सदायको शव फेला, हत्याको आशंका
सिरहाको धनगढीमाई नगरपालिका–१० श्यामपुर गाउँ नजिकै आँपको बगैँचामा फेला परेको मृतक पुरुषको पहिचान खुलेको छ।
सिरहाको धनगढीमाई नगरपालिका–१० श्यामपुर गाउँ नजिकै आँपको बगैँचामा फेला परेको मृतक पुरुषको पहिचान खुलेको छ।
मानव तस्करीको अभियोगमा चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले विहीबार ठमेलबाट खड्गीलाई नियन्त्रणमा लिएको हो।
विद्रोहीको नियन्त्रणमा रहेको सिरियाको इड्लिब प्रान्तमा सिरियाली सरकारले विषालु ग्यास हमला गरेको आशंका गरिएको छ ।
सोलुखुम्बुमा ४ सय बढी विद्यार्थी बिरामी परेका छन्। जिल्लाको विकट क्षेत्रमा पर्ने महाकुलुङ गाउँपालिका - २ स्थित पेल्माङ आधारभुत विद्यालयमा अध्ययनरत सबै विद्यार्थी एकैपटक बिरामी भएका हुन्।
अनमी, सिएमए, अहेब, एमएलटी, सबओभरसियर, अमिनलगायतका कोर्स पढाउँदै आएका इन्स्टिच्युटले आफूखुसी रकम असुलिरहेका छन् । उनीहरुले १८ महिने अनमी पढाइका लागि विद्यार्थीसँग एक लाख ६० हजारदेखि एक लाख ९२ हजारसम्म असुल्दै आएका छन् ।
पोखरामा रहेका दुई यातायात व्यवस्था कार्यालयमा शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा २९ जना व्यक्तिलाई आज प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले दिएको जानकारीअनुसार पृथ्वीचोकस्थित यातायात व्यवस्था कार्यालयको सवारी दर्ता र नवीकरण शाखाबाट १९ र ड्यामसाइटस्थित कार्यालयको लाइसेन्स शाखाबाट १० जनालाई पक्राउ गरिएको हो।
नेकपा एमालेका नेता पार्वत गुरुङले वाम एकताको विपक्षमा लाग्नेहरुलाई कारबाही गर्नु पर्ने बताएका छन्। दोलखाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित गुरुङले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता हुने विषयमा कुनै शंका नगर्न आग्रह गरे।
निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि कुनै शंका नगर्न आग्रह गरेका छन् । यहाँका राजनीतिक दल र पत्रकारसँगको संयुक्त अन्तरक्रियामा पौड्यालले निर्वाचन आयोगले निष्पक्ष र स्वतन्त्र निर्वाचन गराउनका लागि सबै उपाय अपनाएको बताए ।
रौतहटमा एक युवतीको शंकास्पद मृत्यु भएको छ । देवाही गोनाही नगरपालिका ७ प्रेमपुर गोनाही टोलकी एक दलित युवतीको शंकास्पद मृत्यु भएकोले आधा जलेको लासलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाको माइजोगमाई गाउँपालिका–५, सोयाङस्थित स्यालढुंगानजिक एकजनाको ‘शंकास्पद’ मृत्यु भएको छ । इलाम नगरपालिका–सोयाङ–नयाँबजार निर्माणाधीन सडकमा काम गर्ने मजदुर इलाम नगरपालिका–३, पुवामझुवाका ५५ वर्षे विमल रानामगरको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रनितिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिदै गर्दा बेसीसहरमा शंकास्पद वस्तु फेला परेको छ। सदरमुकाम बेसीसरहस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालको गेट नजिकै चाउचाउको कार्टुनमा विद्युतीय तार जोडेको र भित्र चिया पकाउने किट्ली राखेको अवस्थामा उक्त वस्तु भेटिएको हो।
संघ र प्रदेश सभाको निर्वाचनका लागि पहिलो चरणको उम्मेदवारी मनोनयन भइसके पनि निर्वाचन हुन्छ वा हुँदैन भनेर नेपाली बौद्धिक जगत् बहस चलाइरहेको छ।
अब एचआइभी संक्रमणको शंका लागेमा तत्कालै चिकित्सकसँग सल्लाह गरी देशका विभिन्न ठाउँमा रहेका एआरटी सेन्टरबाट औषधि सेवन गर्न पाइन थालेको छ । सरकारले एचआइभी संक्रमण भएको प्रमाणित भएका व्यक्तिलाई एआरटी उपचार दिन सुरु गरेको लामै समय भयो । तर, एचआइभी सर्ने जोखिमयुक्त काम गरेर संक्रमणको डर भएका व्यक्तिले पनि औषधि खान पाउने व्यवस्था सुरु भएको हालै मात्रै हो।
संसद्मा विचाराधीन चिकित्सा शिक्षा विधेयकमा डा. गोविन्द केसीले उठाएका विषय समेट्न प्रमुख प्रतिपक्षी एमाले र सत्ता साझेदार दल माओवादी केन्द्र तयार नभएपछि विधेयक पारित हुनेमा शंका उब्जिएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको सम्पूर्ण वातावरण बनिसकेकाले उच्चस्तरको सहमति कायम गरेर अघि बढ्न सरकार र राजनीतिक दलसँग आग्रह गरेका छन्।