१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

ऊर्जामन्त्री भुसालसँग भारतीय ऊर्जा सचिवको शिष्टाचार भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालसँग भारत सरकारका ऊर्जा सचिव आलोककुमार सहितको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ।

कछुवा गतिमा भेरी बबई सिँचाइ आयोजना

सुरुमा आयोजनाको निर्माण सम्पन्न गर्ने भनिएको समय सकिन लाग्दा भौतिक प्रगति ५२ प्रतिशत मात्रैमा सीमित छ ।

ऊर्जामन्त्री भुसालसँग बेलायती राजदूतको भेट

मन्त्रालयमा बिहीबार भएको भेटमा उनहरूबीच आपसी हित र चासोका विविध विषयमा छलफल भएको छ। सो अवसरमा मन्त्री भुसालले पारस्परिक हितका सबै क्षेत्रमा नेपालले नजिकबाट काम गरिरहने नेपाल सरकारको प्रतिबद्धता रहेको बताइन्।

ऊर्जामन्त्री भुसाल र बेलायती राजदूतबीच भेटवार्ता: अन्तर्राष्ट्रिय सहयोगको अपेक्षा

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेकी छिन्।

सोलु दुधकोसी जलविद्युत् आयोजनाः डोम र पाइप जडान चुहिँदाचुहिँदै परीक्षण गर्दा दुर्घटना भयो

गत पुस ११ गते सोलुखुम्बु जिल्लामा निर्माणाधीन ८६ मेगावाटको सोलु दूधकोसी जलविद्युत् आयोजनाको वर्कसपमा पेनस्टक पाइप परीक्षणका क्रममा दुर्घटना हुँदा दुई इन्जिनियरको ज्यान गएको थियो। दुर्घटनामा २६ वर्षीय इन्जिनियर सुवासराज रेग्मी र २९ वर्षीय इन्जिनियर अर्जुन थापाको ज्यान गएको थियो।

सौर्य परियोजनाको पीपीए अब प्रतिस्पर्धाबाट

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालको अध्यक्षतामा आइतबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले सोलारको पीपीए गर्दा प्रतिस्पर्धाबाट गर्ने निर्णय गरेको छ। सोलारबाट उत्पादित ऊर्जालाई सर्वसुलभ, प्रतिस्पर्धी र पारदर्शी बनाउन पीपीए प्रतिस्पर्धाबाट गर्ने निर्णय लिइएको मन्त्री भुसालले बताइन्।

प्रतिनिधिसभा बन्धक बनाउनु भनेको संविधान कार्यान्वयनमा अवरुद्ध गर्नु होः उर्जामन्त्री भुसाल

ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको नवौँ गाउँसभालाई आज सम्बोधन गर्दै उनले विघटित प्रतिनिधिसभा पुनःस्थापित भए पनि बन्धक बनाउनु संविधान कार्यान्वयनलाई बन्धक बनाउनु हो भन्ने धारणा राखिन्।

पूर्वाधार निर्माणमा हेलचेक्‍य्राइँः पर्याप्त सुरक्षा सावधानी नअपनाउँदा दुर्घटना

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका पूर्वसचिव सुमनप्रसाद शर्मा निर्माणाधीन आयोजनामा न्यूनतम सुरक्षा सावधानीसमेत नअपनाउँदा गम्भीर प्रकृतिका दुर्घटना भइरहेको बताउँछन्। ‘हरेक दुर्घटनाको पछाडि फरक–फरक कारण हुन्छन्।

नेपाल विद्युत् व्यापार कम्पनीलाई ‘लाइसेन्स’

मन्त्री भुसालका अनुसार अब ग्राहकले मागेअनुसार नै सहज रूपमा विद्युत् पाउनेछन्। १०० केभिएसम्म विद्युत् सबैलाई तथा सामुदायिक डेरी, चिस्यान केन्द्र, खानेपानी र सिँचाइ क्षेत्रलाई २०० केभिएसम्म विद्युत् प्राधिकरणकै ट्रान्सफर्मरबाट उपलब्ध हुनेछ। घरभाडामा बस्नेले पनि छुट्टै मिटर लिई ग्राहक बन्न सक्ने र अपार्टमेन्ट तथा कोलनीमा बस्नेले समेत छुट्टै मिटर लिएर ग्राहक बन्न सक्नेछन्।

विद्युत् उत्पादनको १० वर्षे योजनाः लक्ष्य १५ हजार मेगावाट २ हजारमै अत्यास

सरकारले दीर्घकालीन योजना पनि पर्याप्त पूर्वतयारीबिनै अघि सारेकाले बीचैमा रोकिने छाँट देखिएको छ। सरकारले लोकप्रिय हुन योजना सार्वजनिक गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति बारम्बार दोहिरिँदा यस्तो अवस्था आएको हो।

‘अब ऊर्जा कुटनीति’

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सरकारले पछिल्लो समय छिमेकी मुलकलाई ऊर्जा कूटनीतिको आँखाले हेर्न थालिएको बताएकी छन्।

सबै क्षेत्रमा विद्युतीय साधनको उपयोग गर्नु जरुरी छः ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सबै क्षेत्रमा विद्युतीय साधनको उपयोग गर्नुपर्ने बताएकी छन्।

साँस्कृतिक सम्पदा पुनःनिर्माणको लागि सरकारले पूर्ण सहयोग गर्छ: मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले साँस्कृतिक सम्पदाले नै देशको पहिचान बनाउने बताएकी छन्।

ऊर्जामन्त्री भुसालसँग इयुका राजदूतको शिष्टाचार भेट

जलवायु परिवर्तनका विषयमा सामूहिक ऐक्यबद्धता व्यक्त गर्नुपर्ने बताउँदै मन्त्री भुसालले युरोपेली सङ्घ र सदस्य मुलुकले सो विषयमा विशेष चासो दिनुपर्नेमा जोड दिइन्।

विद्युतीय सवारीको प्रवर्द्धनमा ऊर्जा मन्त्रीको जोड

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन आयातीत इन्धनको खपत कम गरी स्वदेशमै उत्पादन भएको विद्युत्को उपयोगमा जोड दिनुपर्ने बताएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्