१९ आश्विन २०८१ शनिबार
image/svg+xml

बीमा कम्पनीले माग्यो प्रमुख कार्यकारी अधिकृत

राष्ट्रिय बीमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ।

रकम नदिने बीमा कम्पनीलाई लिखित जवाफ पेश गर्न अदालतको आदेश

सर्वसाधारणलाई बीमा रकम नदिने कम्पनीलाई अदालतले लिखित जवाफ पेश गर्न आदेश गरेको छ। बीमा कम्पनीहरुले सर्वसाधारणलाई ‘कोभिड बीमा रकम’ दिनुपर्ने माग गर्दै नेपालगन्जका कानुन व्यवसायीले सोमबार उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा रिट निवेदन दायर गरेका थिए।

भुक्तानी दाबी गरेका बीमितलाई एक हप्ताभित्र रकम दिइने

बीमा समितिबाट जारी गरिएको बीमालेखअनुसार कोरोना बीमा दाबी गरेका बिमितहरुको पिसिआर परीक्षण प्रतिवेदन ‘पोजिटिभ’ प्रमाणित भएपछि बीमालेख बमोजिम प्रदान गरिने बीमाङ्क रकम भुक्तानी दाबी गरेका सबै बिमितहरुलाई सम्बन्धित बीमा कम्पनीले एक हप्ताभित्र भुक्तानी दिने भएका छन्।

राष्ट्रिय बीमा कम्पनीद्वारा सडक निर्माण बीमा दाबी भुक्तानी

सरकारी मातहतमा रहेको राष्ट्रिय बीमा कम्पनीले ४६ लाख ८३ हजार रुपैयाँ सडक निर्माण बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले जनकपुर सडकको निमार्ण कार्य क्षति दाबी बापत उक्त रकम भुक्तानी गरेको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत डिल्लीराज अर्यालले सम्बन्धित कम्पनीका प्रतिनिधिलाई उक्त रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

बीमा कम्पनीद्वारा ९२ अर्ब १७ करोड बीमाशुल्क आर्जन

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म जीवन तथा निर्जीवन बीमा कम्पनीले करिब ९२ अर्ब १७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

लकडाउनमा बीमा कम्पनीले कर्मचारी हटाउन नपाउँने

जीवन तथा निर्जीवन बीमा कम्पनीको नियामक निकाय बीमा समितीले लकडाउनका अवधीमा कार्यरत कर्मचारी नहटाउन निर्देशन दिएको छ । जीवन तथा निर्जीवन बीमा कम्पनीले लम्वेतान लकडाउनका कारण कम्पनीको खर्च कटौती गर्नै कर्मचारी हटाउँन सूरु गरेपछि सबै कम्पनीलाई कर्मचारी नहटाउन निर्दैशन दिएको समितीका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

बीमा कोषको रकम बैंकमा राख्न अनुमती लिनु नपर्ने

बीमा कम्पनीलाई आफ्नो ‘टेक्निकल रिजर्भ’ कोषको रकम वाणिज्य बैंकमा राख्न बीमा समितीको अनुमती लिनु नपर्ने भएको छ । यसअघि बैंकमा रकम जम्मा गर्दा नियामक निकाय बीमा समितीको स्वीकृती लिनु पर्ने व्यवस्था रहेकोमा आईतबार एक निर्देशन जारी गर्दै समितीले अब आफुखुसी क वर्गका वाणिज्य बैंकमा रकम राख्न अनुमती दिएको हो ।

जीवन बीमा कमिसन सात अर्ब

मुलुकका १९ जीवन बीमा कम्पनीले करिब सात अर्ब २६ करोड ८४ लाख रुपैयाँ बीमा अभिकर्ता कमिसन वितरण गरेका छन् । बीमा कम्पनीहरुले प्रकासित गरेको चालु आर्थिक वर्ष ०७६/०७७ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार सो अवधीमा करिब डेढ लाख जना जीवन बीमा अभिकर्तालाई उक्त बीमा अभिकर्ता कमिसन रकम दिएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्