वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ आकर्षित युवा
जुनारखेती गरेको जमिनबाट दोहोरो आम्दानी पनि हुने गरेको छ। जुनार बगैँचाभित्र तोरी, भटमासलगायत कोसेबाली, बन्दा, काउली, मुला, साग, गाँजर, लसुन, प्याजजस्ता तरकारी बालीसमेत उत्पादन गरी थप आम्दानी लिन सकिने रामेछाप नगरपालिका–७ की किसान ज्ञानुका कार्की बताउँछिन्।

