२६ वैशाख २०८१ बुधबार
image/svg+xml

औद्योगिक करिडोर क्षेत्र दुहवीमा कोरोनाको संक्रमण फैलिदै

पछिल्लो समय सुनसरीको औद्योगिक करिडोर क्षेत्रको रुपमा चिनिएको दुहवीमा समुदायस्तरमा कोरोना भाइरस (कोभिड–१९) फैलिँदो छ। शुक्रबार मात्र दुहवीमा एकैपटक १३ जनालाई कोरोना पुष्टि भएको छ।

समुदायमा फैंलदाें संक्रमण नियन्त्रण गर्न के गर्दैछ सरकार?

नारायणी अस्थायी कोरोना अस्पतालमा शुक्रबार बारा परवानीपुर गाउँपालिका–४ निवासी १७ वर्षीय किशोरी र वीरगन्ज महानगरपालिका– ११ निवासी ८५ वर्षीया जेष्ठ नागरिकको मृत्यु भयो। यससँगै प्रदेश २ मा कोरोनाबाट मृतकको संख्या ९ पुगेको छ। यस प्रदेशमा हालसम्म पर्सामा २, पहिचान नखुलेका १, बारामा २, रौतहटमा २, महोत्तरीमा १ र सप्तरीमा १ जना गरी ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यस प्रदेशमा संक्रमितको संख्या चार हजार ३ सय ८० पुगिसकेको छ। जसमध्ये शुक्रबारसम्म दुई हजार ८ सय ८० जना निको भएर घर फर्किसकेका छन्।

बिनाजाँच प्रवेश दिँदा संक्रमणको उच्च जोखिममा उपत्यका

पछिल्लो चरणमा काठमाडौं ठेगाना बताए पनि भारत र तराईका विभिन्न जिल्लाबाट आएकाहरूमा कोरोना पुष्टि भएको अस्पतालहरूले जनाएका छन्। प्रदेश २ तथा भारतलगायत अन्य विभिन्न देशबाट आएकाको परीक्षण गर्दा दैनिक चार/पाँचजनामा कोरोना संक्रमण पोजेटिभ देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ।

सुदूरपश्चिममा नौ दिनमै १ हजार बढी संक्रमित थपिए

सुदूरपश्चिममा असार महिनाको शुृरुवातसंगै कोरोनाको संक्रमण ह्वात्तै बढेर गएको छ । चैत १४ गते दुवैवाट फर्केको पहिलो युवामा कोरोनाको संक्रमण देखिएको सुदूरपश्चिममा बैशाख १ गते देखा परेका पाँचौ संक्रमितसहित सवै निको भएर घर फर्केका थिए ।

उपत्यका भित्रिनेको भीडः प्रहरी भन्छ– मन्त्रीकै फोन आउँछ त, के गर्नु

सुरुसुरुमा कडाइ गरेपनि पछिल्लो समय थर्मलगनले ज्वरोसमेत ननापी मानिसलाई उपत्यकामा प्रवेश दिइएको छ। यसले कोरोना संक्रमणको जोखिम बढाएको छ।

गाँउमुखी अर्थनीति आवश्यक : पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कोरोनाको संक्रमणपछि भोकमारी र बेरोजगारीबाट जोगाउन गाउँमुखी अर्थनीति र जनमुखी राजनीति आवश्यक रहेको बताएका छन् । शनिबार आयाजित एक कार्यक्रममा नेता पौडेलले गाँउमुखी अर्थनीतिलाई अगाडि ल्याएर कोरोनाको संक्रमणमा गाँउ फर्केका नागरिकलाई गाँउमै रोजगारी र गाँउमै आम्दानीको व्यवस्था गर्न आवश्यक रहेको बताएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्