७ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रदेश सरकारले बेरोजगारलाई उद्यम गर्न बिना धितो कर्जा दिने

सुदूरपश्चिम प्रदेशको शुक्रवार बसेको मन्त्रिपरिषदको बैठकले विपन्न वर्ग र बेरोजगारलाई उद्यममा संलग्न गराउन तयार पारेको सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोष सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७५ लाई संसदमा पठाउन स्वीकृति प्रदान गरेको छ। यो बिधेयक पास भएपछि विपन्न, पछाडी परेका समुदाय र बेरोजगार जो कोहीले पनि उद्यम, व्यवसाय र सीपमुलक काम गर्न नागरिकताको प्रमाणपत्र वा शैक्षिक प्रमाणपत्रका आधारमा बिना धितो अत्यन्त सस्तो ब्याजमा कर्जा पाउने आन्तरिक मामिला तथा योजना मन्त्री झपट बोहराले बताएका छन्।

बेरोजगार युवाको २५ करोड डुब्ने अवस्थामा

नेपाल र मलेसियाको सरकारबीच कामदार लैजाने प्रक्रियाको भेन्डरमा देखिएको विवाद समाधान नहुँदा गरिब नेपालीको करिब २५ करोड रुपैयाँ डुब्ने अवस्थामा पुगेको छ।

बेरोजगार उत्पादन गर्ने विज्ञान नीति

दुई दशक अघिसम्म नेपालमा विज्ञान तथा प्रविधिका अनुसन्धानमा अति दक्ष जनशक्तिको निकै ठूलो अभाव थियो। सन् २००० पश्चात् विदेशमा पिएचडी गर्न जाने नेपालीमा लहर नै आयो। फलस्वरूप हाल नेपालमा विज्ञान तथा प्रविधिका क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान गर्न सक्ने जनशक्तिको कमी छ जस्तो लाग्दैन। तर कमी छ त केवल राष्ट्रिय नीति, लगानी, कार्य योजना र साधन स्रोतको।

यस्तो छ प्रधानमन्त्री रोजगार कार्यक्रम, बेरोजगार र निर्वाह भत्ता पाइने

सरकारले ल्याउन लागेको प्रधानमन्त्री रोजगार कार्यक्रममा बेरोजगार र निर्वाह भत्ता पाइने भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री रोजगार कार्यक्रमबारे जानकारी गराएका छन्।

प्रधानमन्त्री रोजगार कार्यक्रम फागुन १ बाट

स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्ने र रोजगारी नपाउनेलाई बेरोजगार भत्ता दिइने योजनाका साथ अर्को साता प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा आउने भएको छ। चालु आर्थिक वर्षको बजेटमा सरकारले घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यान्वयनमा ल्याउन लागेको हो।

मिस वर्ल्ड प्रतिस्पर्धी श्रृंखलाले भनिन्, ‘हाम्रो देशको ठूलो समस्या बेरोजगारी’

मिस नेपाल श्रृंखला खतिवडाले देशको प्रमुख समस्या बेरोजगारी भएको बताएकी छिन्। चीनमा जारी मिस वल्र्ड प्रतियोगिताकी प्रतिस्पर्धी रहेकी खतिवडाले ‘हेड टु हेड च्यालेञ्ज’मा छनोटका लागि सोधिएको प्रश्नमा नेपालको ठूलो समस्या बेरोजगारी भएको र पर्यटनका माध्यमबाट यसको अन्त्य गर्न सकिने बताएकी हुन्।

अब बेरोजगारलाई काम दिन नसके भत्ता

परिवारका सबैजना सदस्य बेरोजगार भएमा सरकारले सकेसम्म काम नसके निर्वाह भत्ता दिने भएको छ । जागिर नभएकालाई सरकारले क्षमताअनुसार काम र नसकेमा बेरोजगार भत्ता दिनुपर्नेछ।

युवा बेरोजगार भत्ता व्यवस्थाको माग गर्दै नेविसंघ

युवा बेरोजगार भत्ता व्यवस्थाको माग गर्दै नेपाल विद्यार्थी संघले प्रधानमन्त्री शेरबहादुर देउवासामु आठ बुँदे ज्ञापन पत्र बुझाएका छन् । सोमबार नेविसंघका अध्यक्ष नैनसिंह महरको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर संविधान–२०७२ को भाग ३ को धारा ३५ ले व्यवस्था गरेको मौलिक हकअन्तर्गत नियमित विद्यार्थीलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्न माग गरेको हो ।

‘फाटेको जुत्ता’ मा बेरोजगार सौगात

सौगात मल्ल र प्रियंका कार्कीको मुख्य भूमिका रहने ‘फाटेको जुत्ता’को मुहुर्त गरिएको छ । बिहीबार भैंसेपाटीको कार्यविनायकमा पूजा गर्दै फिल्म घोषणा गरिएको हो । बेरोजगार युवालाई  फाटेको जुत्तासँग तुलना गर्दै तयार भएको फिल्मको समारोहमा सौगात र प्रियंकाले मुहुर्त सट दिएका थिए । मधेशको परिवेशमा निर्माण हुने फिल्ममा सौगात र प्रियंका दुवै मधेशी चरित्रमा देखिनेछन् ।

कृषिको व्यवसायीकरणबाट मात्र बेरोजगारी अन्त्यः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले कृषिको आधुनिकीकरण र व्यवसायीकरणबाट मात्रै बेरोजगारी समस्या समाधान गर्न सकिने बताएका छन् ।

१९.२ प्रतिशत युवा पूर्ण बेरोजगार

सरकारले एक वर्षअघि ‘राष्ट्रिय युवा नीति–२०७२’ स्वीकृत गरी त्यसका आधारमा युथ विभजन –२०२५ ल्याएपनि कार्यन्वयनमा अझै आउन नसकेको कारण देशमा हाल १९ प्रतिशत युवाहरु पूर्ण बेरोजगार रहेका छन्। युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको छलफलमा उपसचिव महेन्द्र पौडेलले नीतिमा युवाहरुलाई लक्षित गरी सुवर्ण कार्यक्रमहरु तय गरिएर १० वर्षे रणनीतिक योजना तय गरिएको भएपनि कार्यन्वयनमा नआउँदा युवाहरुलाई वेरोजगारीको समाना गर्नु परेको जनाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्