१२ मंसिर २०८१ बुधबार
image/svg+xml

राजपाले सडक नाटक गर्ने

राजपाले दुई नम्बर प्रदेशको चुनावलाई विशेष प्राथमिकतामा राख्दै त्यहाँबाट उम्मेदवार बनेकालाई विजयी गराउन घरदैलो अभियान, कोणसभा गर्ने रणनीति तय गरेको छ । यसका साथै सडक नाटक गर्ने पनि नेताहरुले बताएका छन् ।

फोरमले खर्च नदिने, राजपा वर्गीकरण गर्दै

संघीय फोरम र राष्ट्रिय जनता पार्टी नेपालले चुनाव लड्न पार्टीलाई आर्थिक संकट परेको गुनासो गरेका छन् ।  राजपाले प्रत्यक्षतर्फ चुनाव लडेका नेतालाई  केन्द्रबाट आर्थिक सहयोग गर्न क, ख र ग गरी तीन श्रेणीमा वर्गीकरण गर्ने भएको छ । सो दलका अनुसार क श्रेणीमा  परेका उम्मेदवार विजय सुनिश्चित भएका, ख श्रेणीमा परेका उम्मेदवार प्रतिस्पर्धामा रहेका र ग श्रेणीमा परेका उम्मेदवार पार्टीको उपस्थिति  देखाउन मात्र चुनाव लडेका उम्मेदवार हुनेछन् । २ नम्बर प्रदेशमा उम्मेदवारी दिएका सबै उम्मेदवार क श्रेणीमा पर्ने भएका छन् । राजपाले प्रतिनिधिसभाका लागि २ नम्बर प्रदेशमा १५ सहित देशभर ६१ जना उम्मेदवार उठाएको छ । प्रदेशसभामा १ सय २२ उम्मेदवार छन् ।

फोरम, राजपा गठबन्धनका बागीले शीर्ष नेतालाई चुनौती

गठबन्धन बनाएर आन्दोलन गर्ने, अलग अलग भएर चुनाव लड्ने मधेस केन्द्रित दलको प्रवृती यसपाली फेरिएको छ। प्रदेश दुईमा स्थानीय तह निर्वाचनको परिणामले उत्साहित मधेस केन्द्रित दल (संघीय समाजवादी फोरम, राजपा) मंसिर २१ गत्ते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धन निर्माण गरेर साझा उम्मेदवार उठाएका छन्।

कांग्रेस, फोरम र राजपा बैठक निष्कर्षविहीन

नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच चुनावी गठबन्धनका लागि गरिएको प्रयास बुधबार साँझसम्म निष्कर्षमा पुग्न सकेको छैन । यसबारे अन्तिम निर्णय लिन तीन दलको बैठक बिहीबार बिहान पुनः बस्नेछ ।

राजपा अध्यक्ष मण्डल : को कहाँ लड्दै?

तराई मधेस केन्द्रित दलमध्ये महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालका शिर्ष नेताहरुको उम्मेदवारी क्षेत्र निर्धारण भएको छ ।

फोरम र राजपा सिट बाँडफाँट

संघीय फोरम र राजपाबीच दुई नम्बर प्रदेशमा १७÷१५ सिट बाँडफाँट भएको छ । अन्य प्रदेशमा भने दुई पार्टीले आफ्नै किसिमबाट उम्मेदवारी दिने भएका छन्।

फोरम – राजपा सिट बाँडफाँड टुंगो लाग्यो, विमलेन्द्र निधिसँग राजपाका उम्मेदवार लड्ने (सूचिसहित)

उपेन्द्र यादब नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच आगामी निर्वाचनका लागि सिट बाँडफाँडको सहमति भएको छ। प्रदेश २ का लागि यो सहमति भएको हो।

फोरम र राजपाबीच सिट बाँडफाँट

संघीय फोरम र राजपाले दुई नम्बर प्रदेशका ३२ क्षेत्रमा सिट बाँडफाँटको टुंगो लगाएका छन् । दुई दलका नेताहरूको शुक्रबार राति बसेको बैठकले प्रदेश २ मा संघीय फोरमलाई १७ र राजपालाई १५ सिट बाँडफाँट गरेको हो । राजपाका सहमहामन्त्री डा. सुरेन्द्र झाले फोरमले १७ र राजपाले १५ सिट बाँडफाँट गर्ने सहमति भएको बताए । उनका अनुसार प्रदेशसभामा भने राजपाले ३३ र फोरमले ३१ सिट पाउने सहमति भएको छ।

काँग्रेससँग तालमेल गर्न राजपालाई भारतीय राजदूतको दवाब

भारतीय संस्थापन पक्ष र भारतीय राजदुत मञ्जिब सिंह पुरीले प्रदेश नम्बर २ लगायतका स्थानमा सत्तारुढ नेपाली कांग्रेससँग मिलेर चुनाव लड्न राष्ट्रिय जनता पार्टी नेपालमाथि दबाब बढाएका छन्।

राजपा समानुपातिक सूची : सम्धिनीदेखि ‘जग्गा दलाल’ सम्म

राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले सम्धिनी इन्द्रा झालाई समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस्यमा सिफारिस गरेका छन्। राजनीतिक पृष्ठभूमि नभएकी झालाई यसअघि पनि सांसद बनाएका संयोजक ठाकुरले प्रतिनिधिसभा सदस्यका लागि पुनः समानुपातिकतर्फ सिफारिस गरेका हुन् । निर्वाचन आयोगलाई बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा झा क्रमसंख्या १५ मा परेकी छन्।

राजपा महामन्त्री जंगीलाल कांग्रेसमा

राजपा महामन्त्री जंगीलाल रायसहित सयौं नेताकार्यकर्ता सोमबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशी नेताकार्यकर्तालाई सोमबार दिउँसो सदरमुकाम मलंगवास्थित सर्लाही क्याम्पस परिसरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा खानेपानी तथा सरसफाइ मन्त्री एवं कांग्रेस नेता महेन्द्र यादव तथा कृषिमन्त्री रामकृष्ण यादवले अबिर र माला लगाई सदस्यता प्रदान गरे ।

कांग्रेससँग लोकतान्त्रिक गठबन्धन हुन्छ : राजपा

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरले कांग्रेससँग चाँडै चुनावी तालमेल हुने बताएका छन् । राजपा र संघीय समाजवादी फोरम नेपाललाई कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग प्रतिनिधिसभामा ५५ स्थान माग गरिएको उनले जानकारी गराए ।

राजपामा बढ्यो तनाव

राजपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फका उम्मेदवारको सूचीलाई लिएर पार्टीभित्र तनाव उत्पन्न भएको छ ।

समानुपातिकले राजपामा तनाव, सूची सच्याउन माग गर्दै धर्ना

पार्टीले पेश गरेको सामानुपातिक सूचीले राष्ट्रिय जनता पार्टी (राजपा) मा विवाद सुरु भएको छ। समानुपातिक सूचीमा परेका केही नामहरु तत्काल हटाउनु पर्ने माग नेता कार्यकर्ताहरुले गरेका छन्।

समानुपातिक सूचीमा पहाडेमूलकी महिला राखेपछि राजपामा रडाको

राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रतिनिधिसभाका लागि समानुपातिकको बन्द सूचीमा एकजना पहाडे मूलकी महिला राखेको विषय पार्टीभित्र खैलाबैला मच्चिएको छ। तिनै महिलाको विषयमा रडाको मच्चिँदा राजपाले सोमबार बिहान ४ बजे मात्रै समानुपातिकको बन्द सूची निर्वाचन आयोगलाई बुझाउन सक्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्