८ वैशाख २०८१ शनिबार
समाज

साँस्कृतिक सम्पदा पुनःनिर्माणको लागि सरकारले पूर्ण सहयोग गर्छ: मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले साँस्कृतिक सम्पदाले नै देशको पहिचान बनाउने बताएकी छन्।

सोमबार ललितपुरस्थित बालकुमारी मन्दिर पुनर्निर्माणको शिलान्यास गर्दै मन्त्री भुसालले साँस्कृतिक सम्पदाले नै देशको पहिचान बनाउने बताएकी हुन्। उनले यही वर्षमा ललितपुरको खोकनामा रुद्रायणीको मन्दिर निर्माण गर्ने बताईन्। 

मन्त्री भुसालले साँस्कृतिक सम्पदाहरुको पुनःनिर्माणको लागि स्थानीय, प्रदेश र संघीय सरकारले पूर्ण सहयोग गर्ने बताइन्। उनले कला, संस्कृति राष्ट्रको पहिचान मात्रै नभएर पर्यटकीय स्थल बन्ने विश्वास व्यक्त गरिन्।

प्रकाशित: २९ कार्तिक २०७८ ०६:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App