२४ वैशाख २०८१ सोमबार
image/svg+xml

नेपाल र बेलायतबीच हवाई उडानमा प्रतिवन्ध

बेलायतमा कोरोनाभाइरसको नयाँ र बढी सङ्क्रामक समस्या उत्पन्न भएपछि नेपाल र बेलायतबीच हुने सबै हवाई उडानमाथी अस्थायी रूपमा प्रतिवन्ध लगाइएको छ।

अन्तर्राष्ट्रिय उडान संख्या थप गरिने

सरकारले अन्तर्राष्ट्रिय उडान थप गर्ने भएको छ । संघ सरकारका उपप्रधान, परराष्ट्र, पर्यटन र श्रममन्त्रीबीच बिहीबार भएको छलफलले सो निष्कर्ष निकालेको पर्यटनमन्त्री योगेशकुमार भट्टराईले जानकारी दिएका हुन् ।

भारतमा चार्टर्ड र नियमित दुवै उडान नहुने

भदौ १६ देखि सुरु हुने अन्तर्राष्ट्रिय उडानबाट भारतमा रहेका नेपाली भने स्वदेश फर्कन नपाउने भएका छन् ।

बन्दाबन्दीमा स्वदेश फर्कनेमा वाग्मती प्रदेशका बढी

कोभिड–१९ का कारण नियमित अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएको अवस्थामा सबैभन्दा बढी वाग्मती प्रदेशका नागरिक स्वदेश फर्केका छन् । यही साउन ३० गतेसम्म स्वदेश फर्किएका ५१ हजार ४४१ मध्ये १४ हजार २५७ वाग्मती प्रदेशका रहेका कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले जनाएको छ ।

दर्जन वायुसेवा भदौ १ बाट अन्तर्राष्ट्रिय उडान भर्न इच्छुक

भदौ १ देखि नेपालमा व्यावसायिक रूपमा अन्तर्राष्ट्रिय उडान भर्न अनुमति माग्दै दुई स्वदेशीसहित १२ विमान कम्पनीले नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणमा आवेदन दिएका छन् ।

अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक, कुन एयरलाइन्सका कति उडान

विदेशमा अलपत्र नेपालीको उद्धारका लागि नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेका छन् ।

विमानस्थलमा एकैदिन १६ अन्तर्राष्ट्रिय उडान

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज एकैदिन १६ वटा आन्तरिक उडानका जहाज आवतजावत गरेका छन् । आन्तरिकतर्फ यो बन्दाबन्दी शुरु भएयताकै सबैभन्दा बढी चार्टर्ड उडान हो । यसअघि असारको दोस्रो साता दैनिक १० देखि १४ वटासम्म आन्तरिक उडान भएका थिए ।

सोह्र अन्तर्राष्ट्रिय उडान : एक हजार ४१४ नेपाली फर्किए

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन १६ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत एक हजार ४१४ नेपाली स्वदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ ।

आज ११ अन्तर्राष्ट्रिय उडान

विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ अन्तर्राष्ट्रिय उडान हुँदैछन्।

पन्ध्र अन्तर्राष्ट्रिय उडान : एघार सयबढी नेपाली स्वदेश फर्किए

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि एकै दिन १५ अन्तर्राष्ट्रिय उडान भएका छन् । यसअघि बुधबार र मङ्गलबार पनि अन्तर्राष्ट्रियतर्फ समान १४ उडान भएको थियो ।

वैदेशिक रोजगारमा रहेका १ लाख २७ हजार अन्तर्राष्ट्रिय उडान खुले लगत्तै फर्कने तयारीमा

खाडी मुलुकहरुमा रोजगारीका लागि गएका करिब १३ लाख श्रमिकमध्ये १ लाख २७ हजार बढी अन्तर्राष्ट्रिय उडान खुले लगत्तै स्वदेश फर्किने तयारीमा रहेका छन्। सरकारले कोरोनाका कारण अफ्ठ्यारोमा परेकाहरुलाई स्वदेश ल्याइरहेको भएपनि श्रम स्वीकृति सकिएका र आममाफी पाएका १ लाख २७ हजार बढी स्वदेश फर्किने तयारीमा रहेका हुन्। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विदेशबाट आउन सिफारिसमा परेका मध्ये ४ हजार २ सय १७ जनालाई सरकारले नेपाल ल्याइसकेको बताए।

टर्कीद्वारा अन्तर्राष्ट्रिय उडान शुरु

कोरोनाभाइरस प्रसार रोक्ने उद्देश्यले टर्कीले गत मार्च २८ देखि बन्द गरेको अन्तर्राष्ट्रिय हवाई उडान पुनः शुरु गरेको छ।

ललितपुर महानगरमा होल्डिङ सेन्टर

ललितपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय उडान खुलेपछि नेपाल फर्कने वडावासीलाई राख्न प्रत्येक वडामा होल्डिङ सेन्टर खोल्ने भएको छ । विदेशबाट नेपाल फर्किनेहरू कोरोना भाइरसबाट संक्रमित हुनसक्नेतर्फ सावधानी अपनाउँदै महानगरले होल्डिङ सेन्टर खोल्न लागेको हो ।

पाकिस्तानले सुरु गर्‍यो अन्तर्राष्ट्रिय उडान

कोभिड १९ को कारण बन्द रहेको अन्तर्राष्ट्रिय उडानहरु पाकिस्तानले सुरु गरेको छ । पाकिस्तानले शुक्रबार रातिदेखि अन्तर्राष्ट्रिय उडान सुरू गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्