काठमाडौं– सरकारले बेरोजगार युवालाई ७ लाख रुपैयाँ ऋण दिने घोषणा गरेको छ।
अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेटमा बेरोजगार युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याजदरमा ७ लाख रुपैयाँसम्म ऋण दिने उल्लेख छ।
युवालार्इ स्वरोजगार बनाउन यो कार्यक्रम ल्याइएको अर्थमन्त्री खतिवडाले बताए।
प्रकाशित: १५ जेष्ठ २०७५ १०:२१ मंगलबार