८ मंसिर २०८१ शनिबार
image/svg+xml

कर्मचारी व्यवस्थापनमा निर्मम निर्णय गर्नुपर्छ

डा. सोमलाल सुवेदी नेपाल सरकारका मुख्य सचिव हुन्। २०३८ सालमा कृषि विकास कार्यालयमा सहलेखापालका रूपमा निजामती सेवामा प्रवेश गरेका सुवेदी डेढ वर्षअघि मुख्य सचिव भएका हुन्। कास्कीका सुवेदीले वित्तीय विकेन्द्रीकरणमा विद्यावारिधि गरेका छन्। उनले हालैमात्र संघीयता कार्यान्वयन तथा प्रशासन पुनर्संरचनाको खाका बनाउन गठित पाँचवटा थिमेटिक ग्रुप (क्लस्टर)ले तयार पारेको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएका छन्।

सरकारी कर्मचारी काम छोडेर जुलुसमा, सेवा प्रभावित

सरकारको प्रमुख सचिवालय रहेको सिंहदरबारमा शुक्रबार ११ नबज्दै मन्त्रालयहरुमा कर्मचारी अभाव देखियो। सहसचिव र उपसचिव तहका केही कर्मचारी भए पनि अधिकृत र त्यो भन्दा तलका कर्मचारी एमालेको जुलुसमा हिँडेपछि मध्यान्ह नहुँदै मन्त्रालयहरु सुनसान बनेका थिए।

कर्मचारीलाई प्रोत्साहन भत्ता दिने सरकारको निर्णय

सरकारले तोकिएको समयावधिभन्दा बढी सेवा (काम) गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने भएको छ । मन्त्रिपरिषद्को आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले तोकिएको समयावधिभन्दा बढी सेवा गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।

दुई वर्षसम्म नयाँ कर्मचारी भर्ना नगर्न प्रस्ताव

सरकारी सेवामा अबको दुई वर्षसम्म अत्यावश्यकीय बाहेक नयाँ भर्ना नलिने व्यवस्थासहितको प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ। उच्चस्तरीय संघीयता कार्यान्वयन तथा प्रशासन पुनर्संरचना निर्देशक समितिले संघीयता कार्यान्वयनका लागि अबको दुई वर्षसम्म अत्यावश्यकीय बाहेक नयाँ भर्ना नलिने निर्णय गर्दै उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको हो।

घर पायक आधारमा कर्मचारी समायोजन गर्ने तयारी

सरकारले संघीय संरचनामा कर्मचारी समायोजन गर्दा घरपायक स्थान रोज्नसक्ने व्यवस्था गर्न लागेको छ । सामान्य प्रशासन मन्त्रालयले संघीय संरचनामा कर्मचारी समायोजन खाका तयार पारेको छ । संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्दा नागरिकतामा उल्लेख ठेगाना आधारमा कर्मचारीलाई घरपायक रोजेर जान सक्ने व्यवस्था गर्न लागिएको हो ।

वनका कर्मचारीको मिलेमतोमा काठ तस्करी

राष्ट्रिय वनको संरक्षणको दायित्व लिएको जिल्लास्थित सरकारी निकाय जिल्ला बन कार्यालय कै कर्मचारीको मिलोमतोमा भारी मात्रामा जंगल फडानी र काठको तस्करी भइरहेको खुलेको छ।

कोषका कर्मचारी शुक्लाले अनशन तोडे, सदस्य सचिव तामाङलाई मन्त्रालय हाँजिर गराइने

सहमति भए पछि बिभिन्न ५ बुँदे माग राख्दै बिगत १४ दिन देखि असनरतरत लुम्बिनी विकास कोषका कर्मचारी रबिन्द्र प्रसाद शुक्लाले बिहीवार साँझ ८: ३० बजे अनसन तोडेका छन्।

