। 

प्रकाशित: ४ कार्तिक २०७६ १०:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App