२० वैशाख २०८१ बिहीबार
image/svg+xml

अस्ट्रियामा नेपाली चित्रकला प्रदर्शनी

नेपाली कलाकारिताको सम्मान साथै नेपालीपन झल्केका कलालाई स्वदेशदेखि विदेशसम्म चिनाउने लक्ष्यले अस्ट्रियास्थित भिएना सहरको बेल्ट म्युजियममा ३२ जना नेपाली चित्रकारको कला प्रदर्शनी भइरहेको छ। प्रदर्शनीमा मिथिला चित्रकला, आधुनिक तथा समसामयिक चित्रकला, पौवा चित्रकला, सेरामिक्स स्कप्चर र फोटोग्राफीलाई समेटिएको छ।

क्यानभासमा महिला संघर्षको कथा

ठमेलस्थित दलाई–ला बुटिक आर्टको भित्तामा महिलाको विभिन्न आकृतिका चित्रहरू झुन्डाइएका छन्। सेतो, हरियो र रातो रंगको प्रयोग गरेर तयार गरिएका ती चित्रमार्फत महिलाको विभिन्न भावहरू प्रस्तुति गरिएको छन्।

क्यानभासमा चार देशका कला

दिनँहू घरायसी कामकाजमा जुटिरहने महिलाहरूको जीवनशैली झल्काउने चित्रकला नक्सालस्थित ललितकला प्रज्ञा प्रतिष्ठानको कक्षमा आयोजित चार देशका कलाकारहरू सहभागी ‘एमिटी’ नामक अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा राखिएको छ।

'कलापुञ्ज'मा आधुनिक चित्रकला

पानी रंगको प्रयोग गरेर चित्रकार टार्जन साङ्पाङले तयार बनाएको चित्रकला प्रदर्शनीमा राखिएका छन्। त्यस्तै वन्यजन्तु संरक्षणबारे जनचेतना फैलाउन चित्रकार हिम पौडेलले डाँफे, गिद्ध र मयूर लगायतका पंक्षीको चित्रहरू क्यानभासमा उतारेका छन्।

क्यानभासमा मीनाको ‘हिरा’

राजधानीको होटल अन्नपूर्णमा विभिन्न चराहरूका चित्रकला प्रदर्शनी भएका छन्। चित्रकार मीरा डंगोलको ‘हिरा’ नामक एकल चित्रकला प्रदर्शनीमा लाटोकोसेरोको विभिन्न ३५ वटा चित्रहरू समावेश गरिएका थिए।

देशभरका चराहरुकाे चित्रकला भक्तपुरमा

देशभरका चराहरु सोमबार भक्तपुरमा भेटिएका छन्। नेपालमा पाइने तथा अन्य विभिन्न मुलुकहरुबाट अस्थायी रुपमा आई केही समय नेपालमा वस्न आउने विभिन्न चराहरु देखिएका हुन्। जीवित चराहरु नभई चित्रमा रहेका चराहरु देखिएका हुन्।

चित्रमा युगल जोडीको प्रेम

चित्रकार सबिता डंगोलको एकल चित्रकला प्रदर्शनी सुरू भइरहेको छ। उनको पाचौं ‘इम्ब्रासेस’ नामक एकल चित्रकला प्रदर्शनी पाटनस्थित ईमेज आर्क ग्यालरीमा प्रदर्शन भइरहेको छ।

पौभाका चम्किला तारा

नेपाल आर्ट काउन्सिल बबरमहल, काठमाडौंमा ललितकला प्रदर्शनी चलिरहेको छ। त्यसको भुइँतलामा कलाकार रवि श्रेष्ठको एउटा पौभा चित्र प्रदर्शित छ।

