२१ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

संगीतकार अबिरलले गाए ‘लाउनेले नजर’

अाशिष अविरल

काठमाडौं–संगीतकारका रुपमा ख्याती कमाएका आशिष अविरल पछिल्लो पटक गायनमा पनि सक्रिय बनेका छन् । एक नारायण भण्डारीको शब्द र आफ्नै संगीतमा रहेको ‘लाउने ले नजर’ बोलको गीतमा आशिषले स्वर दिएका हुन्।

लामो समयदेखि संगीतकर्ममा व्यस्त उनले यसअघि थुप्रै चर्चित गीतहरुबाट आफूलाई स्थापित गरेका छन्।

‘बास्ना’ एल्बम्बाट सर्वाधिक चर्चा र सफलता प्राप्त गरेका आशिषले त्यसपछि थुप्रै गीतहरुमा काम गरिसकेका छन् । संगीत संयोजनमा उत्कृष्ट छाप छोड्न सफल भएका आशिष अब गायनमा पनि आफूलाई अब्बल गराउने तयारीसहित आफू गायनमा आएको बताउँछन् ।

विन्दु परियारसँगको युगल गीतमा नायिका प्रियंका कार्की र भिमफेदी गाइजको अभिनय रहेको छ । युटुबमार्फत् सार्वजनिक गरिएको गीतले छोटो समयमा राम्रो भ्युज पाउन सफल भएको छ ।

 

प्रकाशित: ६ पुस २०७४ ०८:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App