१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

आफूखुसी राहत संकलन गरे कारबाही

बाढीपीडितका लागि राहत संकलन र वितरण गर्न सरकारी समितिसँग समन्वय गर्नुपर्ने, व्यक्ति वा संघसंस्थाले आफूखुसी सहयोग संकलन र वितरण गरे ठगी र चन्दा ऐनअन्तर्गत कारबाही गरिने।

फेवाताल अतिक्रमण गर्नेलाई कारबाही गर्न युवा संघको माग

फेवाताल अतिक्रमण गर्नेहरुलाइ कारबाही गर्न युवा संघले आग्रह गरेको छ। युवा संघका अध्यक्ष राविव पहारीले एक विज्ञप्ती जारी गर्दै सामाजिक अभियान्ता, पर्यटन व्यवसायी भन्न रुचाउनेहरुबाटै ताल अतिक्रमणहुनु दुखद भएको बताएका छन्।

थापालाई कारबाही गर्न अख्तियार अनिच्छुक

नेपाल फुटबल एसोसिएसन (एन्फा) का तत्कालीन अध्यक्ष गणेश थापालाई विश्व फुटबल महासंघ (फिफा) ले निलम्बन गरेको दुई वर्षभन्दा बढी समय बिते पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग यससम्बन्धी फाइल खोल्न अनिच्छुक देखिएको छ।

काँग्रेसका अन्तरघातीमाथि कारबाही गर्न सिफारिस

भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा अन्तरघातका कारण चुनाव हार्नु परेको भन्दै नेपाली कांग्रेसले आधादर्जन अगुवा कार्यकर्तामाथि कारबाहीको सिफारिस गरेको छ । पार्टीको त्रियुगा नगरपालिका १३ वडा समितिले अन्तरघातका कारण आधिकारिक उम्मेद्वारले हारेको निश्कर्ष निकाल्दै ५ जना अगुवा कार्यकर्तामाथि कारबाही गर्न माथिल्लो निकायमा सिफारिस गरेको जनाएको छ ।

लेबनान र सिरियाली सीमामा सैनिक कारबाही

गएको पाँच बर्षभन्दा लामो समयदेखि गृहयुद्ध जारी रहेको सिरिया र लेबनानको सीमा क्षेत्रमा सिरियाली सैनिक र लेबनानको लडाकू समूह हेज्बोल्लाहले संयुक्त सैनिक कारबाही सुरु गरेको छ।

लागुऔषध तस्करी विरुद्धको कारबाहीमा मेयर मारिए

फिलिपिन्सका राष्ट्रपति रोद्रिगो दुतेर्तेको विशेष कार्यक्रमका रुपमा सञ्चालित लागुऔषध तस्करी विरुद्धको कारबाहीका क्रममा आइतबार बिहान फिलपिन्सको एक नगरपालिकाका मेयर मारिएका छन ।

अफगान सुरक्षाबलको कारबाहीमा ४५ तालिबान मारिए

अफगानिस्तानको पूर्वी प्रान्त नुरिस्तानमा अफगान सेनाको कारबाहीमा परी ४५ तालिबान मारिएका छन्।

अन्तर्घातीमाथि कारबाहीमा दलहरू हच्किए

तीनवटै ठूला दल कांग्रेस, एमाले र माओवादी केन्द्रले पहिलो र दोस्रो चरणको स्थानीय तह चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने घोषणा गरे पनि कार्यान्वयनमा असफल भएका छन् ।

अन्तर्घातीलाई कारबाही हुन्छ : देउवा

नेपाली कांग्रेसका शीर्ष नेताहरूले 'अन्तर्घात' का कारण स्थानी तहको पहिलो र दोस्रो चरण निर्वाचनमा पार्टी दोस्रो भएको बताएका छन्। स्थानीय तहको तेस्रो चरण निर्वाचन तयारीका क्रममा बिहीबार प्रदेश नम्बर २ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, सांसद्, जिल्ला र क्षेत्रीय सभापतिको भेलालाई सम्बोधन गर्दै शीर्ष नेताहरूले उक्त कुरा बताएका हुन्।

अन्तर्घात गर्ने ९ एमाले नेता कारबाहीमा

नेकपा एमाले खोटाङले स्थानीय तहको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेद्वारका बिरुद्धमा बागी उम्मेद्वार दिने र अन्तरघात गर्ने ९ नेता तथा कार्यकर्तालाई कारबाहीका लागि सिफारिस गरेको छ।

बढुवामा नेताको सोर्स लगाए कारबाही : गृहमन्त्री

गृहमन्त्री जनार्दन शर्माले बढुवालगायतका सांगठनिक वृत्ति विकासको निर्णयमा राजनीतिक दबाब बढाए कारबाही गर्ने चेतावनी दिएका छन्। बुधबार मन्त्रालयमा सञ्चारकर्मीसँगको भेटमा उनले प्रहरीमा राजनीतिक संरक्षणको मोह देखिएको टिप्पणी गर्दै बढुवालगायतका निर्णयमा फोन गर्न लगाउने प्रवृत्ति नरोकिए सम्बन्धित अधिकारीलाई कारबाही गर्ने चेतावनी दिएका हुन्।

आठ अधिकारीलाई विभागीय कारबाहीको सिफारिस

कक्षा १२ को परीक्षामा प्रश्नपत्र अपुग भएको सम्बन्धमा गठित छानबिन समितिले तोकिएको दायित्व निर्वाह नगरी लापरबाही गरेको भन्दै राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रकलगायत आठ अधिकारीलाई विभागीय कारबाही गर्ने सिफारिस गरेको छ।

बटुवा कारबाही अभियान, गृहमन्त्रीको निर्देशनमा उल्टियो ट्राफिक अभियान

जथाभाबी सडक काट्ने बटुवासँग दुई सय रुपैयाँ जरिवाना लिँदै आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले गृहमन्त्री जनार्दन शर्माको निर्देशनपछि कारबाही गर्ने शैली फेरेको छ। अब नचाहिँदो किसिमले बाटो काट्ने बटुवासँग जरिवाना नलिइने भएको छ।

'जस्तो व्यवहार, उस्तै कारबाही'

असार १४ गते तोकिएको स्थानीय तह दोस्रो चरण निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) को सहभागिता निश्चित नभएपछि गृहमन्त्रालयले उक्त दल सहभागी हुँदा र नहुँदाको अवस्थालाई ध्यानमा राखेर अलगअलग सुरक्षा रणनीति बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्