४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

म्याग्दीमा ट्याक्टर दुर्घटनामा एकको मृत्यु

उनका अनुसार घाइत हुनेमा पर्वत जलजला गाउँपालिका–२ का प्रविण परियार रहेका छन्। ट्याक्टर दुर्घटनाको खवर लगत्तै प्रहरी परिचालन गरिएको छ। दुर्घटना कसरी भयो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीको जनाएको छ।

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको जोरआँपमा शुक्रबार राती भएको दुर्घटनामा राईको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमरियाले बताए ।

रातिराति अवैध ढुंगा,गिटी झिक्ने आधादर्जन बढी ट्याक्टर नियन्त्रणमा

उदयपुरका विभिन्न खोला खहरेबाट ढुंगा, गिटी, बालुवा उत्खनन र बिक्री वितरण गर्ने आधादर्जन बढी ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। सिराहा र सप्तरीसँग सीमाना जोडिएको उदयपुरको उदयपुरगढी गाउँपालिकाका खोला खहरेबाट नदीजन्य पदार्थ चोरी निकासी गर्दै गरेको अवस्थामा प्रहरीले सोमबार राति ७ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।

ट्याक्टर दुर्घटनामा एककाे मृत्यु

अघिल्लो साँझ ट्याक्टर दुर्घटनामा परेर गम्भीर घाइते भएका एकको उपचारको क्रममा मृत्यु भएको छ । बिहीबार साँझ ५ बजेर ३० मिनेटमा को२त ५१८२ नं. को ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका जिल्लाको बेलका नगरपालिका १ आम्बासीका ४५ वर्षीय तीर्थबहादुर कार्कीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

चिताको धुवासँगै उड्यो युवाको सपना

गत शनिबार प्युठानको रुमालेमा भएको ट्याक्टर दुर्घटनामा मृत्यु भएका रोल्पाका मजदुरहरूको सोमबार राति सामूहिक अन्त्येष्टि गरिँदा आफन्तको अवस्था अझ हृदय विदारक देखिन्थ्यो।

प्यूठान ट्याक्टर दुर्घटनाः मृतक सातै जनाको सनाखत (अपडेट)

प्यूठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। प्यूठान स्वर्गद्धारी नगरपालिका वडा नम्बर २ स्थित रुमाले भन्ने स्थानमा लु २ त ४२३४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको प्युठान प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुमार कार्कीले बताए।

प्युठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु

प्यूठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। प्यूठान स्वर्गद्धारी नगरपालिका वडा नम्बर २स्थित रुमले भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुँदा सातजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख, डिएसपी नरेन्द्र कुमार कार्कीले जानकारी दिएका छन्।

ट्याक्टर दुर्घटनामा १३ जना घाइते

व्यास नगरपालिका–५ अलैँचेमा ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । चापाघाटबाट मानहुँकोटतर्फ जाँदै गरेको ट्याक्टर आफैं अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

ट्याक्टर दुर्घटनामा बालिकाको मृत्यु

उदयपुरमा ट्याक्टर दुर्घटनामा पर्दा एक बालिकाको मृत्यु भएको छ । गाईघाटबाट जस्ता पाता तथा डिजल र साबुन बोकेको स १ त ५१०७ नं. को ट्याक्टर बिहीबार साँझ उदयपुरगढी गाउँपालिका-७ को बागखोरमा दुर्घटनामा पर्दा उदयपुरगढी ६ की ९ वर्षीया बिबिषा पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ताप्लेजुङको आम्बेगुदिमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं २ नासपाते भन्ने स्थानमा भएको ट्याक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । अन्य एक गम्भीर घाइते भएका छन् ।

गौमुलमा ट्याक्टर दुर्घटना, नौ जना घाइते

गौमुल गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा परी नौ जना घाइते भएका छन्। गाउँपालिकाको ६ नम्बर वडा क्षेत्र पर्ने निलासैनबाट घटमुना तर्फ आउँदै गरेको सु.प.प्र.०१००२ त ४९९ नम्बर प्यलेटको ट्याक्टर मंगलबार बिहान सिमधारमा दुर्घटना भएको हो।

ट्याक्टर दुर्घटनामा ४ को मृत्यु, ११ घाइते

पूर्वी नवलपरासीमा गएराति भएको ट्याक्टर दुर्घटना मृत्यु हुनेको संख्या ४ पुगेको छ। दुर्घटनामा ११ जना घाइते भएका छन्। पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका-२ थरथरेमा गएराती लु ४ त २५५६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्