एमाले फुटको असर : प्रदेश १ को सरकार संकटमा
नेकपा एमाले फुटेसँगै प्रदेश १ को सरकार संकटमा परेको छ । प्रदेश १ मा हाल मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा एमालेको बहुमतको सरकार छ । तर, पार्टी फुटेसँगै शेरधन राई नेतृत्वको सरकार संकटमा परेको हो ।
नेकपा एमाले फुटेसँगै प्रदेश १ को सरकार संकटमा परेको छ । प्रदेश १ मा हाल मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा एमालेको बहुमतको सरकार छ । तर, पार्टी फुटेसँगै शेरधन राई नेतृत्वको सरकार संकटमा परेको हो ।
पार्टी एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने प्रतिवद्धता अध्यक्ष केपी शर्मा ओलीले गर्ने बित्तिकै नेकपा एमाले एकजुट भएर अघि बढने विश्वास व्यक्त गरिन्।
नेकपा एमाले विभाजनसँगै त्यसको असर कर्णाली प्रदेश सभासँगै तल्लो तहसम्म देखिएको छ। कर्णालीलाई तत्कालीन नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको प्रभाव क्षेत्रको रूपमा हेर्ने गरिन्थ्यो। कर्णालीका १० जिल्लामध्ये सात जिल्लाका अध्यक्ष नेपाल समूहमा थिए। नेपालले पार्टी विभाजन गरेपछि भने लामो समय उनीसँग रहेका जिल्ला अध्यक्षहरूले साथ छोडेका छन्।
अर्थ तथा विकास समिति गण्डकी प्रदेशले बजेट खर्चको प्रतिशत बढाउने गरी काम गर्न अर्थमन्त्रीलाई निर्देशन दिएको छ ।
‘प्रदेश स्थापना तथा शहीद दिवस–२०७८’ को अवसरमा आज उनले शुभकामना सन्देश दिदै प्रदेश प्राप्तिको आन्दोलनमा शहादत प्राप्त गर्ने यहाँका चार शहीदको बलिदानीबाट कर्णाली प्रदेशको स्थापना भएको बताए।
मनाङमा यो बर्खामा ८५ घर पूर्ण रूपमा क्षति भएको प्रदेश सरकारले बताएको छ । नासों गाउँपालिका–१ मा मात्र ७० घरमा क्षति पुगेको छ। त्यस्तै धारापानीमा १२ घरमा क्षति पुगेको गाउँपालिका अध्यक्ष चन्द्र घलेले बताए।
अर्थमन्त्री जनार्दन शर्माले बहुआयामिक गरिबीको दर सबभन्दा धेरै रहेको कर्णाली प्रदेशको विकासबिना समग्र राष्ट्रको गरिबी अन्त्य नहुने भएकोले त्यसतर्फ लगानी बढाउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेका छन्।
नेकपा एमाले अध्यक्षका केपी शर्मा ओली प्रधानमन्त्रीबाट पदमुक्त भएपछि बालुवाटारबाट बालकोट जाँदाको झल्को दिनेगरी पौडेल घर पुगेका थिए। मुख्यमन्त्री निवासमा भेला भएका कार्यकर्ताले ‘डीएम बा आई लभ यू, डीएम सर उई लभ यू, हाम्रो नेता कस्तो होस् डीएम सर जस्तो होस्, पार्टी एकता जिन्दावाद, नेकपा एमाले जिन्दावाद’ लगायतका नारा लगाएका थिए।
१ हजार २ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ६९ र १ हजार ६ सय ७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय १७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
लुम्बिनी प्रदेशसभाको बैठक स्थगन गरिएको छ। प्रदेशसभा सचिवालयले आज सूचना टाँस गरी दिउँसो १ बजे बोलाइएको बैठक स्थगन गरिएको जनाएको हो।
घरेलु मदिरालाई ब्रान्डिङ, बजारीकरण तथा प्रवर्द्धनका लागि सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ ले गठन गरेको सम्भाव्यता अध्ययन तथा सुझाव कार्यदलले प्रतिवेदन तयार पारेको छ।
एमाले वाग्मती प्रदेश संसदीय दलका नेता एवं प्रदेश सरकारका मुख्यमन्त्री रहेका डोरमणि पौडेलले पदबाट राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री भएकी हुन्। पौडेलले बुधबार दिउँसो संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि एमाले वाग्मती प्रदेशसभा संसदीय दलको बैठकले सर्वसम्मतिले दलको नेतामा शाक्यलाई चयन गरेको थियो।
लुम्बिनीमा सत्तारुढ गठबन्धनका दुई सांसदलाई कारबाहीको माग गर्दै एमालेले दोश्रो दिन पनि प्रदेशसभा बैठक अवरुद्ध गर्यो। बुधबार संसद बैठक सुरु भए लगत्तै एमालेका सांसदहरुले नाराबाजी गर्दै रोष्टम घेराउ गरेपछि सदनको कारबाही अगाडि बढ्न सकेन।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०८० सम्म प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल शिक्षण संस्था स्थापना गर्ने बताएको छ।
गण्डकी प्रदेशका मन्त्रीहरुले प्रदेशको राजधानी छाड्न मुख्यमन्त्रीको अनुमति लिनुपर्ने भएको छ। यसअघि विदेश जानुपर्दा मात्रै मन्त्रीहरुले मुख्यमन्त्रीबाट अनुमति लिनुपर्ने प्रावधान थियो।