७ वैशाख २०८१ शुक्रबार

१० सचिव पद रिक्त हुँदै

हाल ४ सचिव पद रिक्त छन्। प्रधानमन्त्री कार्यालय, ऊर्जा मन्त्रालय, गण्डकी प्रदेश प्रमुख र कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सचिव पद रिक्त रहेको छ। अबको एक डेढ महिनाभित्रै अरू छ जना सचिवले अवकाश लिने भएका छन्।

लोकसेवा आयोगः पदाधिकारीको कार्यकाल पाँच दिनमात्र

लोकसेवा आयोगका सबै पदाधिकारीको कार्य अवधि चैत १० गते सकिँदैछ। त्यसकारण चैत ११ बाट लोकसेवा आयोग पदाधिकारीविहीन बन्ने आयोगका प्रवक्ता तोयानारायण सुवेदीले जानकारी दिए।

नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने २२ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ।

लोकसेवा आयोगका परीक्षामा बहिनी पहिलो, दाजु दोस्राे

माघ १३ गते पूर्णिमा उपाध्यय, उनका दाजु केशव उपाध्यय र उनको सिंगो परिवारका लागि अविस्मरणीय रह्यो । यसको कारण थियो लोकसेवा आयोगले लिएको परीक्षामा पूर्णिमाको नाम पहिलो नम्बरमा र उनका दाजु केशव उपाध्ययको नाम दोस्रो नम्बरमा निस्कियो । यी दुई दाजुबहिनी उपसचिव पदका लागि आयोगले लिएको आन्तरिक प्रतिस्पर्धाका परीक्षार्थी थिए ।

लोकसेवामा संक्रमितलाई छुटाउन नपाइने

सर्वोच्च अदालतले लोकसेवा आयोगलाई कोरोना संक्रमितलाई नछुटाई सुरक्षित तरिकाले परीक्षा दिलाउनू भनी अन्तरिम आदेश जारी गरेको छ।

तीन सहसचिव थप्ने पराष्ट्रको प्रस्ताव लोकसेवाद्वारा अस्विकार

परराष्ट्र सेवाका थप ३ पदमा विज्ञापन खुलाउन परराष्ट्र मन्त्रालयले गरेको प्रस्तावलाई लोकसेवा आयोगले अस्विकार गरेको छ।

लोकसेवाले रोकिएका परीक्षा लिने, यस्तो छ तालिका

कोरोना नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनका कारण रोकिएका लोकसेवा आयोगले लिने परीक्षा सुचारु हुने भएका छन्। आयोगले रोकिएका परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको छ।

स्वायत्त विश्वविद्यालय सेवा आयोग

औसत मापनका आधारमा शिक्षक छनोट प्रक्रियामा सत्यता वा विश्वसनीयता नहुने हुँदा योग्यता नै विश्वविद्यालयमा शिक्षक छनोटको नीति हुनुपर्छ।

लोकसेवाले विज्ञापन नखोल्ने, २० हजार कर्मचारी अभाव हुँदै

लोकसेवा आयोगले यस वर्ष निजामती कर्मचारीका लागि विज्ञापन नगर्ने भएको छ। आयोगले असोजको अन्तिम बुधबारदेखि विज्ञापन खुलाउने निर्णय गरेको थियो तर कोरोना भाइरसको संक्रमण बढेपछि नखोल्ने तयारी गरेको हो।

सेटिङको आशंकामा लोकसेवा परीक्षा रद्द

लोकसेवा आयोगले लिएको मौखिक परीक्षामा सेटिङको आशंका भएपछि त्यसको लिखित परीक्षासमेत रद्द भएको छ। बुधबार आयोगले सूचना निकाली पहिले लिइएकोे लिखित परीक्षासमेत रद्द गरी नयाँ परीक्षा लिने घोषणा गरेको हो।

सुशासन समितिमा प्रश्न : करारमा कर्मचारी किन राख्ने ?

सांसदहरुले सरकारी निकायमा करारमा कर्मचारी राख्ने प्रवृतिको अन्त्य हुनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन माथिको छलफलका क्रममा सार्वजनिक निकायमा करारमा कर्मचारी राख्ने प्रवृतिको अन्त्य हुनुपर्ने बताएका हुन्

कर्मचारीको सरुवा गर्दा आयोगको सहमति अनिवार्य

सरकारले कुनै पनि तहका कर्मचारी सरुवा गर्नुपूर्व लोकसेवा आयोगको सहमति लिनैपर्ने भएको छ।

लोकसेवाको अन्तर्वार्तामा सहभागी हुन कोरोना परीक्षण रिपोर्ट अनिवार्य

लोकसेवा आयोगद्धारा सन्चालित अन्तर्वार्तामा सहभागी हुन कोरोना परीक्षण रिपोर्ट देखाउनुपर्ने भएको छ। आयोगले काठमाडौं उपत्यका बाहिर गएका कर्मचारीहरुलाई परीक्षामा उपस्थित हुन कोरोना परीक्षण रिपोर्ट अनिवार्य गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्