५ आश्विन २०८१ शनिबार
image/svg+xml

नीति तथा कार्यक्रम बहुमतले पारित

सोमबारको बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पारित गरियोस् भनी प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

प्रमुख प्रतिपक्षीकाे अवरोधबीच नीति तथा कार्यक्रम बहुमतले पारित

राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २० गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। प्रमुख प्रतिपक्षी दलको अवरोधका बीचमा नीति तथा कार्यक्रम पारित भएको हो । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले संसद्को गरिमा कायम नभएको भन्दै नियमापत्ति गरेको थियो ।

बालअधिकार र खेलकूद विधेयक पारित

प्रदेशसभाको आज बुटवलमा बसेको बैठकले सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रस्तुत गरेकाे प्रदेश ५ बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश ५ खेलकूद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो।

‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक’ बहुमतले पारित

राष्ट्रियसभाको आजको बैठकले ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५’ पारित गरेको छ। संशोधन प्रस्तावकर्ता सांसद राधेश्याम अधिकारीले राख्नुभएको प्रस्तावलाई अस्वीकृत गर्दै बहुमतले सो विधेयक पारित गभएको हो। तिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक राष्ट्रियसभामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले पेश गरेका थिए।

राष्ट्रियसभाबाट पाँच विधेयक पारित

राष्ट्रियसभाको साेमवारको बैठकले पाँच विधेयक सर्वसम्मतिले पारित गरेको छ। सभाको बैठकले सार्वजनिक–निजी साझेदारी तथा लगानी विधेयक २०७५, नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक २०७५, लेखापरीक्षण विधेयक २०७५, जीवनाशक विषादी व्यवस्थापन विधेयक २०७५ र विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक २०७५ सर्वसम्मतिले पारित गरेको हो।

दुई विधेयक पारित, दुई विधेयक समितिमा

प्रतिनिधिसभाले सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ र प्रदेश लोक सेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५ लाई पारित गरेको छ। प्रतिनिधिसभाको बुधवारको दोस्रो बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रदेश लोक सेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए।

कर्मचारी समायोजन विधेयक प्रतिनिधिसभाबाट पारित, राष्ट्रियसभाले सांसदलाई दियो ७२ घण्टा समय

कर्मचारी समायोजन विधेयक २०७५ प्रतिनिधिसभाबाट पारित भएको छ। शुक्रवार अपराह्न बसेको बैठकले समायोजन विधेयक बहुमतले पारित गरेको हो। बैठकमा संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्री लालबाबु पण्डितले विधेयक प्रस्तुत गरेका थिए। विधेयकमा कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्नेबारे विभिन्न व्यवस्था उल्लेख छ।

नेपाल ऐन संशोधन विधेयक पारित

प्रतिनिधिसभाले नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ लाई पारित गरेको छ। प्रतिनिधिसभाको मंगलवारको बैठकमा कानून, न्याय तथा तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए।

राष्ट्रियसभामा शोक प्रस्ताव पारित

राष्ट्रियसभाको आजको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय पूर्वसांसद कमलप्रसाद पङ्गेनीको निधनमा शोकप्रस्ताव पारित गरेको छ।

प्रदेश ५ मा प्रधानमन्त्रीकाे राजीनामा माग

प्रदेश ५ मा आइतबार बसेको प्रदेश सभा बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजिनामा दिनु पर्ने माग गरेका छन्।

पंगेनीको निधनमा शोकप्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभाको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहेका पूर्वसांसद कमलप्रसाद पंगेनीको निधनमा शोकप्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

दुई विधेयक पारित

प्रदेश १ को प्रदेश सभा बैठकले दुई वटा विधेयक पारित गरेको छ। वुधबारको बैठकले जिल्ला सभाको काम कर्तव्य र अधिकार सम्बन्धी विधेयक २०७५ र अन्तर प्रदेश बासिन्दको समान सुरक्षा व्यवहार, सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ सर्वसम्मतले पारित गरेको हो।

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक स्थगित

प्रतिनिधिसभाको आजको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ। पूर्वसांसद कृष्णकुमार जोशीको निधनमा शोक प्रस्ताव पारित गर्दै संसद स्थगित भएको हो। विसं २०४८ को प्रतिनिधिसभाको निर्वाचनमा उनी नेपाली काँग्रेसका तर्फबाट बैतडी क्षेत्र नं १ बाट निर्वाचित भएका थिए।

पूर्व सांसद जोशीको निधनमा शोक प्रस्ताव पारित

राष्ट्रिय सभाको आजको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनका अथक योद्धा पूर्वसांसद कृष्णकुमार जोशीको निधनमा शोक प्रस्ताव पारित गर्यो।

पेलेरै पारित गर्ने सरकारकाे तयारी

चिकित्सा शिक्षा अध्यादेशकै स्वरुपमा ऐन ल्याउनुपर्ने माग राख्दै आमरण अनशनरत डा. गोविन्द केसीसँग वार्तासमेत नगरी सरकार बलपूर्वक चिकित्सा शिक्षा विधेयक अगाडि बढाउन लागिपरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्