१० आश्विन २०८१ बिहीबार
image/svg+xml

सिमेन्ट बोकेको ट्रक त्रिशूलीमा खस्यो

बिरगंजबाट काभ्रेको बनेपातर्फ जाँदै गरेको सिमेन्ट बोकेको ट्रक टायर पड्किएर आफै अनियन्त्रित भई सडकबाट १०० मिटर तल त्रिशुली नदीमा खसेको धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए।

‘सल्लाहमै त्रिशूलीमा हेलियौं’

बाबुआमा नभएपछि नाबालक छोराहरु बिचल्लीमा पर्ने भएकाले उनीहरुसहित पतिपत्नी नदीमा हेलिएको बयान विनय लामिछाने दिएका छन्। परिवारका अन्य सदस्य गुमाएर आफू बाँचेकोमा उनले पछुतो मानेका छन्।

त्रिशूली नदी सफाइ गरी भ्रमण वर्षलाई स्वागत

‘धर्म, संस्कृति र सभ्यताको पहिचान, प्रदूषणमुक्त त्रिशूली नदी हाम्रो अभियान’ नारासहित ऐतिहासिक एवं धार्मिक त्रिशूली नदी सफाइ अभियान सुरु गरिएको छ।

त्रिशूलीमा सोझै फोहोर

चौबीसै घण्टा व्यस्त राजमार्ग वरपरका बजारबाट दैनिक रूपमा संकलन हुने फोहोर सीधै त्रिशूलीमा फाल्ने र प्लास्टिकलगायत फोहोर खुला ठाउँमा पोल्ने गरिँदै आएको छ, जसले गर्दा पृथ्वी राजमार्ग भएर यात्रा गर्ने यात्रुले दुर्गन्ध र प्रदूषणको सास्ती भोग्दै आइरहेका छन्।

माथिल्लो त्रिशूली ३ ‘बी’को प्रगति ४० प्रतिशत

रसुवा र नुवाकोट जिल्लामा निर्माणाधीन जनताको जलविद्युत् कार्यक्रम अन्तर्गतको माथिल्लो त्रिशूली ३बी जलविद्युत् आयोजनाको ४० प्रतिशत काम सकिएको छ । आयोजनाको प्रवद्र्धक कम्पनी त्रिशूली जलविद्युत् कम्पनीका अनुसार आयोजनाको तीन हजार आठ सय पाँच मिटर मुख्य सुरुङ(हेडरेस टनेल)मध्ये १४ सय मिटर खनिसकेको छ ।

निर्माणले गति लियो, ५२ प्रतिशत भौतिक प्रगति

चिलिमे त्रिशूली २२० केभी प्रसारण लाइन निर्माणले तीव्रता पाएको छ। जिल्लाको माथिल्लो क्षेत्रमा रहेका जलविद्युत् आयोजनाको निर्माणले गति लिएपछि प्रसारण लाइनलाई चाप परेको हो। चालु आर्थिक वर्ष ०७६÷७७ भित्र दुईवटा जलविद्युत् आयोजनाले उत्पादन सुरु गर्ने तयारी गरेका छन्। यो प्रसारण लाइन निर्माण नभएमा उत्पादन भएको विद्युत् खेर जाने छ। प्रसारण लाइनको ५२ प्रतिशत काम सकिएको छ।

ठूला आयोजनालाई प्रभाव नपार्ने गरी मुआब्जा लिन प्रधानमन्त्रीको आग्रह

रसुवा र नुवाकोटमा निर्माण भएको ६० मेघावाटको माथिल्लो त्रिशुली थ्री ए जलविद्युत आयोजनाको सोमबार प्रधानमन्त्री कार्यालयको एक्सन रुमबाट स्विच अन गरेर उद्घाटन गर्दै उनले विकास निर्माणको कामलाई सहज ढंगले अघि बढाउन पनि नागरिकहरुले ठूलो आयोजनाको जग्गाको मुआब्जाको मूल्य महंगो बनाउन नहुने पनि स्पष्ट पारे।

सोमबारदेखि व्यावसायिक उत्पादन

माथिल्लो त्रिशूली थ्रि ‘ए’ जलविद्युत् आयोजनाले आउँदो सोमबारदेखि व्यावसायिक उत्पादन सुरु गर्ने भएको छ। निर्माण सुरु भएको साढे आठ वर्षपछि आयोजनाले व्यावसायिक उत्पादन सुरु गर्न लागेको हो।

निर्माण कार्य ५५ प्रतिशत मात्र

राष्ट्रिय गौरवको आयोजनाको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक आयोजनाअन्तर्गत पर्ने गल्छी–त्रिशूली–मैलुङ सडकखण्डको भौतिक प्रगति ५५ प्रतिशत मात्र भएको छ ।

एक साताभित्र व्यावसायिक उत्पादन

माथिल्लो त्रिशूली थ्रि ‘ए’ जलविद्युत् आयोजनाले एक साताभित्र व्यवसायिक उत्पादन सुरु गर्ने भएको छ। निर्माण सु्रु भएको साढे आठ वर्षपछि आयोजनाले व्यावसायिक उत्पादन सुरु गर्न लागेको हो।

फोहोर सीधै त्रिशूलीमा

फोहरका कारण पृथ्वी राजमार्गका छेउछाउमा दुर्गन्ध बढ्दै गएको छ। गजुरी, बेनीघाट रोराङ, गल्छी, थाक्रे गाउँपालिका र धुनीबेसी नगरपालिकाले राजमार्गलाई नै डम्पिङ साइट बनाएका छन्।

४५ प्रतिशत भौतिक प्रगति

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माणको ४५ प्रतिशत भौतिक प्रगति भएको छ। आयोजनाका अनुसार अहिले प्रसारण लाइनको डिजाइनको काम अन्तिम चरणमा पुगेको छ। जिल्लाको हाकु र तिरुमा १५ वटा टावरको एक्काभेसनको काम सकिएको छ।

बुढाबुढी टिपरमा, हिँडनसक्ने जंगलतिर भागे

टिमुरेस्थित रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत ४५ जनाभन्दा बढी कामदार पनि क्याप्प छाडेर बाहिर निस्किएका थिए। नदीमा ठूलो बाढी आएको र कुनै पनि समय क्याम्पमा क्षति पुग्ने खतरा देखिएपछि उनीहरू सुरक्षित स्थानतिर गएका थिए।

रसुवागढी नाका जाेड्ने सडककाे बजेट स्वीकृत

रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ स्याफ्रु सडकको स्तरोन्नतिका लागि अर्थ मन्त्रालयले बजेट स्वीकृत गरेको छ।

नौ शव आफन्तलाई जिम्मा, एकको सनाखत बाँकी

मलंगवाबाट चालकसहित ४५ जना यात्रु बोकेर काठमाडौं आइरहेको ना६ख ७६६९ नम्बरको बस धादिङको सलाङघाटमा दुर्घटना हुँदा बेपत्ता १९ जनाको शव अझै भेटिएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्