४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

रुकुम- सल्यानमा भएको ट्याक्टर दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ। दाङको तुलसीपुरबाट रुकुम तर्फ आउँदै गरेको रा १ त २६२८ नम्बरको ट्याक्टर जिल्लाको बागचौर नगरपालिका–४ जलेखर्कमा दुर्घटना भएको थियो।

दुर्घटनामा परेर रुकुम (पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका–११ का ३३ वर्षीय ट्याक्टर चालक प्रवीन विकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा परेर गम्भिर घाइते भएका रुकुम (पश्चिम) को त्रिवेणी गाउँपालिका– १० का २८ वर्षीय इश्वर केसी को उपचारको क्रममा सोमबार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक गिरीराज भण्डारीले जानकारी दिए।

इश्वरको मेडिकल कलेज कोहलपुरमा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौंका शिक्षण अस्पताल लगिएको थियो। सामान ल्याएर रुकुम (पश्चिम) तर्फ आउँदै गर्दा शुक्रबार राती ट्याक्टर सडकबाट करिब ६ सय मिटर तल खसेको प्रहरीले बताएको छ। 

 

प्रकाशित: २५ मंसिर २०७५ ०७:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App