११ मंसिर २०८१ मंगलबार
image/svg+xml

सर्लाहीमा राजपा पहिलो, कांग्रेस दोस्रो

प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचन अन्तर्गत सर्लाहीमा समानुपातिकतर्फ सबैभन्दा बढी मत राजपाले प्राप्त गरेको छ। आईतबार दिउँसो सम्पन्न गणना अनुसार सर्लाहीमा प्रतिनिधि सभा र पदेश सभा दुवै तर्फ राजपाले अग्रस्थान हाँसिल गरेको हो।

फोरम–राजपा एकता कसरत

प्रदेशसभा सदस्य निर्वाचन प्रत्यक्षतर्फ प्रदेश नम्बर २ मा बहुमत सिटमा विजय हासिल गरेसँगै मधेस गठबन्धनमा आबद्ध संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) प्रदेश सरकार निर्माणसँगै पार्टी एकताको कसरतमा जुटेका छन् ।

अमरेश सिंहको क्षेत्रमा मतगणना स्थगित, वार्ता भइरहँदा काँग्रेस-राजपाबीच झडप

मलंगवामा राष्ट्रिय जनता पार्टी (राजपा) र नेपाली काँग्रेसका कार्यकताबीच झडप भएको छ। नेपाली काँग्रेसका अमरेश सिंह उम्मेदवार रहेको सर्लाही–४ को मतगणना स्थगितको विषयलाई लिएर दुई पार्टीका कार्यकर्ताबीच झडप भएको हो।

दुई काँग्रेस, एक–एकमा राजपा र वाम गठबन्धन विजयी

प्रदेश नम्बर २ अन्तर्गत रौतहटको चारवटा प्रतिनिधि सभा र ८ वटा प्रदेश सभाको मतगणना कार्य सम्पन्न भएको छ । मुख्य निर्वाचन कार्यालय रौतहटले दिएको जानकारी अनुसार प्रतिनिधि सभामा नेपाली काँग्रेसले २ सिट र राजपा एक र वाम गठबन्धन एक निर्वाचन क्षेत्रमा विजयी भएका छन्।

राजपा नेता राजकिशोर यादव सिराहा ४ मा विजयी

राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव सिराहा ४ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। उनले २१ १४४ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी माओवादीका अजय शंकर नायकले १७१५७ मत प्राप्त गरे। यादव पूर्व सञ्चारमन्त्री हुन भने नायक पूर्व कानूनमन्त्री हुन्।

राजपाले खाता खोल्यो, अनिलकुमार झा विजयी

रौटहट-१ मा राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झा विजयी भएका छन्। उनी २१ हजार ८५ मतका साथ विजयी भएका हुन्। झाका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्णप्रसाद यादवले १५ हजार ४ सय ८४ मत प्राप्त गरे। झाको विजय सँगै राजपाले खाता खोलेको छ।

उपेन्द्र यादव जित नजिक, सप्तरीका ३ क्षेत्रमा राजपा-फोरम गठबन्धनको अग्रता

प्रतिनिधि सभा सदस्यमा सप्तरी क्षेत्र नम्बर २ का उम्मेदवार संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले ८ हजार मतको फराकिलो अन्तर बनाएका छन्।

रौतहट र धनुषामा राजपाको अग्रता

प्रतिनिधि सभाको मतगणना प्रदेश नम्वर २ मा आज बिहानबाट सुरु भएको छ । ताजा परिणाम अनुसार रौतहटको १ नम्बर र धनुषा ३ नम्बर क्षेत्रबाट राजपा नेपालका उम्मेदवारले नेपाली काँग्रेस माथि अग्रता लिएका छन् ।  राजपा नेपाल अध्यक्ष मण्डलका सदस्यद्वय अनिलकुमार झा र राजेन्द्र महताले नेपाली काँग्रेसका उम्मेदवार माथि अग्रता कायम गरेको छ । रौतहटको निर्वाचन क्षेत्र नम्वर १ मा राजपा नेपालका उम्मेदवार झाले नेपाली काँग्रेसका उम्मेदवार कृष्णप्रसाद यादव र धनुषा ३ मा राजपा नेपालका महतोले काँग्रेसका विमलेन्द्र निधि लाई पछाडि पार्दै आफ्नो अग्रता कायम गरेको छ।

राजपा अध्यक्ष मण्डलका सदस्य झाको गाडीमाथि तोडफोड

रौतहटमा राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झामाथि दुव्र्यवहार भएको छ । जिल्लाको माधवनारायण नगरपालिकाको मावि सखुवामा मतदान केन्द्रमा झाको गाडी तोडफोड गर्दै दुव्र्यवहार भएको छ ।

राजपाका ठाकुर र महतोले मतदान गर्न पाएनन्

सर्लाही निवासी राजपाका दुई शीर्ष नेताहरुले प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनमा मतदान गर्न पाएनन् । राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुर एवं सदस्य राजेन्द्र महतोले मतदान गर्न नपाएका हुन् ।

रौतहटमा राजपा-फोरम कार्यकर्ता र प्रहरीबीच झडप

रौतहटको मध्यभाग गरुडा नगरपालिकास्थित गए राति संघीय समाजबादी फोरम तथा राष्ट्रिय जनता पार्टीका गठबन्धनका कार्यकर्ता र प्रहरीबीच दोहरो झडप भएको छ ।

राजपा घोषणापत्रको पार्टीभित्रै विरोध

राष्ट्रिय जनता पार्टी नेपालले तराईमधेस एउटा छुट्टै राष्ट्र भएको व्याख्या गरेको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणापत्रमा राजपाले गरेको यस्तो व्याख्यालाई राजपाभित्रकै केही नेताहरूले आपत्ति जनाएका छन् ।

राजपाको घोषणापत्र जारी, मधेस छुट्टै देश भएको दाबी (पूर्णपाठ)

राष्ट्रिय जनता पार्टी (राजपा) ले मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि घोषणा पत्र जारी गरको छ। बिहीबार महोत्तरीको जलेश्वरमा सार्वजनिक गरिएको घोषणापत्रमा मधेस छुट्टै देश भएको विवादास्पद व्याख्या समावेश छ।

कांग्रेस, राजपा–फोरम र वाम गठबन्धनको भिडन्त

आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सर्लाहीमा उम्मेदवारहरु जोडतोडले प्रचारप्रसारमा जुटेका छन् ।

राजपाको घोषणापत्रमा वामपन्थी गठबन्धनको आलोचना

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले लोकतन्त्रविरोधी र सत्ता प्राप्त गर्नका लागि गठन भएको भन्दै वाम गठबन्धनको आलोचना गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्