मसानमा एकछाक
साँझको बर्कोमा सिँगारिंदा झन्झन् लोभलाग्दी देखिंदैछयौं तिमी । निधारहरु उज्याला बन्दै छन् । कुहिरोको खास्टो ओड्दा सुहागरातमा भेटिएकी दुलही बनिरहेछ्यौ तिमी । शीतलमा असाध्यै शीतल छ्यौ, तिमी । शान्तमा असाध्यै शान्त छ्यौ, तिमी । तिम्रो काखमा लडिबुडी गर्दा म प्रकृतिको सर्वोच्च आनन्द बटुल्दैछु ।