१८ वैशाख २०८१ मंगलबार
image/svg+xml

वास्तुकलाको विकासक्रममा अरनिको

कलाकार अरनिकोको वास्तुकलाले क्रमभंगको विकासवादी मान्यतालाई आत्मसात् गर्दै विश्व वास्तुकलाको परिवेशमा नौलो आयाम थपेको छ।

मन्दिरैमन्दिरको गाउँ पिठातोला

बझाङमा सयौं त्यस्ता तीर्थस्थल र पर्यटकीयस्थल छन्। त्यसैमध्ये एउटा सानो टोल छ, पिठातोला। जहाँ प्रशस्त मठमन्दिर र पाटीपौवा भेटिन्छन्।

भक्तपुरको नैचालमा बुद्ध मूर्ति स्थापनाको तयारी

भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नं ८ गुम्वाडाँंडा नैचालमा झन्डै दुई सय घरधुरीहरू रहेका छन्।

छठका लागि भूवनेश्वरी मन्दिरमा सरसफाइ

करिब डेढ दशकदेखि यस मन्दिर क्षेत्रमा छठ पर्वका दिन व्रतालुले पूजा गर्ने तथा नदीबाट सूर्यलाई अघ्र्य चढाउने गर्दै आएका छन्।

कहीँ नभएको जात्रा हाँडी गाउँमा

अरू जात्रा गर्ने खटमा माथि गजुर त्यसपछि छाना या शिखर शैलीको रथ अथवा प्यागोडा शैली हुन्छ। त्यसमुनि देवता राखिन्छ । यहाँ भने त्यसो नगरी गजुर मुनि राखिन्छ।

दिल्लीका धार्मिकस्थल तथा मठमन्दिरहरु आजबाट खुले

गएको करिब साढे दुई महिनासम्म बन्द रहेका भारतको दिल्ली राज्यका धार्मिकस्थलहरुका साथै मठमन्दिरहरु आजदेखि खुलेका छन्। भारत सरकारले आजदेखि यहाँका मन्दिरहरु खुल्ने भनी जानकारी दिएको छ।

कारबाहीबाट बच्न नेताको शरणमा

मठमन्दिरको अर्बौं रुपैयाँ पर्ने जमिन बिक्री गरेको आरोप लागेका महोत्तरीको लक्ष्मीनारायण मठमटिहानीका मानमहन्त जगन्नाथ दास वैष्णव कारबाही प्रक्रियाबाट जोगिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालको शरणमा पुगेका छन्।

महन्त निलम्बित, छानबिन सुरु

विभिन्न मठमन्दिरका अर्बौं रुपैयाँ पर्ने जग्गा आफ्नो स्वामित्वमा ल्याएर बेचेको आरोप लागेका महोत्तरीको लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्त जगन्नाथ दास वैष्णवलाई गुठी संस्थानले निलम्बन गरेर छानबिन सुरु गरेको छ। जगन्नाथले सरकारी जग्गा बिक्री गरेर दुरुपयोग गरेको आरोप लागेपछि छानबिनका लागि निलम्बन गरिएको संस्थानका अध्यक्ष मीनराज चौधरीले बताए। ‘विभिन्न जिल्लामा जग्गा बिक्री गरेको सञ्चारमाध्यमबाट थाहा पाएपछि जगन्नाथलाई निलम्बन गरेका छौं,’ चौधरीले मंगलबार नागरिकसँग भने, ‘जग्गा बिक्रीको विषयमा छानबिन गरेर कारबाही गर्छौं।’

महन्तले बेचे मठमन्दिरकाे जग्गा

एक महन्तले गुठी संस्थानअन्तर्गत विभिन्न मठ मन्दिरका अर्बौं रुपैयाँ पर्ने जग्गा आफ्नो स्वामित्वमा ल्याएर बेचेको तथ्य फेला परेको छ। महोत्तरी महिटानी गाविस स्थायी घर भएका लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्त जगन्नाथ दास वैष्णवले सबा तीन अर्ब रुपैयाँभन्दा बढीको सरकारी जमिन बिक्री गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्