निजी कलेजले छात्रवृत्ति नदिँदा विद्यार्थी मारमा
‘हामी विद्यार्थी नै कलेज–कलेज धाएर छात्रावृत्तिबारे सोधखोज गर्दा सम्बन्धन प्राप्त कुनै पनि निजी कलेजले विवरण दिन मानेनन्। विश्वविद्यालयमा कुरा राख्दा पदाधिकारीले बेवास्ता गर्दै आएका छन्। विश्वविद्यालयको अनुगमन प्रभावकारी नहुँदा निजी कलेजहरुको मनोमानी बढेको पाइयो। आंगिक कलेजले समेत पूर्ण रुपमा छात्रावृत्ति दिएका छैनन्।