१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

हेटौँडा सवारी दुर्घटनामा दुई युवाको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा बुधबार बिहान भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ।

ना ४३ प २२१ नम्बरको मोटरसाइकललाई हाल नम्बर खुल्न नसकेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा मृत्यु हुनेहरूमा राक्सिराङ गाउँपालिका–१ का २२ वर्षीय संजित स्याङ्तान र सोही ठाउँका १८ वर्षीय अमोश थिङ रहेका छन्। ठक्करबाट गम्भीर घाइते भएका उनीहरूलाई तत्काल उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा उपचारकै क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

ठक्कर दिने सवारी साधन र त्यसका चालक दुर्घटनालगत्तै फरार भएका छन्। जिल्ला प्रहरी कार्यालयले फरार चालकको खोजी गरेको जनाएको छ।

प्रकाशित: १३ फाल्गुन २०८२ १२:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App