५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

धनकुटा युवाहरूले बनाए बाँदर धपाउने यन्त्र

जंगली जनावर बाँदरले बालीनाली खाएर सखाप पार्न थालेपछि धनकुटाको पाख्रीबास नगरपालिकाका यूवाहरूले जुक्ती निकाल्दै बाँदर धपाउने ‘बाँदरे तोप’ बनाएका छन्। पाख्रीबास नगरपालिका–१ सान्नेका चार जना यूवाले बाँदर धपाउने तोप यन्त्र बनाएका हुन्। गोपाल थापा, दिपक अधिकारी, मजनुदिन खान र मनिषा थापाले बाँदर धपाउने तोप यन्त्र बनाएका हुन्।

गएको एक हप्ता देखि यो यन्त्र बनाउन थालेका उनीहरूले अहिलेसम्म २० थान बनाएको बताएका छन्। बनाईएको सबै यन्त्र बिक्री भइसकेको गोपाल थापाले बताए । धनकुटा नगरपालिकाको भीरगाँउ, ओख्रे र तेह्रथुम जिल्लाको केही गाउँमा किसानले लगेका छन्। यो यन्त्रको प्रतिगोटा दुई हजार पाँच सय रुपैया रहेको छ ।  

यो यन्त्र पाइप, लिक्विड, कार्वन लगायतका सामाग्रीबाट वन्ने थापाले बताए । ठुलो आवाज निस्किने भएकाले वाँदर, दुम्सि, सलह धपाउन मिल्ने जनाएको छ ।

प्रकाशित: २२ असार २०७७ ११:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App