१४ आश्विन २०८१ सोमबार
image/svg+xml

विद्यार्थीलाई धम्कीपूर्ण कारबाही नगर्न प्रधानमन्त्रीको आग्रह

अष्ट्रेलियाली प्रधानमन्त्री मालकोम टर्नबुलले अष्ट्रेलियाका सबै विद्यालयका प्राचार्यहरुलाई विद्यालयका छात्रछात्राहरुलाई शिक्षणका क्रममा कुनै पनि धम्कीपुर्ण कारबाही नगर्न आग्रह गरेका छन्।

कारबाही नगरे आन्दोलनको चेतावनी

नेपाल चिकित्सक संघले जिल्ला अस्पताल डोटीमा कार्यरत डा. जितेन्द्रकुमार सिंहमाथि आक्रमण गर्ने व्यक्तिहरुलाई तत्काल पक्राउ गरी बिनाधरौटी जेल चलान (जेल विथआउट बेल) नगरे देशव्यापी विरोध कार्यक्रम ल्याउने घोषणा गरेको छ ।

लालबाबु एक्सनमा : सोल्टी होटलदेखि ४ वटा अस्पताललाई कारबाही

जनसंख्या तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नगरी संरचना निर्माण गरेका र कानूनको पालना नगरी सञ्चालन भएका विभिन्न ११ संस्थालाई कारबाही गरेको छ।

कर्मचारी २४ घन्टाभित्र कार्यक्षेत्र नपुगे कारबाही

कर्मचारीहरु प्रदेशमा खटाएको एक महिना बित्दा पनि कार्य क्षेत्रमा नपुगेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चेतावनीपत्र पठाएको छ । मुख्य सचिव लोकदर्शन रेग्मीको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २४ घन्टाभित्र कर्मचारी प्रदेशमा पठाउन बुधबार सचिव र महानिर्देशकलाई चेतावनीपत्र पठाएको हो।

अफगान सेनाको कारबाहीमा कान्दाहारमा ३६ तालिबान मारिए

अफगानिस्तानको हवाई सेनाले शनिबार साँझ गरेको हवाई कारबाहीमा परी अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा कम्तीमा ३६ जना तालिबान मारिएको समाचारमा जनाइएको छ।

अफगान सेनाको कारबाहीमा ७० तालिबान मारिए

अफगानिस्तानको हवाई सेनाले बिहीबारदेखि जारी राखेको हवाई कारबाहीमा परी कम्तीमा पनि ७० जना तालिबान मारिएको समाचार छ।

बढी भार बोक्ने भारतीय नम्बर प्लेटका गाडी कारबाहीमा

मध्य क्षेत्रीय ट्राफिक प्रहरीले मापदण्डविपरीत र अनुमतिभन्दा बढी भार बोकेर भित्रिएका भारतीय नम्बर प्लेटका मालवाहक सवारीसाधनलाई कारबाही गरेको छ।

नियम मिच्ने टिपर कारबाहीमा

मापदण्डविपरीत गलत लेनमा तीव्र गतिमा हाँकिएका टिपरलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । महानगरीय ट्राफिक महाशाखाले एक महिनाअघि सुरु गरेको अभियानमा एक सय ३० टिपर कारबाहीमा परेका छन् ।

ज्यादती गर्ने सुरक्षाकर्मीमाथि कारबाही हुन्छ

नियन्त्रणमा लिइएका रोहिन्जालाई हत्या गरेको आरोप लागेका १० जना म्यानमाली सुरक्षाकर्मीमाथि कारबाही हुने भएको छ ।

दोषीमाथि कारबाही गर

नेपालको चिकित्सा शिक्षा क्षेत्रमा मौलाएको विकृति हटाई यसमा सुधार गर्नुपर्ने बहस टड्कारो रुपमा उठेको छ । चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै डा.गोविन्द केसीले निरन्तर आवाज उठाउँदै आएका छन् । यही क्रममा डा.केसीले चिकित्सा क्षेत्रमा मेडिकल कलेजका सम्बन्धन र सिट निर्धारणलगायतका विषयमा छानबिन गर्न पटकपटक माग गरे ।

यस्ता छन् कारबाहीमा सिफारिस व्यक्ति

नयाँ मेडिकल कलेजलाई सम्बन्धन र कलेजहरुको सिट निर्धारणमा छानबिन गर्न गठित न्यायिक जाँचबुझ आयोगले त्रिवि उपकुलपति तीर्थराज खनियाँसहित कार्यकारी परिषद्का पदाधिकारी एवं सदस्यलाई बर्खास्त गर्न सिफारिस गरेको छ। आयोगले अन्य विश्वविद्यालय एवं मेडिकल काउन्सिलका पूर्वपदाधिकारीमाथि पनि कारबाहीको सिफारिस गरेको छ।

सिरियामा भएको हवाई कारबाहीमा २९ सर्वसाधारणको मृत्यु

सिरियाली राजधानी दमासकसको नजिकमा पर्ने एक इलाकामा सुरक्षाफौजबाट भएको हवाई कारबाहीमा परी कम्तीमा ३० जना सर्वसाधारणको मृत्यु भएको छ।

४३ जनामाथि कारबाही सिफारिस

चिकित्सा शिक्षा क्षेत्रमा सम्बन्धन, सिट निर्धारणलगायतका विषयमा भएका अनियमितताबारे छानबिन गर्न गठित आयोगले अनियमिततामा संलग्न भएका विश्वविद्यालय तथा मेडिकल काउन्सिलका ४३ जना पदाधिकारीमाथि कारबाही गर्न सिफारिस गरेको छ।

मनपरी शुल्क असुल्ने निजी विद्यालयमाथि कारबाही सुरु

निजी विद्यालयले मनपरी ढंगले विद्यार्थीसँग शुल्क असुलेको भन्दै आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागले कारबाही सुरु गरेको छ । विभागका अनुसार अनुगमनक्रममा निजी विद्यालयले शिक्षा कार्यालयको स्वीकृतिबिनै करोडौं रुपैयाँ शिक्षण शुल्कका नाममा असुलेको भेटिएको छ।

भारतले अतिक्रमण नगरेको भन्ने नापीका कर्मचारीलाई कारबाहीको माग

वीरगञ्च छपकैयाको ५० विघाभन्दा बढी जमिन भारतले नमिचेको प्रष्टिकरण दिने नापी विभागका कर्मचारीलाई कारवाहीको माग गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्