कर्मचारीले राजनीति गर्दा समस्या

निजामती प्रशासनमा कर्मचारीले नै राजनीति निम्त्याएको विज्ञले बताएका छन्। संघीय निजामती सेवा राष्ट्रिय नीति तथा रणनीति तयारीका लागि आयोजित एक छलफलमा प्रशासनमा कर्मचारीले नै राजनीतिक हस्तक्षेप भित्र्याएकाले उनीहरूले नै हटाउनुपर्ने निष्कर्ष निकालिएको छ।

आमरण अनशनरत लुम्बिनी विकास कोषका कर्मचारी मिश्राको अवस्था नाजुक

लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङको बर्खास्ती र आफ्ना सेवा सुविधासम्बन्धी पाँच बुँदे माग राखेर विगत ११ दिनदेखि आवरण अनशनमा बसेका कोषका कर्मचारी रविन्द्रप्रसाद शुक्लाको अवसथा नाजुक बन्दै गएको छ। लुम्बिनीस्थित कोषको कार्यालयअगाडी अनशनरत शुक्लालाई सलाइन र अक्सिजन दिइएको छ।

कर्मचारी नभएपछि इलाका प्रशासनको काम ठप्प

जिल्लाको प्रिति गाउ विकास समितिको लाप्चानेमा स्थापना गरिएको इलाका प्रशासन कार्यालयको काम स्थापनाको ६ महिना बित्न नपाउँदै ठप्प बनेको छ।

कृषकका घरगोठमा कर्मचारी र व्यवसायी

सदरमुकाम बेसीसहरमा भइरहेको पाँचौँ लमजुङ महोत्सवको अवसरमा सरकारी कर्मचारी र व्यवसायी कृषकको घर–गोठमा पुगेका छन्। महोत्सव आयोजक लमजुङ उद्योग वाणिज्य संघले कृषकको अवस्था बुझ्न जिल्ला पशु सेवा र जिल्ला कृषि विकास कार्यालय प्रमुखहरू, प्राविधिक कर्मचारीसँगै उद्योगी, व्यवसायीलाई विकट गाउँका कृषि फर्ममा पुर्‍याएको हो।

छोटा लुगा लगाउन नदिएको भन्दै कर्मचारीको विरोध

इजरायली संसदमा काम गर्ने कर्मचारीले छोटा लुगाउन लगाउन पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन्। सुरक्षा अधिकारीले अचानक आफ्ना समकक्षीलाई छोटो स्कर्ट लगाएर आएको भन्दै कार्यस्थलमा प्रवेश गर्न नदिएपछि बाँकी कर्मचारी आन्दोलित भएका हुन्।

सरकारी कर्मचारी, सेयर कारोबारी !

राष्ट्रिय सतर्कता केन्द्रले अनुगमन गर्दा केन्द्रीय बैंक तथा निजामती सेवाका जिम्मेवार तहका कर्मचारी सेयर कारोबारमा प्रत्यक्ष संलग्न रहेको भेट्यो । केन्द्रले गरेको पछिल्लो अनुगमनमा सरकारी तलबसुविधा खाने केही कर्मचारी बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म सेयर कारोबारका निम्ति लामबद्ध रहेको पाइयो ।

छड्केमा एक सय कर्मचारी अनुपस्थित !

कर्मचारीको कार्यसम्पादन प्रभाबकारी नभएको गुनासो आएपछि आपूर्ति मन्त्रालयले आज माताहतका निकायको छड्के अनुगमन गरेको छ । अनुगमनमा करिब १ सय कर्मचारी अनुपस्थित भेटिएका थिए ।

सेयरबजारमा 'कामचोर' कर्मचारी

सिंगो बैंकिङ क्षेत्रको अनुगमन तथा नियमन गर्ने जिम्मेवारी बोकेको नेपाल राष्ट्र बैंकका कर्मचारी नै कार्यालय समयमा सेयर कारोबारमा संलग्न हुने गरेको भेटिएको छ। राष्ट्रिय सतर्कता केन्द्रले गरेको अनुगमनका क्रममा बैंकका सहायक निर्देशक दण्डप्रसाद खरेलसहितका कर्मचारी सेयरबजारमा संलग्न भएको भेटिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्