४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

धादिङमा पनि बन्दाबारीमा ट्याक्टर

चितवनका किसानले बन्दामा डोजर चलाएको दुई महिना नहुँदै धादिङमा पनि त्यस्तै घटना भएको छ। बजार मूल्यभन्दा ९० प्रतिशत कममा पनि बिक्री नभएपछि बेनिघाट रोराङ गाउँपालिका–ं५ विशालटारका किसानले बारीको बन्दा ट्याक्टर लगाएर नष्ट गरेका हुन्। बारीमा लगाएको बन्दाकोभी, मुलालगायत तरकारीको मूल्य नपाएको स्थानीय किसान राजु बिसुरालले बताए। १५ वर्षदेखि कृषि पेसामा संलग्न बिसुराल तरकारी खेतीबाट अब हात धुनुपर्ने अवस्था आएको बताउँछन्।

ट्याक्टर पल्टिँदा चालकको मृत्यु

इलामको देउमाई नगरपालिकामा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मेची राजमार्गमा पर्ने देउमाई नगरपालिका–१ देउरालीमा आइतबार विहान दुर्घटना भएको हो।

टेलरवाला ट्याक्टरले बढाउँदै दुर्घटना

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको पसाहा पुलनजिक राखिएको ट्याक्टरको टेलरमा गत शनिबार सरकारी जिप ठोक्किँदा त्यसमा सवार सशस्त्र प्रहरीका एसपी बलराम पोखरेलको मृत्यु भयो भने प्रमुख जिल्ला अधिकारी (बारा) का गणेश भट्टराई गम्भीर घाइते भए। बा १ झ १६३३ नम्बरको उक्त जिप दुर्घटनामा घाइते भएका चालक जगत पटेल, सशस्त्र प्रहरीका हवल्दार सञ्जयकुमार यादव र नेपाल प्रहरीका हवल्दार शम्भु गुरुङ पनि घाइते भए। प्रमुख जिल्ला अधिकारी भट्टराईको अहिले काठमाडौंमा उपचार भइरहेको छ।

ट्याक्टर दुर्घटनामा परी बृद्धको मृत्यु

उदयपुरमा सोमबार दिउँसो ट्याक्टर र मोटरसाईकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा एक बृद्धको मृन्यु भएको छ। त्रियुगा नगरपालिका १४ साउनेदेखि धाब्लाङ जाने सडक खण्डमा मोटरसाइकल ट्याक्टरमा ठोक्किन पुग्दा पछाडि सवार ६० वर्षीय प्रेमबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

जिल्लाको दक्षिणी क्षेत्र स्थित कौडेनामा ट्याक्टरको ठक्करबाट आइतबार १५ महिने बालिकाको ज्यान गएको छ।

बजारबीचमै दुर्घटनाग्रस्त क्षेत्र

खोटाङ दिक्तेलको अल्छेढुंगातर्फबाट रड बोकेर अम्बागाछीतर्फ जाँदै गरेको को१त ८०१७ नम्बरको ट्याक्टर शुक्रबार दिक्तेलको भवनगैराको ओरालो सडकमा झन्डै दुर्घटनामा पुगेन। घुम्ती नपुग्दा सीधै सडकमुनि खस्न लागेको ट्याक्टर डिलमा पुगेर मुस्किलले अडियो। ‘ट्याक्टर पल्टिन लागेको’ भन्दै कोकोहोलो मच्चिँदा डिलमुनिका मान्छेको भागाभाग भयो।

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

ट्याक्टर दुर्घटनामा परी खोटाङमा एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। जन्तेढुंगा गाउँपालिकाको चिसापानीबाट बराहपोखरीको बंशिलाघाटतर्फ जाँदै गरेको को २ त ६१७४ नम्बरको ट्याक्टर पल्टिँदा उदयपुर चौदण्डीगढी नगरपालिका ७ का २२ वर्षीय टंक श्रेष्ठको मृत्यु भएको हो। उनको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार केसीले बताए।

ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु

सल्यानको श्रीनगरमा ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु भएको छ। रा१त १४४१ को ट्याक्टरको ठक्करबाट रुकुम (पश्चिम) चौरजहारी नगरपालिका– १३ का २४ वर्षीय राजेश शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।

किसानलाई ट्याक्टर वितरण

‘खेती गर्नलाई गोरु पाल्यो, घाँसपानी गर्नलाई मान्छे छैन। गोरु खोजेर खेती गर्नलाई दाम अनुसारको काम हुँदैन। लगानी अनुसारको आम्दानी हुँदैन।’ यस्तै भन्दै थिए प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (तरकारी जोन) कार्यालयमा हाते ट्याक्टर लिन आएका ककनी गाउँपालिका–८ का बुद्धिलाल तामाङ।

ट्याक्टर दुर्घटनामा १ काे मृत्यु

रुकुम (पूर्व)मा हिउँमा चिप्लीएर ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। रा १ त १६९४ नम्बरको ट्याक्टर गाउँपालिका–१२ गरखानीमा दुर्घटना हुँदा जिल्लाको भुमे गाउँपालिका–१ का १८ वर्षीय किसमत गुरुङ्गको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)ले जानकारी दिएको छ।

ट्याक्टर दुर्घटनामा तीनको मृत्यु, एक गम्भीर

ट्याक्टर दुर्घटना हुँदा खोटाङमा तीनको मृत्यु भएको छ। दिक्तेलबजारबाट शनिबार राति दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा जाँदै गरेको को २ त ५६६० नम्बरको खाली ट्याक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको कालीखोलामा पल्टिँदा दुई जनाको घट्नास्थलमै र एक जनाको उपचारकोक्रममा मृत्यु भएको हो।

ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु, ६ घाइते

उदयपुरको लिङपिङगुङ–४ बलाम्ताको मैसङखामा बिहीबार राति १० बजे ट्याक्टर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ।

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

सल्यानमा भएको ट्याक्टर दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ। दाङको तुलसीपुरबाट रुकुम तर्फ आउँदै गरेको रा १ त २६२८ नम्बरको ट्याक्टर जिल्लाको बागचौर नगरपालिका–४ जलेखर्कमा दुर्घटना भएको थियो।

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

डोटीको केआईसिँह गाउँपालिकामा सोमबार ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्