८ आश्विन २०८१ मंगलबार
image/svg+xml

विदेशी जेलका कामदारको उद्धार पहल गरिँदै

सामान्य कानुनी ज्ञान र भाषागत समस्याले दिनहुँ ठूलो संख्याका नेेपालीले गन्तव्य मुलुकका प्रहरी, प्रशासनको अनाहकमा यातना सहनु परेको गुनासो।

सहमतिका लागि कांग्रेसले पहल गर्ने

चुनाव बहिष्कार गरी आन्दोलनमा जाने घोषणा गरेको मधेसी मोर्चालाई मनाउन नेपाली कांग्रेसले फेरि एकपटक  पहल गर्ने भएको छ। मोर्चाका नेताहरूले पनि संविधान संशोधन नयाँ प्रस्ताव संसद्बाट पारित हुने सुनिश्चित भए सरकार र सत्तासीन दल कांग्रेसलगायतसँग छलफल गर्न सकिने बताएका छन्।

कोसी पीडितका समस्या समाधान गर्न पहल गर्छु: राष्ट्रपति भण्डारी

कोसी पूर्वको बस्तीका थुप्रै परिवार मुआब्जा होस् वा क्षतीपुर्तिको प्रतिक्षामा छन्। तिनै कोसी पीडितको समस्या समाधान गर्नका निम्ति राष्ट्रपति विद्यादेवी भण्डारीले सम्वन्धित निकायको ध्यानाकर्षण गराउने बचन दिएकी छन्।

नवलपरासीमा स्थानीय तह निर्वाचनको चहलपहल बढ्दै

सरकारले स्थानीय तहको निर्वाचन गर्ने तयारी गरिरहँदा नवलपरासीमा नगर तथा गाउँ क्षेत्रमा निर्वाचनको चहल पहल बढेको छ ।

मोर्चालाई फकाउन कांग्रेस पहल

नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता नलिन मधेसी मोर्चासँग पहल गर्ने भएको छ। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार पदाधिकारी, पूर्वपदाधिकारीका साथै मधेसबाट प्रतिनिधित्व गर्ने नेताहरूबीच भएको छलफलले संविधान संशोधन प्रस्ताव छिटो अघि बढाउन मोर्चासँग पहल गर्ने निष्कर्ष निकालेको हो।

संविधान संशोधन प्रस्तावलाई छिटो अघि बढाउन कांग्रेसले पहल गर्ने

नेपाली कांग्रेसले संविधानप्रति असन्तुष्ट मधेस केन्द्रीत दललाई सरकारबाट बाहिर जान नदिन पहल गर्ने भएको छ। पार्टी संसदीय दलको कार्यालय सिंहदबारमा शनिबार पदाधिकारी, पूर्व पदाधिकारीका साथै मधेसबाट प्रतिनिधित्व गर्ने नेताहरुसँगको छलफलले संविधान संशेधन प्रस्तावलाई छिटो अघि बढाउन पहल गर्ने निष्कर्ष निकालेको हो।

स्ववियु निर्वाचनले त्रिभुवन बहुमुखी क्याम्पसमा चहलपहल बढ्याे

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तालिकासहित आचारसंहिता जारी गरेसँगै जिल्लामा निर्वाचनको माहोल बढेको छ। जसका कारण त्रिभुवन बहुमुखी क्याम्पसमा विद्यार्थी चहलपहलले तीव्रता पाएको छ।

नेपाली उडान युरोपमा खुला गर्न पहल गर्छु : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रकाशशरण महतले 'युरोपेली आकाशमा नेपाली हवाई उडानमा लगाइएको प्रतिबन्ध' हटाउन युरोपेली युनियन (इयु) र सो सम्बद्ध सदस्य राष्ट्रका सरकारसँग छलफल गर्ने भएका छन्। इयु, बेल्जियम र लक्जेमबर्ग भ्रमणमा निस्कनुअघि उनले आफ्नो भ्रमणपछि नेपाली हवाई उडानमा युरोपमा लागेको प्रतिबन्ध हट्ने आशा व्यक्त गरे।

सेज स्थापनाका लागि पहल गर्छुः मन्त्री जोशी

–उद्योगमन्त्री नविन्द्रराज जोशीले छैटौं प्रदेशको विशेष आर्थिक क्षेत्र (सेज) सुर्खेतमा स्थापनाका लागि पहल गर्ने बताएका छन्। उनले सुगमता र अन्य प्रदेशका उद्योगहरुसँग प्रतिष्पर्धा गर्नका लागि पनि सुर्खेतमा उद्योग स्थापना हुनुपर्ने आफ्नो धारणा रहेको बताए।

दुई तिहाइ जुटाउन मोर्चाले पहल गर्ने

संविधान संशोधन विधेयकका पक्षमा दुईतिहाइ बहुमत पुर्‍याउन मधेसी मोर्चाले पहल गर्ने भएको छ। मोर्चासहित संघीय गठबन्धनको बुधबारको बैठकले यस्तो निर्णय गरेको हो। मोर्चाले बहुमत पुर्‍याउने वातावरण बनाउन सत्तासीन र विपक्षी दलका नेतासँग छलफल गर्ने भएको छ।

चितवनमा साहित्यिक चहलपहल

रचना सुनाउन जन्म दिन वा खास दिवस कुर्ने अवस्था अब रहेन । संघ–संस्थाको काम पनि दिवस कुरेर रचना बाचन गराउनेसम्म मात्रै सीमित रहेन । जुनसुकै समयमा छलफल अन्तक्र्रिया गर्ने, पुस्तक प्रकाशन र पुरस्कार वितरणसम्ममा यहाँका संघ–संस्था क्रियाशील छन् ।

अवैध स्वास्थ्य संस्था कानुनी दायरमा ल्याउन स्वास्थ्यमन्त्रीको पहल

देशभरमा आधा भन्दा बढी निजी स्वास्थ्य संस्थाहरू अवैध रुपमा सञ्चालन भैरहेको तथ्य फेला परेपछि नियमन गर्न स्वास्थ्यमन्त्री गगन थापाले पहल लिएका छन्। मन्त्री थापाले अवैध स्वास्थ्य संस्थालाइ कानुनी दायरामा ल्याउन नयाँ व्यवस्था लागू गरेका छन्।

सभामुखको पहलमा सात दलको बैठक जारी

सभामुख ओनसरी घर्तीको पहलमा संसदमा प्रनिनिधित्व गर्ने सात राजनीतिक दलको बैठक सुरु भएको छ। संसद भवन नयाँ बानेश्वरमा जारी बैठकमा संसदको जारी गतिरोध अन्त्य गर्ने विषयमा छलफल केन्द्रित छ। सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्ष एमालेसहितका विपक्षी दलले संसद अबरोध गर्दै आएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्