११ मंसिर २०८१ मंगलबार
image/svg+xml

सरकारमा सहभागीबारे राजपामा विवाद

तराई–मधेस केन्द्रित राष्ट्रिय जनता पार्टी नेपालभित्र मन्त्रिमण्डलमा सहभागी हुने विषयमा विवाद चर्किएको छ ।विवाद बढेका कारण प्रदेश २ मा मन्त्रिमण्डल गठन प्रक्रियामा राजपा सामेल नहुने सम्भावना बढेको छ । राजपा सहभागी नभएमा उक्त प्रदेशमा मधेस गठबन्धनको मुख्य घटक संघीय समाजवादी फोरम, नेपाल एक्लैले सरकार बनाउनेछ ।

प्रदेश २ मा भागवण्डा : मुख्यमन्त्री फोरमलाई, सभामुख राजपाको

प्रदेश नम्बर दुईको सरकार निर्माण गर्न संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालबीच सहमति भएको छ। शनिबार साँझ काठमाडौंमा बसेको दुई दलको बैठकले सभामुख, उपसभामुख र मुख्य मन्त्री समेत सात मन्त्रालय बाँडफाँटको टुंगो लगाएको छ।

७ नम्बर प्रदेशमा राजपा सांसद बाहेक सबै मत खस्यो

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत ७ नम्बर प्रदेशमा राष्ट्रिय जनता पार्टीका दुईजना सांसद बाहेक सबै मत खसेको छ। राष्ट्रिय जनता पार्टीका प्रदेश सभा सांसद कृष्ण बहादुर चौधरी र मालमती राना थारुले मतदान गरेका छैनन्।

फोरम र राजपाको ८ घण्टा लामो वार्ता निष्कर्षविहीन

प्रदेश नम्बर २ को सरकार निर्माणका लागि सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताबीचको वार्ता निष्कर्षविहीन भएको छ।

सरकार बनाउन फोरम–राजपा बैठक सुरु

प्रदेश सरकार बनाउन दलीय गठबन्धनको लागि आवश्यक छलफल गर्न संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच जनकपुरमा बैठक बसेको छ।

पहिचान बिर्संदै राजपा र फोरम

पहिचानका लागि संघर्ष गरेको भन्दै आएका दुई मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमका सांसदले प्रदेशसभाको पहिलो बैठकमा आफ्नै मातृभाषामा सम्बोधन गरेनन् । न त उनीहरुले संविधानमा उल्लेख भएको सरकारी कामकाजको भाषा नेपालीमै सम्बोधन गरे।

राजपाले संसदीय दलको नेता चयन गर्न सकेन, फोरमको बैठक जारी

राष्ट्रिय जनता पार्टी (राजपा)को केन्द्रीय पदाधिकारी बैठक विना निष्कर्ष टुंगिएको छ। प्रदेश नम्बर २ को संसदीय दलको नेता चयन गर्न शनिबार जनकपुरस्थित होटल सीताशरणमा बसेको बैठकमा यो विषयले प्रवेश नै पाएन।

सरकार गठनमा फोरम - राजपाको गृहकार्य

प्रदेश २ मा सरकार बनाउन संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले अनौचारिक गृहकार्य सुरू गरेका छन् ।

राजपामा दलित, मुस्लिम, आदिवासी, जनजाति ‘बाइपास’

‘पार्टीका नेताहरूले दलित, उत्पीडित, आदिवासी र जनजातिको अधिकारका लागि लडेका छाैँ भन्छन् तर व्यवहारमा एकजनालाई पनि अवसर दिन्नन् । यसमा उनीहरूको द्वैध चरित्र देखियो ।’

राष्ट्रियसभामा जान राजपा र फोरममा डौडधूप

आगामी माघ २४मा हुने राष्ट्रियसभा चुनावमा पार्टीका तर्फबाट उम्मेदवार हुन राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालका करिब दुई दर्जन भन्दा बढी नेताको दौडधूप सुरू भएको छ।

राजपाको केन्द्रीय परिषदको बैठक वीरगञ्जमा

राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी फागुनको दोस्रो सातामा केन्द्रीय परिषद्को बैठक वीरगञ्जमा गर्ने भएको छ।

राजपामा महतो हाबी

विगतमा अलग रहदैँ आएका ६ वटा पार्टी एकीकरण भई गठन भएको नयाँ पार्टी राष्ट्रिय जनता पार्टीभित्र प्रतिनिधिसभा र प्रदेशसभाको संसदीय दल दुवैमा अध्यक्ष राजेन्द्र महतो हाबी हुने देखिएको छ।

राजपाले आज अन्तिम नाम बुझाउने

राष्ट्रिय जनता पार्टी नेपालले प्रदेशसभाका सांसदको अन्तिम सूची आज (शुक्रबार) निर्वाचन आयोगमा  बुझाउने भएको छ ।अन्तिम सूचीमा प्रदेशसभा समानुपातिक सांसदको लागि राजपाबाट यसअघि निर्वाचन आयोगमा   सिफारिस भएका नाममध्ये केही फेरबदल हुने भएको छ। यसअघि निर्वाचन आयोगमा पठाएको सूचीलाई क्रमसख्याअनुसार नमिलेको भन्दै आयोगले  अस्वीकार गरेपछि राजपाले अर्को सूची बुझाउन लागेको हो।

प्रदेश २ मा सरकार बनाउन पहल गर्ने राजपाको पहल

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले २ नम्बर प्रदेशमा आफू र संघीय समाजवादी फोरम नेपाल गठबन्धनको सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ । यी दुई दल २ नम्बर प्रदेशमा गठबन्धन बनाएर प्रदेश र प्रतिनिधिसभा निर्वाचन लडेका थिए । राजपा राजनीतिक समितिको बुधबारको बैठकले फोरमसँग मिलेर सरकार गठन गर्न अघि बढ्ने निर्णय गरेको हो ।

सांसद बन्न राजपा र फोरममा चलखेल

राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालभित्र प्रतिनिधिसभा समानुपातिक सांसद बन्न चलखेल सुरु भएको छ । दुवै दललाई प्रतिनिधिसभा समानुपातिकमा क्लस्टर (समावेशी सूची) मिलाउनुपर्ने बाध्यता नरहेपछि नेताहरु चलखेलमा लागेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्