११ मंसिर २०८१ मंगलबार
image/svg+xml

धनकुटा युवाहरूले बनाए बाँदर धपाउने यन्त्र

जंगली जनावर बाँदरले बालीनाली खाएर सखाप पार्न थालेपछि धनकुटाको पाख्रीबास नगरपालिकाका यूवाहरूले जुक्ती निकाल्दै बाँदर धपाउने ‘बाँदरे तोप’ बनाएका छन्। पाख्रीबास नगरपालिका–१ सान्नेका चार जना यूवाले बाँदर धपाउने तोप यन्त्र बनाएका हुन्। गोपाल थापा, दिपक अधिकारी, मजनुदिन खान र मनिषा थापाले बाँदर धपाउने तोप यन्त्र बनाएका हुन्।

बाँदर धपाएरै जान्छ किसानको दिनचर्या

बाँदर धपाउने क्रममा कतिले भिरबाट लडेर ज्यानै गुमाउनुपर्ने विवशतासमेत स्थानीयवासीको छ। बिहान ५ देखि बेलुका ७ बजेसम्म बागलुङ नगरपालिका–४ कुँडुले, छापा, फेदी तथा दारेगौडाका किसान बाँदर हेर्नुपर्ने बाध्याता छ।

हरेक वर्ष सम्झिन्छन् बाँदरमुढे घटना

१५ वर्षअघि जेठ २३ मा भएको चितवन बाँदरमुढे घटनाका पीडित हरेक वर्ष तत्कालीन घटना सम्झन्छन् । पीडित परिवार अझैसम्म न्यायका लागि प्रतीक्षा गरिरहेका छन् ।

बाँदर आतंक : खोरमा थुन्न माग

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानले तारजालीको खोरमा बाँदरलाई थुन्ने व्यवस्थाको माग गरेका छन्। बाँदरको बढ्दो संख्याका कारण अन्नबाली जोगाउन मुस्किल परेको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानका किसानले बाँदरलाई नियन्त्रणमा लिएर तारजालीको खोरमा थुनेर राख्ने र त्यही दानापानी दिने व्यवस्थाका लागि स्थानीय सरकारलाई गुहारेका हुन्।

बाँदरको पनि परिवार नियोजन !

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगनरपालिकाका किसानले बाँदर आतंक नियन्त्रणका लागि बाँदरको ‘परिवार नियोजन’को माग गरेका छन्। बाँदरको बढ्दो संख्याका कारण अन्नबाली जोगाउन मुस्किल परेको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानका किसानले मेयर दिपनारायण रिजाललाई ज्ञापनपत्र बुझाउँदै बाँदरको परिवार नियोजनको माग गरेका हुन्।

बाँदर आतंकले घट्दै खाद्य उत्पादन

जिल्लामा खाद्य उत्पादन घट्दै गएको छ। खेती योग्य जमिन बाँझो, जंगली जनावरको आतंकले खाद्य उत्पादन घटेपछि जिल्लामा खाद्य संकट कायम रहेको छ।

बाँदर नियन्त्रण गर्न बजेट विनियोजन

खाँदबारी नगरपालिकाले नगरभित्रका बाँदर नियन्त्रण गर्न बजेट विनियोजन गरेको छ। नगरपालिकाका सबैजसो वडामा बाँदरको बिगबिगी बढेपछि त्यसलाई नियन्त्रण गर्न नगरसभामार्फत नै बजेट विनियोजन गरिएको हो।

बाँदर मार्न बोकेको बन्दुक पड्किँदा किशोरको मृत्यु

बाँदर मार्न बोकेको भरुवा बन्दुक पड्केर लाग्दा एक किशोरको ज्यान गएको छ। मोलुङ्ग गाउँपालिका–३ को थुम्की जंगलमा बाँदर मार्न बोकेको भरुवा बन्दुक पड्किदा अष्ट बहादुर तामाङका १७ वर्षिय छोरा लालमान तामाङको ज्यान गएको हो।

