प्रहरीले अवैध तेजपत्ता बोकेर आउँदै गरेका दुई ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। सात सय किलोग्राम तेजपत्ता र एक सय बोरा तेजपत्ताको बोक्रासहित स १ त ६४९५ र स १ त ५४०९ नं. का ट्याक्टर आइतबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
उदयपुरगढीको नेपालटार बजारदेखि अवैध वनस्पतिजन्य सामग्री बोकेर गाईघाट ल्याउँदै गरेको भन्ने सुराकीको आधारमा खटेको प्रहरी टोलीले गाईघाटस्थित पिपलचोकमा भेटेर सोधीखोजी गर्दा कानुनी आधार प्रमाण नभेटेपछि सामान र ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
तेजपातसँगै प्रहरीले दुवै ट्याक्टरका चालक पनि पक्राउ परेका छन्। पक्राउ चालक रौतामाई गाउँपालिका ७ का २३ वर्षीय हरिबहादुर मगर र रौतामाई २ का २३ वर्षकै नरेन्द्र तामाङ रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी गोविन्द पुरीले बताए।
प्रकाशित: २७ श्रावण २०७७ ०३:२७ मंगलबार