भट्टराईको टिप्पणीः ठूलो कोठामा सुत्ने झगडाले घरमै आगो लगाइदिए
पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले नेकपाभित्रको आपसी मतभेद र झगडाले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आगो लगाइएको टिप्पणी गरेका छन्।
पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले नेकपाभित्रको आपसी मतभेद र झगडाले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आगो लगाइएको टिप्पणी गरेका छन्।
सर्वोच्च अदालतले नेपालको नाम ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ लाई ‘नेपाल’ नामकरण गर्ने गरी मन्त्रिपरिषद्ले गरेको निर्णयका बारेमा लिखित जवाफ माग गरेको छ।
संसद्लाई संविधान नै संशोधन गर्ने अधिकार छ जुन अधिकार सरकारलाई छैन। त्यसैले संसदीय समितिले भनेझैँ गर्ने हो भने सबैभन्दा पहिला संसद्ले संविधान संशोधन गरेर नेपालको नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ बनाउने तागत देखाउनुपर्छ। अन्यथा संवैधानिक प्रावधानलाई अपव्याख्या गर्दै जथाभावी निर्देशन दिने हैसियत संसदीय समितिको पनि हुँदैन।
फेरि राजतन्त्र फर्काउने नियत राख्नु, नागरिक भएका ज्ञानेन्द्र शाहको आफ्नै वचनबद्धताको उल्लंघन हो । यसको सट्टा गणतन्त्रलाई सुदृढ गर्ने कदम चाल्नु युग अनुसारको अग्रगमन हो र मध्यममार्ग पनि । ज्ञानेन्द्रलाई फेरि सत्तामा आउने पूर्वाग्रह छ भने राजा हुनका लागि होइन, राष्ट्रपति र प्रधानमन्त्री हुनका लागि राजनीति गर्नुपर्छ ।
एउटा राजा हटाएका जनताले केन्द्रदेखि गाउँसम्म अनेक राजाका रूपमा स्थापित भएको अनुभूति गर्न थालेका छन्। जुन संघीय लोकतान्त्रिक गणतन्त्रको सूदुरभविष्यका लागि सुखद होइन।
लागेको थियो, संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि नेपालबाट राजनीतिक संक्रमण अन्त्य भई राजनीति सुनिश्चित गन्तव्यतर्फ प्रस्थान गर्नेछ।