६ आश्विन २०८१ आइतबार
image/svg+xml

आदेशलगत्तै सुमार्गीले निकाले साढे २ अर्ब

व्यवसायी अजेयराज सुमार्गीले आफ्नो खातामा रोकिएको साढे २ अर्बभन्दा बढी रुपैयाँ निकालेका छन्। सर्वोच्च अदालतले सुमार्गीको खातामा विदेशबाट जम्मा भएको रकम भुक्तानी रोक्का नगर्न आदेश दिएपछि इन्भेस्टमेन्ट बैंकमा रहेको रकम उनले निकालेका हुन्।

नजिरविपरीत क्यासिनोलाई सर्वोच्चको अन्तरिम

सर्वोच्च अदालतले क्यासिनो सञ्चालन विवादमा आफैँले प्रतिपादन गरेको सिद्धान्त (नजिर) विपरीत क्यासिनो कम्पनीका पक्षमा अन्तरिम आदेश जारी गरेको पाइएको छ।

सुमार्गीको रकम फुक्का आदेश : सरकार ‘भ्याकेट’मा जान सक्छ ?

सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीको खातामा विदेशबाट जम्मा भएको रकम भुक्तानी रोक्का नगर्न नेपाल राष्ट्र बैंकलाई दिएको आदेश विरुद्ध ‘भ्याकेट’ मा सर्वोच्च अदालतमै निवेदन लिएर जाने विषयमा महान्यायाधीवक्ताको कार्यालयले परामर्श गरिरहेको छ।

‘जलवायु परिवर्तनको ऐन बनाएर कार्यान्वयन गर’

सर्वोच्च अदालतले जलवायु परिवर्तनले नेपालमा असर पुगेको भन्दै तत्काल ऐनको बनाएर कार्यान्वयन गर्न सरकारका नाममा आदेश जारी गरेको छ। प्रधान न्यायाधीश ओमप्रकाश मिश्र र श तेजबहादुर केसीको संयुक्त इजलासले सरकारलाई तुरुन्तै ऐन बनाएर कार्यान्वयन गर्न परमादेश जारी गरेको हो।

अन्तरिम आदेशबाटै फैसला ?

पछिल्लो कालमा न्यायालयको असाधारण क्षेत्राधिकारअन्तर्गत पर्ने रिट निवेदनको सुनुवाइका क्रममा अन्तरिम आदेशबाटै फैसलासरहको आदेश दिइँदा सर्वाेच्च अदालतबाटै स्थापित सिद्धान्तले तय गरेको बाटो बिराएको पाइएको छ।

न्यायाधीश दीपकराज जोशीका एकै दिन दुई अन्तरिम आदेश

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले मंगलबार दुई अन्तरिम आदेश जारी गरेका छन्। एउटा आदेशमा व्यवसायी अजेयराज सुमार्गीको खातामा विदेशबाट जम्मा भएको रकम भुक्तानी रोक्का नगर्न भनिएको छ भने अर्को सीजी टेलिकमलाई अनुमति दिनु भन्ने छ।

अदालतको आदेश अवज्ञा गर्दै संरचना भत्काइयो

उच्च अदालत जनकपुर राजविराज ईजलासले भौतिक संरचना नभत्काउन दिएको आदेशको अवज्ञा गर्दै धनगढीमाई नगरपालिकाले शनिबार एक व्यवसायीको घरगोदामको मुल गेट र पर्खाल भत्काएको छ।

सूचना आयोगको आदेश पालना नभएको भन्दै विद्यार्थी आन्दोलित

राष्ट्रिय सूचना आयोगको आदेश पालना नभएको भन्दै सर्लाहीको एक विद्यार्थी संगठनले चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। तत्कालिन जिल्ला शिक्षा कार्यालय एवं हाल जिल्ला प्रशासन कार्यालय अन्तर्गत शिक्षा विकास तथा समन्वय इकाईले राष्ट्रिय सूचना आयोगको आदेश अनुसार सूचना नदिएको भन्दै राष्ट्रिय जनता पार्टी नेपाल निकट राष्ट्रिय विद्यार्थी संघले चरणबद्ध आन्दोलन घोषणा गरेको हो।

प्रकाण्डलाई थुनामुक्त गर्न तेस्रोपटक आदेश

सर्वोच्च अदालतले नेकपा विप्लव समूहका नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई थुनामुक्त गर्न तेस्रोपटक आदेश गरेको छ।

महेन्द्रनगरमा कर्फ्यू आदेश

जिल्ला स्थीत सुरक्षा निकायको बैठक पछि महेन्द्रनगरमा कर्फ्यू आदेश जारी भएको छ। बेलुकी पाँच बजेदेखि शुक्रबार बिहान पाँच बजेसम्म महेन्द्रनगर बजार वरपरको क्षेत्रमा कर्फ्यू आदेश जारी भएको हो।

जिल्लाको आदेशविरुद्ध ३० जनाले दिए उच्च अदालतमा निवेदन

साँढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा संलग्न रहेको आरोपमा जिल्ला अदालत मोरङले दिएको आदेश विरुद्ध ३० जनाले उच्च अदालत विराटनगरमा निवेदन दिएका छन्। हालसम्म जिल्लाको आदेश चित्त नबुझी उच्च अदालतमा १७ नम्बर बमोजिम निवेदन दिनेको संख्या ३० पुगेको उच्च अदालत विराटनगरले जनाएको छ।

अदालतको आदेश नमानेको भन्दै सर्वोच्चमा मुद्दा

हनुमान ढोका परिसरमा सर्वोच्चले दिएको अन्तरिम आदेश विपरीत व्यापारिक भवनको धमाधम काम अघि बढिरहेको भन्दै १०४ जनाले अदालतमा मानहानीको मुद्दा दर्ता गरेका छन्।

देउवा सरकारका नियुक्ति बदर गर्ने अन्तरकालिन अन्तरिम आदेश सर्वाेच्चद्धारा सदर

पूर्ववर्ती शेरबहादुर देउवा सरकारका पालामा भएका नियुक्तिहरुको अन्तरकालिन अन्तरिम आदेशको श्रृखंलामा पूर्णकालिन अन्तरिम आदेश सुरु भएको छ।

माइतीघरमा प्रदर्शन गर्न नपाउने सरकारी निर्णयविरुद्ध सर्वोच्चको अन्तरिम आदेश

माइतीघर मण्डला लगायत राजधानीका विभिन्न स्थानमा विरोध प्रदर्शन गर्न नपाउने सरकारले गरेको निर्णय कार्यान्वयन नगर्नु भनि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

नेप्सेको सिइओ नहटाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्रसिंह साउदलाई तत्काल पदबाट नहटाउन सरकारलाई आदेश दिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्