१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

चार सिँचाइ योजना सम्पन्न

खोटाङको साकेला गाउँपालिकामा चार वटा सिँचाइ योजना पुरा भएका छन् । स्वीस विकास सहयोग, संघीय सरकार र उपभोक्ताको ७ प्रतिशत लगानीमा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित रोपुवा पिपिरे सिँचाइ योजना, साकेला गाउँपालिका–२ रतन्छास्थित च्यापदामे राजकुलो र निकिते सिँचाइ योजना सम्पन्न भएको हो ।

कृषि र सिँचाइमा बजेट बढ्यो

सरकारले आगामी वर्षको लागि कृषि तथा सिँचाइको क्षेत्रमा ६९ अर्ब ३६ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले बिहीबार संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष ०७७/७८ को अनुमानित आयव्यय विवरण (बजेट)मा कृषि तथा सिँचाइ क्षेत्रलाई क्रमशः ४१ अर्ब ४० करोड र २७ अर्ब ९६ करोड विनियोजन गरेको उल्लेख गरे ।

महाकाली सिँचाइ मुआब्जा विवादमा

तीन वर्षभित्र मूल नहर निर्माण सक्ने गरी तीनवटा प्याकेजमा सम्झौता भएको कञ्चनपुरको महाकाली सिँचाइ तेस्रो चरणको काम मुआब्जा विवादमै रुमलिएको छ।

नेपालको विद्युत् किन्न भारतलाई आग्रह

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले छिमेकी भारत समक्ष नेपालबाट विद्युत् खरिद गर्न अनुरोध गरेका छन्।

मुआब्जा बुझेर पनि सरेनन्

रानी जमरा कुलरीया सिँचाइ आयोजनाको नहर निर्माणका क्रममा जग्गा अधिग्रहणवाफत मुआब्जा बुझेका १६ घरपरिवार अझै सर्न मानेका छैनन्।

‘हकदाबी नगर्ने सर्तमा बिजुली सुविधा दिन सकिन्छ’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बिजुली दिएका कारण ऐलानी जमिनमा हकदाबी नगर्ने कागजमा सही छाप गराएर विद्युतीय करण गर्नुपर्ने बताएका छन्।

सिँचाइको व्यवस्थाले बिहेवारीमा सहजता

कञ्चनपुरको भीमदत्त नगरपालिका–७ चुरे क्षेत्र नजिक खेतमा सिँचाइको व्यवस्था भएपछि बिहेवारी गर्न सहज भएको छ।

सिँचाइ सुविधा पुगेपछि कृषक हर्षित

सुख्खा क्षेत्रमा सिँचाइको सुविधा पुगेपछि कृषक हर्षित भएका छन्। मानेभञ्ज्याङ्ग गाउँपालिका–१ मोलीको अति सुख्खा क्षेत्रमा सिँचाइ सुविधा पुगेपछी यहाँका स्थानीयहरु हर्षित भएका छन्। अहिले यस भेगका कृषकले गहुँ, आलु लगायत तरकारी बाली लगाउने गरेको स्थानीय दुर्गामाया आलेले बताइन्।

बिद्युतगृह निर्माण तीव्र

लम्की चुहा नगरपालिकामा–१ मेगावाट र जानकी गाउँपालिकाको दुर्गौलीनजिकै केही मात्रामा विद्युत् उत्पादन गर्न सकिने सम्भावना देखिएको बताइएको छ।

सिँचाइको नहरमा युवकको शव फेला

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका १९ वर्षीय सन्तोष पन्त महाकाली सिँचाइको नहरमा मृत अवस्थामा भेटिएका छन्।

ग्रामीण विद्युतीकरणमा सहकार्य गरिने

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र कतार फन्ड फर डेभलपमेन्टको प्रतिनिधिमण्डलबीच नेपालको ऊर्जा, सौर्य ऊर्जा र जलविद्युत् क्षेत्रमा लगानीको सम्भावना खोज्ने विषयमा भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा मंगलबार भएको द्विपक्षीय भेटवार्तामा दुवै मुलुकबीच सहकार्य गरेर ऊर्जा क्षेत्रमा लगानी गर्ने विषयमा छलफल भएको थियो ।

सिँचाइ योजना सुरु

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा साँढे सात करोडभन्दा बढीको सिँचाइ योजना सुरु गरिएको छ। दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरी, दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरी र दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्यकासाथ लोकतान्त्रिक सिँचाइ योजना शिलान्यास गरिएको हो।

चीनको युयान प्रान्त नेपाली जलविद्युतमा लगानी गर्न इच्छुक

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र चीनको युनान प्रान्तका गभर्नर रुएन चेङ्गफाबीच द्विपक्षीय भेटवार्ता भएको छ। सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भएको द्विपक्षीय भेटघाटमा जलविद्युत् तथा ऊर्जा क्षेत्रमा सहकार्य गरेर लगानी गर्ने विषयमा छलफल भएको थियो।

२८ करोड लगानीमा चितवन पूर्ण विद्युतीकरण

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यही आर्थिक वर्षमा देशका ४१ वटा जिल्लालाई पूर्ण विद्युतीकरण बनाउँदैछ। जसमा चितवनलाई पनि समावेश गरिएको छ। चितवनका सबै घरधुरीमा यही वर्षभित्र विद्युत् पु¥याइने तयारी अघि बढाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्