७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

प्रदेश १ मा ८ सय १३ संक्रमित थपिए, ८ जनाको मृत्यु

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८ सय १३ संक्रमित थपिएका छन्। १ हजार २ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ६९ र १ हजार ६ सय ७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय १७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १ सय २७, मोरङमा १ सय १८, सुनसरीमा ९०, पाँचथरमा १०, इलाम, धनकुटा र उदयपुरमा ६–६, संखुवासभामा २ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो। 

झापाको दमकमा ३१, विर्तामोडमा २९, अर्जुनधारा र शिवसताक्षीमा १२–१२, मेचीनगरमा ९, कनकाईमा ८, गौरादह र बुद्धशान्तिमा ७–७, भद्रपुरमा ५, हल्दिबारी र कमल गाउँपालिकामा ३–३, बा¥हदशीमा १ जनामा संक्रमण देखिएको छ ।  मोरङको विराटनगरमा ५०, सुन्दरहरैचामा ३९, उर्लाबारीमा ९, लेटाङ र केराबारीमा ४, पथरीशनिश्चरे र ग्रामथानमा ३–३, कानेपोखरी र बेलबारीमा २–२, रंगेली र बुढीगंगामा १–१ जनामा संक्रमण देखिएको छ ।  सुनसरीको इटहरीमा ४६, धरानमा २९, रामधुनीमा ५, दुहवी र इनरुवामा ३–३, हरिनगर, बराहक्षेत्र, कोशी गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ।  

पाँचथरको फिदिममा ९, याङवरक १, इलामको फोकफोकथुममा ३, सुर्योदय, सन्दकपुर र चुलाचुलीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ६ जनामा संक्रमण देखिएको छ। उदयपुरको बेलकामा २, उदयपुरगढी, त्रियुगा, चौदण्डीगढी र स्थानीय तह नखुलेका १–१, संखुवासभाको धर्मदेवी र स्थानीय तह नखुलेका १–१ र  प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा बिहीबार  ५ सय १६ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा २ सय ४६ महिला र २ सय ७० पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा २ महिला र ६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

प्रकाशित: ३ भाद्र २०७८ ११:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App