४ वैशाख २०८१ मंगलबार

जयतु संस्कृतम्को सम्मान

जयतु संस्कृतम्को अर्थ संस्कृत वाङ्मयको जय होस् भनिएको हो । संस्कृत वाङ्मयको जय होस् भनेको संस्कृत भाषामा आबद्ध सार्वजनिन कुराहरू अर्थात् सहअस्तित्व, विश्वबन्धुत्व, विश्वकल्याण, विश्वशान्ति, पारस्परिक सहयोग, सद्भावना, धार्मिक सहिष्णुता आदि भावनाको जय होस् भनिएको हो ।

भर्चुअल संस्कृत कवि सम्मेलन सम्पन्न

प्राचीन भाषा संस्कृतका कविहरु प्रविधिको प्रयोग गरेर भर्चुअल कवि सम्मेलन सम्पन्न गरेका छन् । जयतु संस्कृतम् संस्थाले आयोजना गरेको दुई दिने कवि सम्मेलनमा ६० जना कवि एवं कवियत्रीले संस्कृत भाषामा लेखिएका आफ्ना रचना पाठ गरेका थिए । राष्ट्रिय भावना, स्वसंस्कृति, कोरोना भाइरस लगायत समसामयिक विषयका कविताहरू सम्मेलनमा वाचन गरिएको संस्थाका अध्यक्ष डा बद्री पोखरेलले बताए ।

सुसंस्कृत बन्न संस्कृत

एकाग्रता बढाउन, आनीबानी, बोली, संस्कार, संस्कृति कायम राख्दै नैतिकवान् र आचरणवान् बनाउन संस्कृत भाषाले धेरै सहयोग गर्न सक्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्