coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

‘धारा नेपालगन्ज म्याराथन’मा रेकर्ड ब्रेक गर्ने खेलाडी लण्डन जान पाउने

‘धारा नेपालगन्ज म्याराथन’को नवौं संस्करणमा रेकर्ड ब्रेक गर्ने खेलाडी लण्डन म्याराथनमा सहभागी हुन पाउने भएका छन्।

राज्याभिषेकमा सहभागी हुन मन्त्री साउद लण्डनमा

परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेकमा सहभागी हुन बिहीबार लण्डन आइपुगेका छन्।

मलेसियामा मृत्युदण्ड सुनाइएकासहित २५ नेपालीको उद्धार

एनआरएनएले लण्डन गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा मलेसियामा रहेका २५ नेपालीको उद्धार गरिएको छ।

लण्डनमा 'मिनी नेपाल' (फोटो फिचर)

तमुधिं यूकेको आयोना र नेपाली दूतावास लन्डनको सहकार्यमा लण्डनमा १२ औं नेपाली मेलाको भव्य रुपमा सम्पन्न भएको छ।

डेलीमेलको भ्रामक समाचार सच्याउन नेपाली दूतावास लण्डनको पत्र

लण्डनस्थित नेपाली दूतावासले बिहीबार यहाँको ‘डेलीमेल’ले प्रकाशित गरेको समाचारप्रति आपत्ति जनाएको छ । डेलीमेलले बेलायतीहरूको बिदालाई नेपाल भरियन्टको खतरामा परेको भनी समाचार प्रकाशन गरेको थियो ।

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा ‘सार्वजनिक स्वास्थ्य तथा विज्ञान कूटनीतिको भुमिका, स्वास्थ्य क्षेत्रको बढ्दो महत्व र मौसम परिवर्तनको अन्तर्राष्ट्रिय चुनौति’का विषयमा विचार विमर्शका लागि अन्तर्राष्ट्रिय वेबिनार आयोजना गरेको छ।

नेपाल फर्कन चाहनेलाई लण्डनस्थित नेपाली राजदूतावासमा विवरण बुझाउन अनुरोध

नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिले अनिवार्यरूपमा स्थानीय क्वारेन्टिन वा होटल क्वारेन्टिनमा १४ दिनसम्म बस्नुपर्ने र तत्पश्चात् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेबमोजिम स्वास्थ्य परीक्षण भएपछि थप सात दिन अनिवार्य होम क्वारेन्टिनमा समेत बस्नु पर्नेछ।

नेपाली दूतावास लण्डन सातै दिन खुल्ने

बेलायतमा बढ्दो कोरोनाको महामारीले गर्दा अधिकांश कार्यालय बन्द रहेका अवस्थामा राजधानी लण्डनस्थित नेपाली दूतावास भने अब सातै दिन खुल्ने भएको छ।

ब्रेक्जिटको साँझ विशेष कार्यक्रम गर्ने बेलायतको तयारी

ब्रेक्जिट विधेयक नयाँ संसद बस्नवित्तिकै पारित हुनेछ। संक्रमणकालिन अवधि भने २०२० को अन्त्यसम्म रहनेछ।

लण्डन नजिकै ट्रकभित्र ३९ मृत फेला

बेलायतको राजधानी लण्डन नजिकैको औद्योगिक पार्कमा रहेको एक ट्रकभित्र ३९ व्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले बुधबार जानकारी गराएको छ।

लण्डनमा बुद्ध जयन्ती समारोह

विश्वविख्यात लण्डनको ट्राफल्गर स्क्वायरमा २५ सय ६३ औं बुद्ध जयन्ती मनाइएको छ। बुद्ध फाउन्डेसन युके र कपिलबस्तु समाज युकेको आयोजनामा आइतबार साँझ लण्डनको ट्राफल्गर स्क्वायरमा ‘बुद्ध जयन्ती समारोह’को आयोजना गरिएको हो।

लण्डनमा बुद्ध जयन्ती मनाइयो (फोटो फिचर)

विश्वविख्यात लण्डनको ट्राफल्गर स्क्वायरमा २५ सय ६३ औं बुद्ध जयन्ती मनाइएको छ। बुद्ध फाउन्डेसन युके र कपिलबस्तु समाज युकेको आयोजनामा आइतबार साँझ लण्डनको ट्राफल्गर स्क्वायरमा ‘बुद्ध जयन्ती समारोह’को आयोजना गरिएको हो।

नेपालले चाइल्ड विश्वकप क्रिकेट खेल्ने

नेपालले बेलायतको राजधानी लण्डनमा आयोजना हुने ‘स्ट्रीट चाइल्ड विश्वकप क्रिकेट प्रतियोगिता’ खेल्ने भएको छ। यही वैशाख १८ देखि २५ गतेसम्म हुने उक्त विश्वकपमा नेपालसहित भारत, बङ्गलादेश, मरिसस, ताञ्जानिया, वेष्टइन्डिज, जिम्बाबे, कङ्गो, बेलायतलगायतको सहभागिता रहने छ।

लण्डनमा नेपाल सेन्टर यूकेको स्थापना

ब्रिटेनको ऐतिहासिक हाउस अफ लर्ड्समा नेपाल सेन्टर यूके नामक संस्थाको उद्घाटन गरिएको छ। बुधबार अपरान्ह आयोजित कार्यक्रम लाई सम्वोधन गर्दै लेबर पार्टीका सांसद वीरेन्द्र शर्माले ब्रिटेन तथा नेपालबीच सम्वन्ध बहुआयामिक रहेको बताए।

लण्डनमा कविता कन्सर्ट

बेलायतमा आयोजित कविता कन्सर्टका लागि युवा कवि नवराज पराजुली लण्डन आइपुगेका छन्। आइतबार लण्डनको ह्यारोस्थित ह्यारो फुटबल क्लबमा आयोजना हुने कविता कन्सर्टका लागि उनी मंगलवार लण्डन आइपुगेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्