क्यानभासमा राेशन विककाे मन्दिर काष्ठकला

चित्रकार रोशन विकको एकल चित्रकला प्रदर्शनी सुरु भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान (नाफा)का कुलपति केके कर्माचार्यले बिहीबार राजधानीको लाजिम्पाटस्थित अरूपण आर्ट ग्यालरीमा ‘उडन रिफ्लेक्सन’ नामक वाटरकलर चित्रकला प्रदर्शनी शुभारम्भ गरे।

मिथिलाको प्रतिबिम्ब चित्रकलामा

चित्रकार रन्जु यादवको एकल चित्रकला प्रदर्शनी शुक्रबार समापन भएको छ। बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा ७ दिन सम्म चलेको प्रदर्शनीमा मिथिलाको वास्तविकतालाई चित्रकार यादवले २९ चित्रका माध्यमबाट प्रस्तुत गरेकी थिइन्।

न्युड आर्टमा दर्शकको घुइँचो

न्युड आर्टमा सक्रिय भएर नेपालमा काम गर्ने कलाकारहरू कम छन्। करिब दुई दशकदेखि यस विधामा चित्रहरू कोरिरहेका कलाकार कपिलमणि दीक्षितको एकल चित्रकला प्रदर्शनी ललितपुरको चाकुपाटस्थित ग्यालरी एमक्युबमा भइरहेको छ। ‘५०० न्युड्स’ नामक १५ औं चित्रकला प्रदर्शनीमा उनले मानिसहरूको दैनिक जीवनका विभिन्न गतिविधि, हाउभाउ र अवस्थालाई सिरिजमार्फत प्रस्तुत गरेका छन्।

उज्जैनमा नेपाली कला प्रदर्शनी

कालीदास र राजा विक्रमादित्यको सहर भनेर चिनिने भारतको उत्तर प्रदेशको ऐतिहासिक सहर उज्जैनमा नेपाली कलाकारहरूले चित्रकला प्रदर्शनी गरेका छन्। नेपालबाट त्यहाँ पुगेका नौजना कलाकारहरूको समूहले आफुसँगै लिएर गएका आफ्ना तथा अन्य कलाकारहरूले सिर्जनालाई उज्जैनको क्लब फनकार आर्ट ग्यालरीमा प्रदर्शन गरेका हुन्।

ग्यालरीको विकल्प होटल तथा रेस्टुरेन्टको स्पेस

राजधानीमा भएका आर्ट ग्यालरीहरूमा हरेक दिनजस्तो चित्रकला प्रदर्शनी र विभिन्न गतिविधि हुने क्रम बढ्दो छ। आफ्नो चित्रकला आर्ट ग्यालरीमा प्रदर्शन गर्न महिनौं पर्खनुपर्ने स्थिति सिर्जना भएपछि कलाकारहरूले नयाँ विकल्पका रूपमा होटल र रेस्टुरेन्टमा चित्रकला प्रदर्शनी गर्न थालेका छन्।  हालै चित्रकार विधाता केसीले ठमेलस्थित दलाई–ला बुटिक होटलमा सञ्चालन गर्न ल्याएको दलाई–ला आर्ट स्पेसमा आफ्नो एकल चित्रकला प्रदर्शनी गरेकी थिइन्। उनले त्यसअघि ललितपुरको जिजि मचानमा एकल चित्रकला प्रदर्शनी गरेकी थिइन्।

चित्रमा वीरका कथा

संघीय नेपालको अवधारणामा नेपाल अघि बढ्दै गर्दा इतिहासमा सिंगो नेपाल बनाउन योगदान गर्ने वीरहरूको सम्झना चित्रकला प्रदर्शनी सुरु भएको छ।

मूर्ति कुँदेरै मालामाल

सानैदेखि चित्र कोर्नमा सौखिन पर्वत कुश्माको गोदामका प्रकाश नेपाली आठ वर्षदेखि व्यावसायिक रूपमा चित्र कोर्न र मूर्ति कुद्नमा व्यस्त छन् । मूर्ति र चित्रमा कोरेको कलाबाटै उनी र उनको परिवार धानिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्