१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

किन घटाइयो लोकसेवा आवेदन दिने उमेर सीमा?

अहिले कार्यान्वयनमा रहेको निजामती सेवा ऐन २०४९ मा लोकसेवा आयोगको परीक्षाका लागि आवेदन दिन महिलाको हकमा उमेर सीमा ४० वर्ष र पुरुषको हकमा ३५ वर्ष कायम गरिएको छ।

लोकसेवा आयोगको परीक्षामा पनि भेटिए ‘खेताला’

लोकसेवा आयोगले लिने गरेका केही परीक्षामा खेताला लगाउनेसम्म गरेको पाइएको छ। आयोगका अनुसार एक वर्षमा ४ देखि ५ जना ‘खेताला’ भेटिने गरेका छन्।

नेपालीको नियति: १० पास, जागिरको आस

लोकसेवा आयोगले लिने परीक्षामा खरिदार पदमा सबैभन्दा बढी दरखास्त परेको पाइएको छ। खरिदारमा पनि प्राविधिक र अप्राविधिक (अप्रा.) दुईखाले पद हुन्छन्।

सबैको आकर्षण बन्दै खरिदार पद

आयोगले निकालेका वार्षिक प्रतिवेदनहरूलाई हेर्ने हो भने सबैभन्दा बढी आवेदन अप्रा. खरिदार, त्यसपछि अप्रा. नायब सुब्बा र त्यसपछि अप्रा.शाखा अधिकृत पदमा बढी पर्ने गरेको छ।

जसले एकैवर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण गरिन्...

धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गरेकी हुन्।

लोकसेवा आयोगको फाराम भर्ने प्रतिशत दर कर्णालीमा बढ्दै

लोकसेवा आयोगको ६३औ र ६४ औ वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको तथ्याङ्क हेर्दा लोकसेवा आयोगको परीक्षामा सहभागी हुनको लागि फाराम भर्ने प्रतिशत दर कर्णालीबासीमा बढेको देखिएको छ।

परीक्षा दिने सर्लाही, नाम निकाल्ने गुल्मी

आव २०७९/८० मा आन्तरिक र खुलातर्फ ४ लाख ८३ हजार २०३ जनाले लोकसेवा परीक्षा दिन अनलाइन प्रणालीमार्फत दरखास्त दिएका थिए। फाराम भर्नेमध्ये ३ हजार ६७५ उम्मेदवार मात्र स्थायी नियुक्तिका लागि सिफारिस भए।

लोकसेवा आयोगका पूर्व अध्यक्ष मैनाली भन्छन्: पहिला नीति परिवर्तन अनि निर्देशन

पुस १८ र १९ गते सचिवहरुसँगको छलफलपछि उनले सचिवहरुलाई आफ्नो विभागमा रहेका समस्या समाधान गर्न र सर्वसाधारणका समस्या राम्रोसँग पहिचान गरी यथार्थ नजिक पुग्न भन्दै निर्देशन दिए।

प्रदेश लोकसेवा आयोग गठन नभएसम्म केन्द्रबाटै परीक्षा

संघीय संसद्ले लोकसेवा आयोग विधेयक पारित गरेपछि प्रदेश लोकसेवा आयोग गठन नभएसम्म केन्द्रको लोकसेवा आयोगले काम गर्ने भएको छ।

सशस्त्रको गुणमापक परीक्षामा विभागीय नै अनुत्तीर्ण

लोकसेवा आयोगले लिएको लिखित परीक्षामा पास भएकालाई सशस्त्र प्रहरीको विशेषज्ञ टोलीले अपमानजनक ढंगले अनुत्तीर्ण गरेको छ। गत वर्ष सशस्त्र प्रहरीले ७५ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको थियो। त्यसमा ६१ जनाले लिखित परीक्षा पास गरेका थिए।

कर्णाली प्रदेशकाे लोकसेवा आयोगको परीक्षा स्थगित

कर्णाली प्रदेश लोकसेवा आयोगले खोलेका पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदको लिखित परीक्षा स्थगन गरिएको छ।

मध्यमस्तरका होटललाई परीक्षार्थीबाट राहत

कोरोना संक्रमणले थलिएको पर्यटन क्षेत्रमा झन्डै दुई वर्षदेखि विदेशी पाहुना देख्न नपाएका पर्यटन व्यवसायीका लागि पछिल्लो समय आन्तरिक पर्यटकले राहत दिएको विद्यार्थी र परीक्षार्थीको घुमघामले पुष्टि गर्ने सुवेदी बताउँछन्।

'कर्मचारी व्यवस्थापनमा केन्द्रीय निकायको अभिभावकीय भूमिका खोइ?'

लोकसेवा आयोगले २०७६ सालमा प्रकाशति गरेको शाखा अधिकृतको विज्ञापन बमोजिमको नतिजा प्रकाशित नगरेको भन्दै परीक्षार्थीहरु आन्दोलित भएका छन्।

नतिजा रोक्दा आयोगका ३० हजार परीक्षार्थी तनावमा

आयोगका प्रवक्ता तोयानारायण सुवेदीले भने सर्वोच्चको अन्तरिम आदेशका कारण विभिन्न चरणका परीक्षाका परिणाम स्थगन गर्नुपरेको बताए। उनका अनुसार शाखा अधिृकत, नायब सुब्बा, उपसचिव, इञ्जिनियर, विद्यालय निरीक्षकलगायतका विभिन्न पदमा एक हजारभन्दा बढी दरबन्दीमा परीक्षाको नतिजा रोकिएको छ।

लोकसेवाको कर्मचारी भन्दै ठगी गर्ने धरानबाट पक्राउ

पक्राउ पर्नेमा महोत्तरीको पशुपतिनगर ४ घर भई हाल धरान ५ देउरालीमा डेरा गरि बस्ने ५२ वर्षीय कुमार थापामगर भन्ने अमरबहादुर लामिछाने छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्