१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

सिमेन्ट बोकेको ट्रक त्रिशूलीमा खस्यो

धादिङ - त्रिशूली नदीमा ट्रक खस्दा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्।  धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ९ को ज्यामिरेघाटबाट आइतबार बिहानी ना ५ ख ३७७७ नम्बरको सिमेन्ट बोकेको ट्रक त्रिशूलीमा खसेको हो। बिरगंजबाट काभ्रेको बनेपातर्फ जाँदै गरेको सिमेन्ट बोकेको ट्रक टायर पड्किएर आफै अनियन्त्रित भई सडकबाट १०० मिटर तल त्रिशुली नदीमा खसेको धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए।

 दुर्घटनामा मृत्यु हुनेमा ट्रक चालक मकवानपुर भिमफेदी गाउँपालिका वडा न २ भैसे बस्ने ४६ बर्षका बिखे थोकर रहेका छन्। दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा मृत्यु भएको हो। दुर्घटनामा ट्रकका सहचालक सप्तरी रुपनगर बस्ने १८ बर्षका राजेश बिक घाइते छन्।

प्रकाशित: ११ फाल्गुन २०७६ ०६:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App