१० मंसिर २०८१ सोमबार
image/svg+xml

विगत सम्झँदै आभासले गुञ्जाए पलेँटी

संगीत साधनाका विभिन्न कोणहरूबाट आफुलाई हुर्काउँदै आएका गायक एवं संगीतकार आभास लामो अन्तरालपछि गत शुक्रबार ‘पलेँटी श्रृंखला’मा सोलो प्रस्तुत भएका छन्। ‘पलेँटी श्रृंखला’कै संयोजकसमेत रहेका उनकै स्वरबाट आधुनिक नेपाली संगीतको कार्यक्रम नेपालयले करिब डेढ दशकअघि सुरु गरेको थियो।

‘पलेँटी’मा आभास गुञ्जन

तेह्र वर्षदेखि सांगीतिक श्रृंखला ‘पलेँटी’ को संयोजन गर्दै आएका गायक तथा संगीतकार आभास यसपटकको ‘पलेँटी’मा आफैं प्रस्तुत हुने भएका छन्। नेपालयले सञ्चालन गर्दै आएको यो श्रृंखलाको पहिलो संस्करणको सुरुवात पनि आभासकै गीतबाट गरिएको थियो।

मनराजा स्वर्णिम साँझ

हाम्रो समाजमा गायक/गायिकाको एकल गायन कार्यक्रम बरोबर भैरहन्छ। तर, संगीतकारको एकल साँझ आक्कलझुक्कल मात्रै आयोजना हुन्छ। एउटै मञ्चबाट छोटो समयमा एउटा प्रतिभाको क्षमता पस्कने राम्रो अबसर हो–एकल साँझ। त्यही क्षमता प्रदर्शन गरेर वाहवाहि कमाए संगीतकार मनराजा नकर्मीले पनि।

‘काठमाडौं झन्झन बिग्रँदै गएको छ’

सुविधायुक्त ठाउँ नै सहर हो। सहरभित्र अनेक कलासंस्कृति र सभ्यता लुकेका हुन्छन्। सहरको जनघनत्व बढी भए पनि त्यहाँको प्रशासनले सहरका हरेक पक्षलाई चुस्त दुरुस्त राखेको हुन्छ।

‘जीवनसँग जोडिएको चौका दाउ’

झण्डै ४५ वर्षको सांगीतिक करियरमा २ सय ५० बढी फिल्ममा संगीत दिइसकेका संगीतकार शम्भुजीत बासकोटा ‘डेब्यु’ निर्माण फिल्म ‘चौका दाउ’ लिएर दर्शकमाझ आउँदैछन्। आगामी पुष २७ गते प्रदर्शनमा आउने फिल्मलाई उनले आफ्नो ‘प्रयत्न’ भने पनि फिल्मप्रति उनको ‘उत्साह’मा कमी छैन।

‘नेतामा अनुशासन नहुँदा सहर बिग्रियोे’

तपाईँको बुझाइमा सहर के हो? अलि अग्ला गुजुप्प घर, चौडा बाटो, वरिपरि साइनबोर्ड र जनघनत्व बढी भएको ठाउँ सहर हो भन्ने हाम्रो मानसिकतामा बसेको छ । हामीले सानोमा स्कुल पढ्दाताका विकसित, गाडी गुड्ने, स्वास्थ्य, शिक्षा र सरसफाइयुक्त ठाउँ सहर हो भनेर पढ्थ्यौं ।

संगीत यात्रामा शम्भुजित

संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजित बासकोटाको आगामी असोज १३ र १४ गते राजधानीमा ‘शम्भुजित स्वर्णिम सांगीतिक यात्रा २०१८’ हुने भएको छ।

सडकमा पार्किङ गरेका संगीतकार आलोक श्री कागज गरेर छुटे

संगीतकार आलोक श्रीलाई नगर प्रहरीले नियन्त्रणमा लिएर छोडेको छ। सार्वजनिक सडकमा गाडी पार्किङ गरेका उनलाई नगर प्रहरीले घट्टेकुलोबाट नियन्त्रणमा लिएको थियो।

संगीतकार संघलाई सिटिजन्स बैंकको सहयोग

सिटिजन्स बैंक इन्टरनेसनलले संगीतकार संघ नेपाललाई आर्थिक सहयोग गरेको छ । बैंकले संघलाई १५ लाख रुपैयाँ सहयोग गरेको हो।बैंकले आफ्नो वार्षिक उत्सवको अवसरमा सामाजिक रूपान्तरणका लागि काम गर्ने संस्थालाई आर्थिक सहयोग गर्दै आएको छ।

रहेनन् संगीतकार मुनाल

संगीतकार विजय सिंह मुनालको धनगढीमा सोमबार निधन भएको छ । पारिवारिक घुमघामको क्रममा धनगढीमा रहेका संगीतकार मुनाल सोमबार विहान सुतेकै अवस्थामा मृत भेटिएका थिए । पारिवारिक स्रोतका अनुसार विजयको शरीरमा लामो समयदेखि विभिन्न किसिमका रोग थियो ।

संगीतकार अबिरलले गाए ‘लाउनेले नजर’

संगीतकारका रुपमा ख्याती कमाएका आशिष अविरल पछिल्लो पटक गायनमा पनि सक्रिय बनेका छन् । एक नारायण भण्डारीको शब्द र आफ्नै संगीतमा रहेको ‘लाउने ले नजर’ बोलका गीतमा आशिषले स्वर दिएका हुन्।

संगीतकार गुरुङलाई गीतकार संघको सहयोग

छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, आँखैमा झलझली, दोष कसैलाई दिन चाहन्न जस्ता कालजयी गीतका गीतकार तथा संगीतकार शुक गुरुङको स्वास्थ्य उपचारका लागि गीतकार संघले आर्थिक सहयोग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्