उपमहानगरभित्रै बाँदर आतङ्क

पहाडी क्षेत्रका बस्तीहरुमा बाँदरले सास्ती दिएका समाचार पढेका नेपालगञ्जवासीले केही दिनदेखि बाँदरको सास्ती भोग्दै आएका छन्। नेपालगञ्ज उपमहानगरपालिका–१६ स्थित जयसपुरमा बाँदरले आतङ्क मच्चाएका छन्।

बाँदरबाट अन्न जोगाउन धौधौ

खेतमा आएका बाँदरले भटमास खाने मात्र नभै धान पनि नोक्सानी पुर्याउने गरेको पोखरा महानगरपालिका–२९ पटनेरीका कृषक बताउँछन्।

बाँदर आतङ्कले खेतबारी बाँझै

बैतडी सदरमुकाम क्षेत्रमा विगत केही वर्षदेखि बाँदरले आतङ्क फैलाउँदै आएको छ। खेतबारीमा काम गर्ने महिला तथा विद्यालय जाने बालबालिकालाई आक्रमण गरी घाइते बनाउनाका साथै खेतबारीमा लगाएको अन्नबाली, फलफूल र घरभित्र पकाएर राखेको खानासमेत बाँदरले खाने गरेको छ।

बाँदर धपाउन १० लाख

बाँदरले आतंक मच्चाएपछि दशरथचन्द नगरपालिका ५ ले बाँदर धपाउन १० लाख रुपैयाँ छुट्याएको छ। ७ वर्षयता सदरमुकाम आसपासमा बाँदरले बालीनाली, घरभित्रको अन्न, सागपात, फलफूल खानदेखि स्थानीयलाई आक्रमण गर्न थालेपछि वडाले यो आर्थिक वर्ष बजेट छुट्याएर बाँदर नियन्त्रण गर्ने बताइएको छ। गत वर्ष पनि बाँदर नियन्त्रणको लागि विशेषज्ञको टोली ल्याएर मानव र बाँदरबीचको द्वन्द्व न्यूनीकरण सम्बन्धी अन्तरक्रिया गरेको गर्नुका साथै स्थानीय मिलेर बाँदर धपाउने प्रयास गरेका थिए।

जनावरको बिगबिगीले किसान आजित

बाँदर र बँदेलले दुःख दिन थालेपछि छेउछाउका बारी किसानले बाँझै राख्ने गरेका छन्। ‘खेत बाँझै छ, बाली लगाएर के गर्ने ? बाँदरलाई नै ठिक्क हुन्छ,’ स्थानीय भन्छन्,

शङ्ख फुके पनि जोगिएनन् मकै

सुन्दा अनौठो लाग्छ, पोखरा महानगरपालिका वडा नं ३३ को आँगेटारी, नाङ्गे चौर, गैडाँडा, कइनथान लगायतका क्षेत्रका मकै बारीमा शङ्ख बज्न थालेको दुई महिना भइसकेको छ।

पीडितलाई आश्वासन मात्रै

माडी नगरपालिका–८ कान्तिपुरस्थित बाह्रघरेका ३९ वर्षीय राजु प्रजा बाँदरमुढे घटनाका पीडित हुन्। घटनामा उनले बुबा सुनबहादुर र बहिनी मीनालाई गुमाए। बहिनीको हातको खिल जँचाउन र आफ्नो नागरिकता बनाउन भन्दै उनी बुवासँग बिहानै घरबाट हिँडेका थिए। बसमा भीडभाड भएपछि उनी छतमा चढे। बस बम विस्फोटमा पर्दा उनी हुत्तिएर पर पुगे। बहिनी र बुबाको घटनास्थलमै मृत्यु भयो। उनको ढाडमा चोट लाग्यो। घटनापछि अति डराएका उनी राम्रोसँग उपचारै नगरी घर आए। ढाडको चोटलाई सामान्य ठाने। ऐलानी जग्गामा बसोबास गर्दै आएको परिवारको जीविकोपार्जन गर्ने जिम्मेवारी उनकै काँधमा थियो। अरू उपाय नभएपछि बिदेसिन बाध्य भए। घटनाको चार महिनामै बिदेसिएका उनी ढाडको चोटका कारण एक वर्षभन्दा बढी टिक्न सकेनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्