६ वैशाख २०८१ बिहीबार

काठमाडौँमा भारतीय विदेशमन्त्री जयशंकरका २६ घण्टा

मन्त्री जयशंकर भारतीय सेनाको विशेष विमानबाट काठमाडौँ आउन लागेका हुन। उनी भोलि शुक्रवार दिउँसाे १२ बजे सोही विमानबाट दिल्ली फर्किने छन्।

भारतीय विदेशमन्त्री आज नेपाल आउँदै, यस्ता छन् कार्यक्रम

दुई दिनसम्म नेपालमा रहँदा उनले उच्चपदस्थ राजनीतिक नेतृत्वहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ।

नेपाल–भारतबीच गणस्तरीय संयुक्त सूर्य किरण अभ्यास सुरु

विपद् व्यवस्थापनको समयमा उद्धार र स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद जस्ता विषय समावेश गरी सञ्चालन हुने १४ दिने उक्त संयुक्त अभ्यासको मध्य पश्चिम पृतनापति उपरथी यामप्रसाद ढकालले शुभारम्भ गरेका हुन्।

अग्निपथअन्तर्गत नै भारतीय सेनामा गोर्खा भर्ती

भारतीय सेनामा नेपाली गोर्खा भर्ती सन् १९४७ मा नेपाल, बेलायत र भारत र त्रिपक्षीय सम्झौताअन्तर्गत हुँदै आएको छ। पछिल्लोसमय गोर्खा सैनिकको भर्ना पनि अग्निपथ कार्यक्रमअन्तर्गत चार वर्षका लागि मात्र हुने विषय सार्वजनिक भएपछि नेपालमा त्यसको व्यापक आलोचना हुँदै आएको छ।

हेलिकोप्टर दुर्घटनामा भारतीय रक्षा प्रमुख रावतको निधन

रावत सवार हेलिकोप्टर बुधबार दिउँसो तमिलनाडुको कुन्नुरमा दुर्घटनामा परेको हो। उनी सुरुरबाट तमिलनाडुस्थित डिफेन्स स्टाफ कलेज वेलङटन जाने क्रममा दुर्घटनामा परेका हुन्।

भारतीय सेनाले दियो नेपाली सेनालाई कोभिड-१९ विरुद्धको एक लाख खोप

भारतीय सेनाले नेपाली सेनालाई कोभिड-१९ विरुद्धको एक लाख डोज खोप उपहारस्वरुप प्रदान गरेको छ।

जम्मुमा सेलायो, प्रेमको बुलेट बाइक चढ्ने सपना

१२ गतेको बिहान करिब ५ बजे प्रेम खटिएको पोष्टमा आक्रमण सुरु भयो। ड्युटीमा खटिएका प्रेम आक्रमणकारीको निशानामा परे। उक्त आक्रमणमा प्रेम र अर्का एकजनाको मृत्यु भएको थियो।

सेनाध्यक्ष नरवणेको भ्रमण सम्बन्ध सुधारमा फलदायी : नेपाली सेना

भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्नेका छन्। सेनाध्यक्ष नरवणेलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृतरथी प्रभुराम शर्माले बिदाइ गरे।

विना नरवणे र सैनिक श्रीमती संघका पदाधिकारीहरुबीच भेटघाट

भारतीय स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेका साथ नेपाल भ्रमणमा रहेकी उनकी श्रमती विना नरवणे र नेपाली सैनिक श्रीमती संघकी अध्यक्ष दीपा थापाबीच भेट भएको छ।

नेपाली सेनाले भारतीय सेनालाई दियो बुद्धको प्रतिमा र मास्क

नेपाली सेनालेभारतीय सेनालाई बुद्धको प्रतिमा र एक लाख थान मास्क प्रदान गरेको छ। नेपाल भ्रमणमा रहेका भारतका स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा नेपाली सेनाले नेपालमा निर्मित कोभिड–१९ जोखिम नियन्त्रणका लागि प्रयोग हुने एक लाख थान मास्क भारतीय सैनिकलाई सहयोगस्वरुप उपलब्ध गराएको छ।

भारतीय सेनाद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

भारत सरकारले नेपाली सेनालाई दुई घुम्ती अस्पताल सञ्चालन गर्न एम्बुलेन्ससहित स्वास्थ्य सामग्री सहयोगस्वरुप उपलब्ध गराएको छ।

भारतीय स्थलसेनाध्यक्ष नरावणे आज नेपाल आउँदै

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे नेपालको तीनदिने भ्रमणका लागि आज आउँदै छन्। नेपाली सेना र भारतीय सेनाबीच एकार्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्पराअनुरुप उनी नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्न यहाँ आउन लागेका हुन्।

भारतीय सेनाप्रमुख नरावणे नेपाल आउने

भारतीय सेनाका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे कात्तिकको तेस्रो साता तीन दिने नेपाल भ्रमणमा आउने भएका छन् ।

पाकिस्तानी सेनाको आक्रमणमा मारीए गुल्मीका कार्की

भारत पाकिस्तान सीमा क्षेत्र जम्मुकश्मिरमा गोली चल्दा भारतीय सेनामा कार्यरत गुल्मीका एक युवकले ज्यान गुमाएका छन् । गुल्मीको छत्रकोट गाउँपालिका वडा नंं. ५ को गल्फाकोटका शालीकराम कार्कीका कान्छा छोरा गोर्खा सैनीक दिपक कार्कीको पाकिस्तानी सेनाको गोलाबारीमा परी मृत्यु भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्