४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

यहाँस्थित माङसेबुङ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। आज दिउँसोे १ बजे माङसेबुङ गाउँपालिका–३ भञ्ज्याङस्थित फाल्गुनन्द कच्ची सडकखण्डमा पाँचथरबाट दमकतर्फ अदुवा लिएर गएको ट्याक्टर दुर्घटना हुँदा चालक २८ वर्षीय नबिन कुरुवाङ र सहचालक धनकुटाका २२ वर्षीय गोकुल लिम्बूको निधन भएको हो।

ट्याक्टर दुर्घटनामा ३ को मृत्यु, ३२ घाइते

पिकनिक खाएर फर्कदै गरेको ट्याक्टर नयाँ कोशी पुल नजिकै दुर्घटना हुँदा उदयपुर जिल्लाको बेलका नगरपालिका २ का ३ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।

ट्याक्टर पल्टिँदा एकको मृत्यु

नाच हेरेर मेलाबाट फर्किने क्रममा ट्याक्टर पल्टिँदा एकजनाको मृत्यु भएको छ। ना४त ३५९१ नंको ट्याक्ट्रर पल्टिँदा आदर्श गाउँपालिका–३ का १६ वर्षीय बदन मुखियाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक मिरा चौधरीले जानकारी दिए।

ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु, १ घाइते

कैलालीको बर्दगोरीया गाउँपालिका–२ मा मंगलबार भएको ट्याक्टर दुर्घटनामा २ जनाको ज्यान गएको छ भने १ जना घाइते भएका छन्।

किसानलाई कृषि उपकरण

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले किसानलाई हाते ट्याक्टर वितरण गरेको छ। सदियौंदेखि हलो जोतेर खेतीपातीका काम गर्दै आएका किसानलाई गाउँपालिकाले जमिन जोत्ने हाते ट्याक्टर निशुल्क वितरण गरेको हो।

ट्याक्टरबाट खसेर महिलाको मृत्यु

रुकुम (पूर्व) मा ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको भुमे गाउँपालिका–२ सीमचौरकी २४ वर्षीया सुनकुमारी घर्तीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा खोटाङमा चालकको मृत्यु भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दिक्तेलको सोल्मातर्फबाट रत्नपार्कतर्फ जाँदै गरेको को २ त १३८८ नम्बरको ट्याक्टर अल्छेढुंगामा दुर्घटना हुँदा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका चालक २२ वर्षीय प्रकाश राईको मृत्यु भएको हो।

भोजपुरमा ट्याक्टर पल्टिँदा एकको मृत्यु

भोजपुरको हतुवागढी  गाउँपालिका २ रानीवासको लुङ्गीनमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

गोरखा नगरपालिका वडा नम्बर ९ कट्टेलचोक नजिकै शनिबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

बिपन्न किसानलाई नगरपालिकाको ट्याक्टर सहयोग

उदयपुरको चौदण्डीगढी नगरपालिकाले बिपन्न तथा गरिव किसानलाई अनुदान छुटमा ट्याक्टर प्रदान गरेको छ।

रसुवाका कृषकलाई हाते ट्याक्टर वितरण

रसुवाको उत्तरगया गाउँपालिकाका कृषकलाई हाते ट्याक्टर वितरण गरिएको छ। खेतीपाती लगाउने समय सुरु भएसँगै कृषि विकास शाखाले कृषकलाई ७५ प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो। गाउँपालिकाको कृषि सहकारी र कृषक समुहमा आवद्ध १२ जना कृषकलाई सामग्री वितरण गरिएको शाखाले जनाएको छ।

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु, सहचालक घाईते

पाल्पाको माथागढी गाउँपालिका–२, रुप्सेमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

ट्याक्टरमा च्यापिएर एक मजदुरको मृत्यु

महोत्तरीको सोनमामा सडक निर्माण कार्यमा कार्यरत एक मजदुरको मृत्यु भएको छ।  सोनमा गाउँपालिका– १ मा नवनिर्मित ग्रामीणस्तरको सडक निर्माणको क्रममा कार्यरत स्थानीय १८ वर्षीय कुशेश्वर मण्डलको शुक्रबार बिहान ट्याक्टरमा च्याँपिदा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, चाैध घाइते

रुकुम पूर्वको भूमे गाउँपालिकामा गए राति ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्